शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

जनजातिलाई अंग्रेजीमा नोम्याड–जिप्सी भनिन्छ

31 जनवरी 2021

जनजातिलाई अंग्रेजीमा नोम्याड–जिप्सी भनिन्छ

नेपालका ८० प्रतिशत अहिन्दु मुलवासी मंगोल समुदायहरु तामाङ, शेर्पा, राई, लिम्बु, तमु, मगर, नेवार, सुनुवार, दनुवार, थामी, माझी, भुजेल, योल्मो, हायु, पहरी, लाप्चा, सुरेल, जिरेल, थारु, धिमाल, मेचे, राजबंशी, कोच, धुरा, चेपाङ आदीलाई हरेक क्षेत्रमा पछौट्याइएका छन् । यसबाहेक पृथ्वीनारायण शाहले आफ्ना जेठान दिग्बन्धन सेनलाई ठुन्काएर उनका साखा सन्तान र सेना मेनालाई कठोर सजायको रुपमा आर्थिक धुजा–धुजा पारीदिएका थिए र आफ्ना सेनाहरुको पोशाक सिलाउने, हात हतियार बनाउने र बुट–जुत्ता सिउने बनाएका थिए । जो आजको समाजमा दलित, कामी, दमाई र सार्की आदिले चिनिनु पुग्यो । पृथ्वीनारायण शाहाको कान्छी स्वास्नी मकवानपुरका राजा दिग्बन्धन सने की बहिनी थिइन । जेठानलार्इ पृथ्वीनारायण शाहाले ठुन्काउनुको कारण थियो माइत आएकी कान्छी स्वास्नीलाई भन्ने वित्तिकै जेठानले नपठाई दिनु । नेपालको इतिहासमा आजसम्म झुठो इतिहास लेखेर प्रचार गरिएको छ । यी सत्य तथ्य इतिहासका कुराहरु पढ्न पाइदैन । प्रायः धेरैजसोले सत्य, तथ्य इतिहासको लागि र आफ्ना अधिकारका लागि लड्न चाहँदैनन् र लड्न डराउँछन् पनि । नेपालको राजनीतिमा एम एनओले मात्र निर्भिकताका साथ समानता, स्वतन्त्रता, भातृत्वका निम्ति र सत्य–तथ्य इतिहास खोतलेर मंगोल अस्तित्वको लागि बैचारिक लडाँई लड्दै आइरहेको छ । हिन्दु शासकहरु द्वारा हजारौ वर्ष देखी अछूत दलित बनाएका समुदायहरुलाई नेपालको मुलवासी मंगोल भएको प्रमाणित गरेर मुक्त गरिदिएको छ । प्रायः मंगोलहरु धेरै जसो इमान्दारी, नरम स्वभाव, आँटिला र धर्मप्रति आस्था राख्ने खालका हुन्छन् । भारतबाट मुसलमानहरुले लखेट्दा धोति र जनै मात्र लगाएर भागेका हिन्दु आर्य छेत्री–बाहुनहरु नेपाल भित्रीइए पछि उनीहरुको नै बाहुल्यता बनाई कम्प्युटरमा भाइरस पसेझै नेपालका अहिन्दु मूलवासी मंगोल हरुको भूमी, सम्पति, र अधिकार माथि कब्जा गर्दै विभिन्न प्रकारले रुप रङ फर्दै नेपालका मुलवासी मंगोलहरु माथि एकलौटी कुराज्यसत्ता चलाउँदै आएको छ । आज पनि यिनीहरुले पद र पैसाको भरमा धाक धम्की दिने गरेकोछ, जे पायो तेही बोल्ने र लेख्ने गरेर हेपीनै रहेको छ । यिनीहरु स्वार्थी भएका कारण राजनीतिमा धुर्त छ । अब भने राजनीतिमा यिनीहरु फेल खाँदै ओरालो लाग्दै छ । आदिवासी– जनजाती भन्नेलेहरुले त झन् हाम्रो समाजलाई झन् चौपट पारेको छ । यो मुलवासी क्ष्लमष्नभलयगक को नाममा ठगी खाने जमातलाई यसको अर्थ र असर नै थाहा छैन । यो ठग जमातले मुलवासी indigenous को नाममा आज सम्म ६ अरब जति ठगेर खाएको छ, जुन कुनै दिन अदालतमा पुग्न सक्छ र रकम खोजी हुनेछ भनेर भन्नु हुन्थ्यो डा.गोपाल गुरुङ । आदीवासी–जनजाती भुत दरबारिया हुन् प्रतिगामी तत्व हुन् भनेर मंगोल नेशनल अर्गनाइजेशनका फाउण्डर प्रेसिडेन्ट डा.गोपाल गुरुङले आदीवासी–जनजाति जन्मेको एकसाल नबित्दै फेब्रुवरी 6, 1991 मा गतिविधि साप्ताहिकले लिएको अन्तरवार्तामा भन्नु भएको थियो । आदीवासी–जनजाति जमात मुलवासीको नाममा ठगी खाने अन्तराष्ट्रिय ठग जमात हुन् । यसले संयुक्त राष्ट्रसंघ, एशियाली बैंक, डिएफआइडी र बिश्व बैंकलाई समेत ठग्न सफल भएको छ । वास्तवमा जनजातिको कुनै देश हुँदैन । इण्डियामा जनजातिलार्इ फिरिंगे, बन्जरा भनिन्छ र अंग्रेजीमा नोम्याड, जिप्सी भनिन्छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्
संपादकीय सबै :