बिहिबार 18 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

कोरोना भाइरस नेपालीलाई हर्ष न बिस्मात्

15 मार्च 2020

कोरोना भाइरस नेपालीलाई हर्ष न बिस्मात्

बिश्वमा  अहिले कोरोना भाइरसको महामारीको चलिरहेको छ  । कोरोना भाइरसले मानिसहरुमा एक किसिमको त्रास मात्र होइन आतंकनै फैलाइ रहेको छ । चीन को हुवान शहरबाट सुरु भएको कोरोना भाइरस लगभग संसार भरी नै फैलि सकेको छ । बिश्व स्वास्थ संगठन WHO ले यसलाई महामारीको घोषण गरि सकेको छ । आफ्ना जनताको स्वास्थ्यको मध्य नजर गर्दै विभिन्न देशहरुले आवतजावत मात्र होइन सिमा नाकानै बन्द गरिरहेका छन् ।
हजारौको ज्यान लिइसकेको कोरोना भाइरससँग लडन विभिन्न राष्ट्रहरुले युद्ध स्थरमा काम गरि रहेको छ । अमेरिकाले मुलुकमा संकटकाल घोषणानै गरेको छ भने युरोपेली मुलुकहरुले आवातजावतमा प्रतीबन्ध लगाउदै स्कुल कलेज सिनेमा घर एवं सभा सम्मेलनमा प्रतीबन्ध लगाइसकेको छ । भारतले पनि आफ्ना नागरिकको स्वास्थ्यलाई ध्यान राख्दै सिमा नाकामा कडाइ गरेको छ ।
छिमेकी राष्ट्र चीनमा देखिएको कोरोना भाइरसको असर नेपालमा नपर्ला भन्ने त कुरा नै आउँदैन । कोरोना भाइरसले संसार लाई जति आंतक फैलाइ रहेको छ, नेपालमा त्यसको खासै असर पुगेको देखिंदैन । बाहिर जति ताम झाम देखिए पनि भित्र खासै केही भएको छ जस्तो सहजै अनुमान गर्न सकिन्छ । भलै हाल सम्म नेपालमा कसैमा कोरोना भाइरस नदेखिएको भए पनि अबको दिनमा संक्रमण हँुदैन भन्न सकिँदैन । सरकारले जनताको स्वास्थ्यमा के नै पो  ख्याल गरेको छ भन्ने कुरा अहिले सिमा नाकामा गएर हेर्दा सहजै अनुमान लगाउन सकिन्छ । भारत सँगको खुल्ला नाकाबाट मानिसहरु सहजै आउजाउ भइरहेका छन् । नाकाहरुमा हेल्प डेक्स राखिएको भए पनि त्यसले गर्ने प्ररिक्षणमा संका लगाउने प्रसस्तै ठाउँहरु देखिन्छ । नाकाहरुमा राखिएको  हेल्प डेक्सहरुमा दक्ष जनशक्तिको कमि त छदै नै छ, भाइरस लागेको संका लागेमा कहाँ राख्ने भन्ने कुराको टुगो नै लागेको छैन । अझ रोचक कुरा त के छ भने भाइरस नलागोस भनी लगाउनु पर्ने माक्समा नै ब्यापारीहरुको कालो बजारी गरि रहँदा सरकार मुख दर्शक बनेर बसिरहेको छ ।
हुन त नेपालमा वर्र्षेिन विभिन्न किसिमको महामारी नआएको कुनै साल नहोला । कहिले भोक मरि त कहिले झाडा पखलाले जन धनको नोक्सान भइ नै रहेको छ । भोक र रोग त नेपालीको मित्र भन्दा पनि हुन्छ । न सरकारलाई यो बिषयमा चिन्ता छ, छ त केवल यसलाई माध्यम बनाइ चुनावमा कसरी जित्न सकिन्छ भन्ने । वर्षेनी यहाँ मूलबासी जनताहरु अकालमै ज्यान गुमाइरहेका छन् ।  त्यसो मुलुकको तालाचाबी अर्कैको हातमा भए पछि त्यहाँको मूलबासी जनताले दुःख पाउनु स्वाभाबिक नै हो । जबसम्म राज्यको बागडोर अर्काको हातको हुन्छ तब सम्म मूलबासी जनताको हालत यस्तै हुने हो । संसार भरी कोरोना भाइरसको आतंक भइरहँदा नेपाली जनतालाई भने काग लाई बेल पाक्यो हर्ष न बिस्मात् झै भएको छ  ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्
संपादकीय सबै :