बिहिबार 9 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

गरुडको छायाँमा सर्प लठ्ठे झै मंगोलको गर्जनमा आर्य लठ्ठिदै

6 जनवरी 2019

गरुडको छायाँमा सर्प लठ्ठे झै मंगोलको गर्जनमा आर्य लठ्ठिदै

अहिन्दु मुलवासी मंगोलहरुको पवित्र भुमी नेपालमा लागेको वास्तविक रोग बाहुनवादको उन्मुलन गर्ने युगपुरुस दुरदर्शि निडर राजनीतिज्ञ डा गोपाल गुरुङज्युको मंगोलवाद दिनानुदिन देशैभर फैलिरहेको छ । मानव उत्पत्तिको मंगोललाइट एरिया एसिया महादेश मै पहिलोपल्ट मंगोल वंशजको नामांकनबाट राजनैतिक चेतना छर्ने पवित्र संगठन "मंगोल नेशनल अर्गनाइजेसन " जेलभित्र खोली हिन्दुआर्यको एकात्मक शासनको भण्डाफोर गर्दै मान्छेजस्तो जिउँदो बाँच्न सिकाउने वैग्यानिक सिधाान्तमा आधारित साथै वैचारिक क्रान्तिबाट नेपालका ८०% अहिन्दु मुलवासी मंगोलहरुको गुमेको अस्तित्व ,खोसिएको भुमी मेटिएको वास्तविक इतिहास फिर्ता गर्न हिमाल पहाड तराईका अहिन्दु मुलवासी मंगोलहरु एकताहुने महान अभियान "गाँउ-गाउँ जाउ ,मुलवासी मंगोल जगाउ अस्तित्व बचाउ " अभियान देखेर विवेक गुमिसकेका हिन्दुआर्य बाहुनक्षेत्रीहरु आकाशमा उड्ने गरुडको छाँयामा जमिनको सर्प लठ्ठे झै लठ्ठिनु थालेका छन् । आजसम्म यो देशका सिदा- सोझा अहिन्दु मुलवासी मंगोलहरुले राजनैतिक चेतनाको अभावमा कोखमा दारा भएका धुर्त हिन्दु आर्यलाई सबथोक दिए , आफु नाङ्गीए आफ्नो अस्तित्व बिर्सेर" डिभाइड एण्ड रुल" मा अल्मलिदैँ आफु-आफु लडे, भिडे, मरे । आफुले आफैलाई चिन्न नसक्ने दयालाग्दो अवस्थामा जिउँदै मरीरहेका नाजुक यो देशका असली भुमिपुत्रहरुलाई राजनितिक चेतना भरीदिनुहुने युगपुरुस अमर ड गोपाल गुरुङज्युको सपना नै यो देशको सिङापुर बन्ने योजना हो भन्ने वास्तविक तथ्य यस देशका मुलवासी मंगोलहरुले ठम्याउनु थालेपछी बाहुनक्षेत्रीको भ्रमित ठग्ने कथित फोहोरी राजनीति खेल अब बिस्तारै किनारा लाग्दैछ । जसरी बाहुनक्षेत्रीहरु आफ्नो कमाइखाने भाँडो मतिबिग्रेका नेताले गर्ने घृणित फोहोरी राजनैतिक पावर आफ्नो हातमा टिकाइ राख्न २४सै घण्टा सोचमग्न रहन्छन् भने दुरदर्शि राजनीतिज्ञ अमर युगपुरुस डा गोपाल गुरुङज्युको मंगोल दर्शन हिमाल पहाड तराई फैलाउन मंगोल नेशनल अर्गनाइजेसनका जुझारु नेताकार्यकर्ताहरु रातदिन नभनी अहोरात्र खटिरहेका छन । लक्ष्यमा पुग्न अब केहि समय प्रतीक्षा गर्नुपर्ने देखिन्छ । निडर, शाहसी, दार्शनिक अमर डा गोपाल गुरुङज्युको मंगोल रास्ट्रवाद एकात्मकवादी खसआर्य शासकले गर्भमै तुहाउन लाखौ कोशिश गरेपनि अब मुलुकभर झाँगिसकेको छ । थोरै धेर्य गरि मंगोल मायाले हरक्षेत्रमा सहयोग गर्न समस्त हामी अहिन्दु मुलवासी मंगोलको दायित्व बनेर अगाडि खडा भएको छ । देश विदेशमा छरीएर चारो खोजिखान बाध्य पारीएका असली भुमिपुत्रहरुले आउदो पिडिको हास्ने खेल्ने सुखद भविस्यको लागी थोरै प्रतीक्षा साथै मुठी खोलेर हाँसिखुसी सहयोग गरिदिन पनि अनुरोध गरिन्छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्
संपादकीय सबै :