बिहिबार 18 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

कोहि एकता ,कोहि बेपत्ता मुलवासीलाई उपेक्षा

12 मे 2019

कोहि एकता ,कोहि बेपत्ता मुलवासीलाई उपेक्षा

नेपाली राजनीतिमा नौटंङी नेताहरू टुट्नेफुट्ने एकता हुने कुनै नौलो विषय होइन । अहिले संघीय समाजवादी पार्टी र नयाँ शक्तिपार्टी बीच एकता भएको छ । एकतापछि बनेको समाजवादी पार्टीमा दुइ अध्यक्ष र आठौंजना उपाध्यक्ष रहेका छन् । बाबुराम भट्टराईको नेतृत्व रहेको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव तथा अशोक राईले चलाउदै आएको संघीय समाजबादी पार्टीको एकतामा अशोक राई तेस्रो दर्जामा परे । हिजो एमालेमा हुँदा निकै प्रभावसाली नेता ठाँनिएका राई एमालेमा रहदा उपाध्यक्ष पदमा थिए । मनुवादिहरुको नजरमा अहिन्दु मुलवासी मंगोलहरु जत्तिनै योग्य भएपनि उपेक्षाको दृष्टिले अयोग्य नै देखिने गरेकोले तेस्रो दर्जामा मात्र स्थान पाए ,कारण हिजोको दिनमा मुलवासी मंगोल राइ समुदायको आँखामा छारो हाल्दै राई लिम्बु समुदायमा भ्रमित राजनीति गरी जुन मत कथित कम्युनिस्ट पार्टीलाई बटुलिदिन सफल थिए तर आज तिनै आफन्त दाजुभाइले नै उनिलाई इश पारिदिन थालेकोले तेस्रो स्थानमा झरे र अझै झर्ने क्रम जारी छ । यस्तै अहिले तराई मुलका मुलवासीको मतले साथ पाएका यादव जुन स्थानमा छन् भोलि तराईका असली मुलवासी मंगोलहरुले सहि राजनीति दर्शन अंगालेको खण्डमा तिनै यादव राई भन्दा तल्लो दर्जामा झर्नेछ्न । एकलनश्लिय ब्राह्मणवादको देखाउटी विरोध गरेपनि मनुवादी नेताहरुको भित्री सक्कल कहिले फेरिने छैन । डा उपाधी पाएका भट्टराई नेपालमा अर्थमन्त्री हुँदै प्रधानमन्त्री समेत बनिसकेका हुन् । धर्मलाई अफिम सम्झने पार्टीबाट प्रधानमन्त्री बनेका भट्टराई कालो बोका डोर्याई मन्दिर धाएकै प्रमाण छ भने यस्तो नेताहरू हामी अहिन्दु मुलवासी मंगोल समुदायको लागी नाम र भाँडा फेरिएको विष जस्तो मात्र हो । नेपाली कुमाइते राजनीतिबाट वाक्क भइ विरक्तिएका नागरिकहरु यतिबेला कथित नेताहरुको दोहोरी टुलुटुलु हेरिरहेका छन् । राम्रै निबन्ध जस्तो लाग्ने सरकारको नीति तथा कार्य योजना ब्यावहारिक रूपमा सु सम्पन्न भए आंशिक खोट बाहेक ठिकै देखिएतापनि पारित गर्ने शैली उत्तम देखिएन । लोकतन्त्रमा बहुमतको कदर हुन्छ तैपनि अर्का जनताकै मतले संसद भवनभित्र छिर्ने बोल्ने अधिकार पाएका जननिर्वाचितले "संसद अबरुद्ध छ त्यसैले यो नीति तथा कार्य योजनामाथिको मेरो संशोधन प्रस्तावबारेमा केहि बोल्दिन " भनिरहँदा एकछिन धेर्य नगरि निर्णायकतार्थ प्रस्तुतमा लैजानु लोकतन्त्रभित्र मेरै तन्त्र भएन र ? नेपाली उखान अनुसार "एक माघले जाडो जाँदैन" बहुमतको दम्भले भोलिको दिनमा कता पुगिन्छ भन्ने कुरा भुल्नु हुँदैन । बच्चा खेले जस्तो मुलुकका प्रमज्युले जिम्मेवार व्याक्तिले विपक्षीको नोटबुक तानिदिने , कहिले बिपक्षी प्रमुख अगाडि सिदा ठिङ्ग उभिएर केटि जिस्क्याए जस्तो गर्ने , अर्का अध्यक्ष कहिले जङ्गल पस्छु भन्ने कहिले बुद्ध बन्छु भन्ने यस्ता बकमफुसे कुरा , व्यबहार गर्नु अलिकति त लाज लाग्नु पर्ने हो ! जङ्गल पस्नु र बुद्ध बन्नु त्यती सजिलो छैन भन्ने कुराको व्यबहारिक ज्ञान नभएका नेताले गर्दा नै आज तमाम नेपाली नागरिकले दुख पाइरहेका छन् । हिजो कारणवस अर्को कथित राजनीति पार्टीमा रहेका अहिन्दु मुलवासी मंगोल समुदायहरु हो नेता र पार्टी एकताले अलमल नपर्नु होस् । बाहुनवादी,मनुवादी, हिन्दुवादी पार्टीमा अहिन्दु मुलवासी मंगोलहरु जहिल्यै उपेक्षामा पर्नेछन् । अत : नम्वरी बन्न ओर्जिनल मुलघरमा आउनुहोस् यो माटोले मुलवासीहरुको जितको बाटो कुरिरहेको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्
संपादकीय सबै :