शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

कागजी खोस्टो होइन बजेट व्यबहारीक बनोस् ।

2 जून 2019

कागजी खोस्टो होइन बजेट व्यबहारीक बनोस् ।

दुइतिहाइ बहुमतको बलियो सरकारले प्रतिनिधि सभा तथा रास्ट्रीय सभाको संयुक्त सभाद्वारा २०७६/७७ को बजेट भाषण प्रस्तुत गरेको छ । डा उपाधी प्राप्त अर्थमन्त्री युवराज खतिवडा अन्तर्राष्ट्रिय विश्व विद्यालय पढेका ब्याक्तित्व हुन् । खतिवडाले सामाजिक सुरक्षा भत्ता र तलब वृद्धि बढाए संगै मुलुक सुखी नेपाली संम्वृद नेपालको सुनौलो नयाँ नेपाल देख्न चाहने तमाम बृहत नागरिकहरु भन्दा सिमित नागरिक मात्र खुशी देखिएका छन् । नेपालमा बर्सेनि बजेट फ्रीज भइ बजेट पच्ने गरेको छ । विकासको नाममा आँखामा छारो हाल्ने काम हुँदै आएको सबैमा अवगतै छ। प्राय आर्थिक वर्षको अन्तिम महिनामा बजेट पचाउन टालटुले कार्य हुँदै आउने गरेको पुरानै चलन हो । नेपालमा विकास हुनुभनेको बृहत ८०%अहिन्दु मुलवासी मंगोल समुदाय शिक्षित हुनु हो । यस देशका असली मुलवासी मंगोल समुदाय शिक्षित भए विदेशी हिन्दु आर्यको कौटिल्य ,चाणक्य ,मनुवादी नीतिको पर्दाफास हुँदै जन्मसिद्ध राजनीतिको नाममा ठग नीति , लुटनीती ,झुटनीती र भुटनीतिको अन्त्य हुने डरले विकासको नाममा बजेट मात्र पचाउने कार्य गर्दै आएको हामीले प्रष्ट देख्दै आएका छौ । नेपाली नागरिकहरु चाहान्छन , सुन्दा जति मिठो बजेट भासन भयो त्यती नै कार्यनयनमा मिठास थपियोस , सबै क्षेत्रमा भेदभाव रहित बजेट लागुहोस ,नेताकै आडमा भ्रष्टाचारीको खल्तीमा सुक्को नपरोस् , दुर्गम भेगका नागरिकले तुइन होइन पक्की पुल तर्न पाओस् , हिलाम्मे र धुलाम्मे भएर यात्रा गर्नु कसैले नपरोस् , सबै तह र तप्काका नागरिकले सक्षम बहुमतको सरकार भन्ने अनुभुती गरोस् आउदो चुनावमा गाउँ-गाउँबाट नेता कार्यकर्तालाई घोक्रेठ्याक लगाएर लखेट्नु नपरोस् आदि इत्यादी । जब एउटा मुलवासी मंगोलहरुको सुन्दर भुमिमा आगन्तुक विदेशी पाउनाहरुले प्रसंसा योग्य नीति कार्यक्रम लिएर फिल्ड्मा आउछ अनि कुटेजस्तो गर्छु रोए जस्तो गर भन्ने फर्मुला प्रयोग गरी (धुर्मुस सुन्तलीको अन्तर्राष्ट्रिय क्रीकेट मैदानको घटना जस्तो) सोझा नागरिकलाई आँखा छ्ल्न खोज्छ अनि मात्र मंगोल नेशनल अर्गनाइजेसनको सहि यथार्थ राजनीति एजेन्डा अगाडि बड्ने देखिन्छ । सदियौं वर्षदेखि यस देशका मालिकहरुलाइ माग्ने बनाइ दयामा बाँच्ने अवस्था सृजना गराइ दिएकोले हाम्रो समाजमा पछौटे पारिएका समुदाय नै यस्तो फर्मुलाको पात्र बन्ने गरेको सबैलाई अवगत नै छ । नेपालका राष्ट्रप्रमुखज्युहरु कहिले काष्ठ जडित बुद्धको मुर्ति बोकेर दान थाप्न विदेश तिर पुग्छन् भने कहिले रुद्राक्ष माला बोकेर ठुलदाई खुशी पार्न दिल्ली उड्छ्न अनि विदेशीले रिण पत्याएन भनेर उद्घोष गर्छन् । विकास गरेको भए पो पत्याउने ! जन्मदै शिशु नागरिकको टाउको किच्ने गरि रिण बोकाउने मुलुकलाई कस्ले दिन्छ ऋण ? आजसम्म विदेशी सहयोगलाई जसरी लुटेको छ तर अब त्यती सहज छैन । अबको बजेटले बाह्रमहिने विकासे योजनामा लागु गरोस् । बजेट पचाउन दुई महिने हत्तारे विकास नगरोस् ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्
संपादकीय सबै :