शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

जन्मकैद र आममाफीमा पहुँचवालाको खेल

10 मार्च 2019

जन्मकैद र आममाफीमा पहुँचवालाको खेल

टिकापुर घटनामा मुख्य अभियोग लागेका प्रतिनिधिसभा सदस्य रेशम चौधरीलाई (चौधरीले वारिस नामा मार्फत उम्मेदवारी दर्ता गराई भुमिगत अवस्थामै भारी मतले प्रतिनिधिसभा सदस्यमा चुनाव जितेका थिए) संसद पद सफथको केहि महिनापछि मुख्य दोसि ठहर गर्दै जन्म कैदको फैसला जिल्ला अदालतले गरेको छ भने पुनरावेदन अधिकार चौधरीसंग सुरक्षीत छ । चौधरी सहित ११ जनालाई जन्मकैदको फैसलाले अहिले मधेसवादी दल सरकारबाट अलग्गिएको छ। मंगोलभुमी नेपालमा श्रमजीवी सर्वहाराको खोक्रो नाराले मुलवासी मंगोललाई राजनीति भ्रममा पारी खिचडी तालमेलमा बहुमत बटुलेका कम्युनिस्ट सरकारले के कति गतिलो कार्य गर्दैछन् पाइला-पाइलामा शिक्षित नागरिकले नियाली रहेका छन् । पहुँचवालाहरु कानुन बमोजिम उन्मुक्ति पाइरहेका छन् कि छैनन् भन्ने उदाहरण बाल कृस्ण ढुङेलको घटना भुलेका छैनन् । अब आउने गणतन्त्र दिवसमा रास्ट्रपतिज्युले क कस्लाई आममाफी गराइदिनेहुन हेर्न बाँकी छ , आर्य अनार्यवीचको विभेद लागु हुन्छ कि हुँदैन गणतन्त्र दिवसको पर्खाइमा छन् । वास्तविक कम्युनिस्ट दर्शनका खाँटी नेताहरुले धर्मलाई अफिम सन्झनु पर्ने हो तर नक्कली कम्युनिस्टको खोल ओडेर कथित कम्युनिस्टको राजनीति गर्ने नेपालका नेता भनौँदा महाशयहरु बिहान बेलुकी हरे राम ! हरे कृस्णको मन्त्र नजपी राजनैति गर्न सक्दैनन् भन्ने प्रमाण उल्लेख गरिरहनु आवश्यक पर्दैन होला ! नेपाल एउटा यस्तो मुलुक हो भन्ने कुरा लोक गायक पशुपति शर्माले पनि एउटा लोक गीत मार्फत व्यक्त गरेकाछन । उनले आफ्नो गीतमा रहेको लुट न सके लुट कान्छाको सट्टा " लुट न सके लुट आर्य" लेखिएको भए समसामयिक जनवोली ठहर्थियो । अन्य मुलुकमा भए कम्युनिस्ट नेता हँ भन्दै धार्मिक सभा गोष्ठीमा भाग लिने , पुराण यज्ञ लगाउदै होम गर्नेलाई कति कठोर सजाय मिल्थ्यो होला ! यतिबेला कम्युनिजम दर्शन भन्दा बाहिरकाले सोचिरहेको छन् । सदियौं वर्षदेखि विभेदमा पारी अभावग्रस्त बनेका यस मुलुकका मुलवासी मंगोल समुदायमाथी सर्वहारा पार्टीको गुलियो नारा दिएर क्षेणिक उचाइमा पुगेका कथित कम्युनिस्टहरुले माक्र्सवादको सिधाान्तलाई कमाइखाने भाँडो बनाएका छन् । अत: मंगोल नेशनल अर्गनाइजेसनका फाउण्डर प्रेसिडेन्ट युग पुरुष अमर डा गोपाल गुरुङ्ज्युले किटानीका साथ लेखेका छन् "बाहुनक्षेत्रीहरु कदापि लोकतन्त्रवादी हुन सक्दैनन् , नेपालमा एकजना पनि कम्युनिस्ट नेता छैनन्" ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्
संपादकीय सबै :