बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

लोकसेवाभित्र ढोकसेवा नोटसेवा जस्तो पो होकि इ भि एम प्रणाली !

26 मे 2019

लोकसेवाभित्र ढोकसेवा नोटसेवा जस्तो पो होकि इ भि एम प्रणाली !

हामी नेपाली नागरिकहरु ( अहिन्दु मुलवासी मंगोल समुदाय )हेर्दा जति बलिया देखिन्छौं उति नै विवेकमा निर्बलियो छौं । फलस्वरूप ककसियन इन्डोआर्यको एक झुन्ड हालका नेपालका खसआर्य बाहुनक्षेत्रीले हामी अहिन्दुहरुको टाउकोमाथि टेकेर शासन गरिरहेका छन् । मंगोल समुदायका अधिकांश युवायुवतीहरु राम्रै स्कुलमा पढेलेखेका पनि छन् तर सरकारी जागिरमा औंला भाँचेर गन्ती गर्न सक्ने अवस्थामा छन् । कारण लोकसेवा आयोग छिर्न सकिएन भन्नेहरु प्रसस्त पाइने गरेको भेटिन्छ । नेपालमा भएको लोकसेवा आयोग , अख्तियार अनुसन्धान दुरुपयोग आयोग , सम्पत्ति छानबिन आयोग ,सर्वोच्च अदालत , विभिन्न तहको प्रशासन , नै ब्राह्मणवादको रिमोटले चल्ने गर्छ भन्ने यथार्थ बुझ्ने चेष्टा नै गर्दैनन् । हामी दिमाग पुगेन ,भाग्यले साथ दिएन भन्छौं तर दिमाग घुमाउने भाग्य चम्क्याउने सुत्र पावर र पैसाले कता मोडिदिन्छ भन्ने भित्री कुरा पछिल्लो चरणमा उच्च निकायभित्र नै भ्रष्टाचार नातावाद ढोगसेवा नोटसेवाको चलखेल देखेर अनुमान लगाउन सकिन्छ । छिमेकी गणतान्त्रिक मुलुक भारतमा भर्खरै लोकसभा तथा विधानसभा चुनावमा भारतिय जनतापार्टीलाई बहुमत मिलेको छ । विद्युतीय भोटिङ मेसिन द्वारा जनमत जाहेर भएको उक्त लोकसभा तथा विधानसभा निर्वाचनमा बाहुन जातीय पार्टी भाजपाले बहुमत प्राप्त गर्नुमा निकै ठुलो रहस्य रहेको विपक्षी दलहरुले लगाएका छन् । दिल्ली एसेम्ब्लीमा एक संसादले यो विधुतिय भोटिङ मेसिनलाई सत्ताका पहुँचवालहरुले गोप्य कोड प्रयोग गरी जुन चुनाव चिन्हमा बटम दबाएपनि आफ्नो नतिजामा परिणाम जोडिने बनाउन सकिन्छ भन्दै विधुतिय भोटिङ मेसिन सहित एकज्याम्पल प्रस्तुत गरेका थिए । ति सांसदले आफु संसारमा नाम चलेको कम्प्युटर सफ्टवेयर कम्पनीमा वर्सौ काम गरेको र चुनौतीका साथ यो विधुतीय भोटिङ मेसिनको परिणाम पहुँचवालाले दुरुपयोग गर्न सक्ने तथ्य पेश गरेका थिए । अहिले विपक्षी दलका नेताहरुले यो लोकसभा चुनावमा इभिम सिस्टमलाई ह्याक गरी सत्ता पक्षले आफ्नो पकडमा पारेको आरोप लगाइ रहेका छन् । भारतीय जनता पार्टीबाट लोकतान्त्रिक गणतन्त्रबादी मुलुक भारतमा प्रधानमन्त्री बनेका नरेन्द्र मोदीले आफ्नो भासणमा हिन्दुत्व भित्रका वाक्यांश प्रयोग गर्नुले उहाँको राजनीतिक उचाइमा दाग लागेको प्रस्टै पाइन्छ । राम राज्यको कुरा जोडेको प्रमाण , अहिलेको लोकसभा चुनावको विजय उत्सवमा अब भारतमा दुइ जातिका मान्छे मात्र छन् - लोकतन्त्रवादी र लोकतान्त्रिक गणतन्त्रको खुटा तान्ने पक्ष भन्दै जातजातिको कुरा उठाउने नेता , त्यस्तै विजयी उत्सवमा भारतीय जनतापार्टीलाई कुरा काट्नेहरुलाई भगवान श्रीकृष्णले जस्तै गरी भारतीय जनताले जनमतबाट जवाफ दिएको जस्तो साघुँरो घेराभित्र आउनुले अर्बौं जनसंख्या भएको भारतका असल नेता तथा विशाल गणतन्त्रबादी मुलुकको लोकतान्त्रिक प्रख्यात नेता मान्न किमार्थ सकिन्दैन । डा गोपाल गुरुङज्युलाई ठुलो उपहार "धोका " दिनुहुने भारतमै मुख्य मंत्रीको इतिहास रचेका सिक्किमका पुर्व मुख्य मंत्री पवन चाम्लिङ पनि यो पल्ट गर्ल्याम्मै ढलेका छन् । उसो त अघिल्लो चुनावमा पनि पि .यस. गोलेले ११ सिट जितेका थिए तर केहि महिना नबित्दै SKM छोडेर SDF मा फर्केका थिए । यो चुनावमा SKM ले बहुमत ल्याएको छ । हिजो पार्टीलाई धोका दिने अनि भ्रष्टाचारको अभियोग लागेका सिक्किम क्रान्तिकारी मोर्चाका नाइकेलाई नै किन रोजे सिक्किमे जनताले इभिम सिस्टमकै करामत त होईन भन्ने शंका उपशंका उठ्न थालेको छ । इभिम ह्याक गरि ( गोप्य सेक्रेट कोड प्रयोग ) आफ्नो पार्टी बहुमतमा ल्याउने अनि बादशाह बनेका चाम्लिङज्युलाई हुत्याइदिने राजनीति खेल त होइन । अत: संसारमा असली जनमतको कसैबाट दुरुपयोग नहोस् । गणतान्त्रिक मुलुक भारतका बृहत नागरिकको असली रोजाइ भारतीय जनता पार्टी नै हो भने सफल कार्यकालको शुभकामना ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्
संपादकीय सबै :