बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

डेटिङ सेटिङ र प्लटिङले प्रमज्युलाई बाईबाईको च्याटिङ

1 मार्च 2020

डेटिङ सेटिङ र प्लटिङले प्रमज्युलाई बाईबाईको च्याटिङ

मंगोल नेशनल अर्गनाइजेशनका फाउण्डर प्रेसिडेन्ट युगपुरुष अमर डा गोपाल गुरुङ भन्नुहुन्थ्यो " नेपालमा एउटा पनि कम्युनिस्ट नेता छैन , कम्युनिस्टको मकुण्डो ओडेर मनुवादी हिन्दुबादी सोचले अहिन्दु मुलबासी मंगोल मास्ने ढँटुवारेहरुमात्र छन् " नेपालमा बहुदलीय व्यवस्था पछी दुईतिहाई बहुमतको पहिलो नेकपाको सरकारले "संम्वृद नेपाल सुखी नेपाली " को अभियान शुरूभएको दुई वर्ष पार हुँदैछ । चुनावी घोषणा पत्रमा उल्लेख भएका प्रतिबद्धता के कति पूरा भए सबैलाई अवगत नै छ । विकासको नाममा राज्यको ढिकुटी दोहन गर्ने प्रचलन नयाँ भने पटक्कै होइन, तर अहिले संसार फराकिलो भएपनि संचार जगतमा साँघुरीएकोले बहुमत सरकारका पावरफुल प्रमलाई नराम्रो झट्का लागेको छ । हात्तीछाप चप्पल लगाएर डुङडुङ्ती गनाउदै राजनीति गर्न शुरु गरेका यी नेताहरुले आफ्नो मेहनतको कमाइले राजधानीमा अलिसानको घर जग्गा , चिल्ला कार ,अनेकौं सुविधाहरु जोडेका होइनन् , जुन कुरा भु•पु• प्रधानमंत्री बाबुराम भट्टराईले पनि सांसद भवनभित्रै बोलेका छन् - यस्को मतलब भ्रष्टाचार सबैले गरेका छन् लाख ,करोड, अर्ब र खर्बको मात्र भिन्नता छ ! राज्यको सम्पत्तिले विदेशी औषधीको भरमा श्वास धानेका रमाइला कमेडी प्रमले भनेका थिए " म भ्रष्टाचार गर्दिन र अरुलाइ पनि गर्न दिन्न" तर अरु त टाढाको कुरा आफ्नै छोरा सरह विस्वासीलो पात्र संचार मंन्त्रीले नै लोप्पा खुवाइदिए ! सेक्युरिटी प्रेस प्रीन्टिङ खरिद प्रकरणमा उनले आफुले मात्र कमिसन मागेका छैनन् , हामीलाई कति भन्ने प्रसंगले प्रधानमन्त्रीज्यु लगायत सम्पुर्ण मंन्त्री मन्डललाई समेत मुछ्यो, फलस्वरूप - बि• बि• सि •र सि •एन •एन मिडियाले समेत हट न्युजमा नेपालका प्रधानमन्त्री नै भ्रष्टाचारका नाइके भनेर लेख्यो ।

काण्डैकाण्डले परिचीत बहुमतको सरकारलाई सुनकाण्ड र वाइडबडी काण्ड्ले निकै चर्चामा पुर्याएको थियो भने अहिले सेटिङ काण्डमा संचार मंन्त्री गोकुल बास्कोटा , डेटिङ काण्डमा सभामुख कृष्ण बहादुर महरा , प्लटिङ काण्डमा भुपु गृहमन्त्री लगायत विभिन्न मन्त्रालय सम्हालेका बिजय कुमार गच्छदार मुछिएकाछन् भने पलटिङ काण्डकै अर्का नेता नेकपा महासचिव बिष्णु पौडेललाई थुन्सेले छोपिएको छ । तर सचेत नागरिकको मनमा उनी डोकोले मात्र छोपिएका छन् । जस्को कारण अब औषधिले बाँचेका प्रधानमन्त्रीलाई जुन हातले भोट दिएर प्रधानमन्त्री बानाएका थिए त्यहीँ हातले बाइबाई प्रधानमन्त्री ज्यु भन्ने दिन आएको छ । हाम्रो देशमा एउटा जनैधारी प्रधानमन्त्री फेरिएर अर्को मनुवादी नेता सरकारमा आउनु यो देशका ८०% अहिन्दु मुलवासी मंगोल समुदायलाई "कागलाई बेल पाक्यो हर्ष न विष्मत" जस्तै हो तर अहिन्दु मुलवासी मंगोलसमुदायको भ्रममा कथित फोहोरी राजनीति गरिरहेका अधिनायकवादी हिन्दुआर्यको असली रुप पहिचान गराउने दोस्रो मौका पनि हो । तर अब यो मंगोल मुलुकमा हिजोको जस्तो सजिलै लुट्न ,धुत्न , ठग्न सजिलो रहेनछ भन्ने वास्तविकता बुझिसकेका छन् । त्यहीँ भएर सुजता कोइराला मार्काका दर्जनौं नेत्री नेताहरु देश छोड्ने निधो गर्दैछन् ।

यसोसले सोच्ने हो भने आफ्नो मुलुक बनाउन यहाँका बृहत अहिन्दु मुलवासी मंगोल समुदायमा खाँटी राजनीति चेतनाको खाँचो छ र त्यो बाटो मंगोल नेशनल अर्गनाइजेसनको मंगोलवाद दर्शनमा मात्र सम्भव छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्
संपादकीय सबै :