बिहिबार 9 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एक अर्कामा दोषारोपण आर्य फर्मुला विजारोपण

29 सेप्टेम्बर 2018

एक अर्कामा दोषारोपण आर्य फर्मुला विजारोपण

यो हाम्रो मंगोलभुमी नेपाललाई लागेको वास्तविक रोग नै वाहुनबाद हो भन्ने सत्य तथ्य कुरा हिजोको दिनमा मंगोल नेशनल अर्गनाइजेसनका फाउण्डर प्रेसिडेन्ट डा गोपाल गुरुङज्युले मात्र बोल्नु , लेख्नु भएको थियो । तर केहि दशकअघिदेखि डोर बहादुर बिस्ट , अरुण बरालजस्ता उदार भावना भएका हिन्दु समाजभित्रकै बाहुनक्षेत्री व्याक्तिहरुले पनि त्यो सत्य यथार्थ कुरा बोलेका लेखेका छन् । कथित बामएकता ( बाहुन एकता) नेतृत्वको स्थिर सरकार नेपालमा भएपनी नेताहरुको पुरानै शैली फेरिएको छैन । हिजो राजतन्त्रको विरुद्धमा बोल्दै कम्युनिस्ट नेता मदन भण्डारीले श्रीपेज खोलेर राजनीति गर्न मैदानमा उत्रनु भन्दा उनै कमरेडहरु मिलि त्रिशुलिमा हुत्याइदिने अनि दोस बामपंथी बाहेकलाई लगाउने पछि फेरि एमाले बाट माले बनेका कमरेडहरुले जनताको भावना खिच्न एमालेमा रहेका बाँकी कमरेडहरुलाई लगाउने यस्तै एकाअर्कालाई दोसी देखाउदै आफु चर्चामा आउन समय अनुकुल बाहुने फर्मुला रचेको हामी सर्वसाधारण जनतालाई पत्तै नहुने ! पत्तो हुनेलाई पनि मुलुक र जनताको लागी घातक चिज हो भन्ने स्वादै नहुने ! पछिल्लो चरणमा बामपंथी एकताको सजिलो फर्मुलाले जनताको मन चट्क्कै मोडिदियो । अब बन्ने सरकारले पक्कै पनि देशमा स्थाई शान्ती छाउला , गरिब दुखी जनताले आशा भरोसा गरेको पार्टीले गरिबीको पिर ब्याथा बुझिदेला, सुखी नेपाली सम्वृद नेपालको गुलियो ओठे नाराको स्वाद चाख्न पाइएला , तर पार्टी एकतापछी झन एकाअर्कालाई दोस्याउने काम बढ्दो छ । बाम एकता पश्च्यात बनेको सरकार भित्र आफ्नै मंत्रीलाई प्रश्न गर्ने , कुन पक्षले अर्को समुहलाई कसरी हेर्ने आदि कुरालाई नयाँ फर्मुला बनाउदै आर्य फर्मुला रोपिरहेका छन् । मुलुकमा दिनानुदिन हत्याहिंसा ,बलात्कार , एसिड प्रहार भ्रष्टाचार ,बन्द हड्ताल बढ्दो छ । एक्कासी चर्चामा आएका गृहमन्त्री राम बहादुर थाहा ( बादल ) अहिले चौतर्फी बिरोधको घेरामा छन् । सर्वसाधारण नागरिकको दवाव भन्दा आफ्नै पार्टीको नेताले असक्षम बनाउन खेलेको भुमिका झनै चाखलाग्दो छ । पुर्व प्रधानमन्त्री बनिसकेका माधव नेपालले हालका गृहमन्त्रीलाई गृह प्रशासन कता छ भनेर प्रश्न गरे ! पुर्व प्रधानमन्त्री बनिसकेका अनि एउटै पार्टीका वरिष्ठ नेताले गृहमन्त्रीज्युलाई दोस लगाउनु मिल्छ र ? बामपंथी नेता , बहुमतको सरकार नेतृत्व गर्ने पार्टीको वरिष्ठ नेता भएर प्रधानमन्त्री सम्हाली सकेका व्याक्तिले आफ्नो पार्टी ,मंत्रीलाई उचित सल्लाह सुझाव दिएर देश संम्वृद तिर लैजाने कि दोष थुपार्दै आफु चोखो बन्न खोज्ने ? देश र जनताको लागी पनि सोच्ने कि नयाँ आर्य फर्मुला मुलवासी मंगोलहरुमाथी रोप्न मात्र खोज्ने ? मंगोल नेशनल अर्गनाइजेसन र यस्का फाउण्डर प्रेसिडेन्ट ड• गोपाल गुरुङज्युले केवल समस्त हिन्दु आर्य बाहुनक्षेत्रीको विरोध गर्नु भएको होइन । उदार भावनाका लक्ष्मीप्रसाद देवकोटा , नरहरी आचार्य , डोर बहादुर बिस्ट अरुण बराल जस्ता वर्णाश्रमी ब्यबस्थाको विरोधिहरुलाई सम्झनाको पात्र बनाएका छन् । मान्छे भएर मानवता हराएका मंगोल अर्थात दोस्रो नश्ल देखिनेलाई दोस्रो दर्जाको सम्झने मनोवृत्ति बोकेका मनुवादी हिन्दुवादी बाहुनवादी व्याक्तिलाई प्रमुख राजनैतिक शत्रुता भनी चिनाएका छन् । विभिन्न तह र तप्कामा जिबिकोपार्जन गरि स्वदेश र चारो खोजी खान बाध्य तुल्याइएका प्रवासी अहिन्दु मुलवासी मंगोल समुदाय हो अब हामी बाहुनवादको झालोबाट फुत्किनु पर्छ, समय अनुसार आफ्नो स्वार्थ अनुकुल बनाइने आर्य फर्मुलामा झुक्किनु हुँदैन । जुन फर्मुला हाम्रो भावी पिडिको लागी विषको रुख हुनेछ । त्यस्तो बिरुवालाई टुसाउनै दिनु हुँदैन ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्
संपादकीय सबै :