शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

काण्डै काण्डको सरकार - एक काण्ड ओझेल पार्न अर्को काण्ड

7 जूलाई 2019

काण्डै काण्डको सरकार - एक काण्ड ओझेल पार्न अर्को काण्ड

मंगोल नेशनल अर्गनाइजेसनका फाउण्डर प्रेसिडेन्ट युगपुरुष अमर डा गोपाल गुरुङज्युले भन्नुभएको छ " यो देशमा पछि दुइटा मात्र पार्टी हुनेछन् (१) बृहत अहिन्दु मुलवासी मंगोलहरुको साझा संगठन (एमएनओ) (२) अल्पसंख्यक ककसियन काला हिन्दुआर्यको एकताको पार्टी ( नाम आपसी सहमतिमा ) । अहिले कम्युनिस्ट बाहुनक्षेत्रीहरुले नेतृत्व गरेको पार्टीको बहुमत छ र दुइतिहाइ बहुमतको सरकार पनि छ । नकारात्मक टिप्पणी गर्दा कम्युनिस्टलाई बामे राप्रपालाई मण्डले कांग्रेसलाई शोषक सामन्ती भने झै अहिलेको यो नेपालको बहुमतको सरकारमा यि सबै बामे मण्डले सामन्ती पार्टीको भोट जम्मा भएको छ । २१औं सताब्दी अहिन्दु मुलवासी मंगोल मुक्तिको सताब्दी हो भन्ने मुख्य नाराको साथ मंगोल नेशनलअर्गनाइजेसन संगठनमा हिमाल पहाड तराईको गाउँ बस्ती कुना कन्दराबाट उर्लदो एकताको अभियान देखेर भोली पुन :अन्तिम पल्ट बाहुनक्षत्रीहरु एकतामा पुग्नेछन् तर त्यो एकता तोड्न अहिन्दु मुलवासी मंगोलहरु राजनीतिरुपले चेतनशील बनिसकेका हुनेछन् र बनिसक्नुपनि पर्नेछ । यो देशका असली मुलवासी मंगोलहरुको राजनैतिक चेतना चेक गर्न कहिले सिनो बनिसकेको राजतन्त्र, हिन्दुराज्य फर्काउन सबैभन्दा सस्तो हतियार मंगोल अनुहारका अस्तित्व बेचुवाहरुलाई प्रयोग गर्दैछ भने कहिले छिमेकी मुलुकका प्रान्त प्रमुखको बकम्फुसे अभिव्यक्ति चर्चामा ल्याउन खोज्दै छन् । यि सबै काण्ड एउटा काण्डलाई ओझेल पार्न अर्को काण्ड थपिएर अलमल्ल पारे जस्तो मात्र हो । कंचनपुरकी निर्मला हत्याकाण्ड चर्किने देखेर ३ नंबर प्रान्तकी सभामुखको गाइगोरु काट्न पाउने कानुन ल्याउने अभिव्यक्तिलाई हाइलाइट गरियो , पान्थरमा एकैजनाले फरक दुरीमा घर भएको २ परिवारका ९ जनालाई काटेर हत्यागरेको घटना ओझेल पार्न अर्का इटहरीका मेयर र पत्रकारको विषय रास्ट्रब्यापी बनाइयो। पृथ्वीनारायण शाहको पालादेखी लागु भएको हिन्दुआर्यको बिभेदी नीति अब यो देशका मुलवासी मंगोलहरुले बुझिसकेका छन् । दुरदर्शि राजनीतिज्ञ डा गोपाल गुरुङज्युले मुलुकमा लोकतन्त्र गणतन्त्र ,धर्मनिरिपेक्ष र प्रान्तीय सरकार हुनुपर्छ । प्रान्तहरु कुनै समुदायको नाममा नभई पवित्र खोलानाला पहाड पर्वतको नाममा हुनुपर्ने आवाज उठाउदा साम्प्रदायिकता , देशद्रोही विखण्डनकारी हुने तर बाहुन दाहाल र भट्टराईले १७ हजार नेपाली नागरिक मार्दै भविस्यमा जातीयद्वन्द्व भड्काउने योजनाले लिम्बुवान खम्बुवान तमुवान थारुवान ताम्सालिङ मगरात दिउला भन्दा राज्यपक्षले काखीच्याप्ने ? विप्लप कार्यकर्तामा मंगोल अनुहार मरे कुकुर बिरालो झै गर्ने सर्लाहीमा एउटा आर्य मर्दा मानव अधिकारवादी भनौदा समेतले आवाज उठाउने ? धुर्मुस सुन्तलीले विदेशी सहयोगमा २/४ वटा घर भुकम्प पिडितलाई बनाइदिँदा प्रत्येक मिडियाले कानैफुट्ने गरि प्रचारप्रसार गर्ने अनि शेष घलेले आफ्नो खर्चमा ५/६ सय घरको नमुना बस्ती बनाइदिँदा कानमा तेल हालेर बस्ने ? पटकपटक भविष्यवाणी गर्दा आलुखाने लठेप्रो गुगले आदित्य दाहाललाई राज्यको ढिकुटीबाट करोडौं खर्चिने अनि ज्ञान बिज्ञान प्रविधिको युगमा महावीर पुनलाई बेवास्ता गर्ने ? यो नश्लिय सरकार र बाहुनक्षेत्रीहरु चाहान्छ यि मंगोलहरु कुनै न कुनै आन्दोलनमा कालो झण्डा बोकेर आन्दोलनकारी बनोस् , बन्द हडताल तालाबन्दी गरेर अगाडि बढ्न खोजोस , आफु-आफुमा तँ ज्यानमारा हत्यारा भनेर लडोस मरोस ( पान्थरमा भएको हत्याकाण्ड राइ र लिम्बु विचको हो ) धन्य मंगोल दर्शन उम्रेको क्षेत्रमा तँ राइले हामी लिम्बुलाई काटेर सक्ने भनेर साम्प्रदायिक दंगा भएन !) राजनैतिक रूपमा मंगोलहरु आफु-आफुमा लड्न भिड्न मर्न थालेपछि बाहुनक्षेत्रीलाई घैटोमा घाम लाग्ने मात्र होइन संसारले बुझेको सुनेको देखेको महामानव डा गोपाल गुरुङज्युको पवित्र मंगोल दर्शन लाई खोट लगाउन पनि सजिलो अत : हामी अहिन्दु मुलवासी मंगोलहरुलाई फसाउन , लडाउन, भिडाउन, मराउन उत्तेजित बनाएर आन्दोलनकारी जस्तो बनाउन अनेकौं काण्डहरु झेली रूपमा आउन सक्छन् तर डा गोपाल गुरुङज्युको पबित्र वैचारिक क्रान्तिका असल बफादार सिपाहीहरु आफ्नो यात्रामा निरन्तर अघि बढी रहौं जीत नजिक छ ,आफ्नो भुमिले हामिलाई मालिक बनाउन खोजिरहेको छ .......।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्
संपादकीय सबै :