बिहिबार 28 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

लुटेर, भुटेर, चुसेर मात्र होइन, सुतेर पनि देश चलाउँछन् बाहुनक्षेत्रीहरु

21 मार्च 2020

लुटेर, भुटेर, चुसेर मात्र होइन, सुतेर पनि देश चलाउँछन् बाहुनक्षेत्रीहरु

नेपालका धेरै प्रधानमन्त्रीहरुले स्पष्ट बोलेको बुझ्न् सबैलाई गाहृो हुन्थ्यो । तर अहिलेका प्रधानमन्त्रीज्युले स्पष्ट मात्र होइन सुनमा सुगन्ध थपे झै रमाइलो तरिकाले उखान टुक्का पनि जोड्छ्न तर एउटा जिल्ला समृद्धि पार्ने  खर्च आफ्नो उपचार मै सक्छन् । भर्खरै मिर्गौला प्रत्यारोपण गरेका प्रमज्युलाई सुतेर देश चलाउन पाइदैन भनेर व्यंग्य गर्ने अरु कोही नभएर उहीँ लाइनमा पालो पर्खने एउटै ड्याङका मुलाहरु नै हुन् ।
यस देशका बृहत ८० प्रतिशत अहिन्दु मूलवासी मंगोल समुदायको साझा संगठन मंगोल नेशनल अर्गनाइजेशनले अहिले क–कसले के–के गर्दैछन् हेरिरहेको मात्र छ किनकि यो समय नाममात्रको भएपनि लोकतान्त्रिक गणतन्त्रको सरकार छ भने यसलाई असफल देखाउन अराजक तत्वहरु टाउको उठाउन खोजिरहेका छन् ।
पोलिटिकल साइन्सलाई त हिन्दु आर्यन बाहुनक्षेत्रीहरु सजिलै आफ्नो हितार्थ बनाउन सक्छन् र बनाउदै आइरहेका पनि छन् । तर मेडिकल साइन्सलाई आफ्नो पक्षमा पार्न त्यति सजिलो छैन होला ! मेडिकल साइन्सलाई हेर्ने हो भने अब नेपालका प्रधानमन्त्रीज्युले आराम गर्नुपर्छ, तनावमुक्त जीन्दगी जिउनुपर्छ । नयाँ मृगौलाले कहिलेसम्म काम गर्छ, भोलि फ्लोअफ गर्दै जाँदा शरीरमा म्याच हुन्छ कि फेरि केही महिना वर्ष मै अर्को थप्नु पर्ने हुन्छ, नयाँ मृगौला दिने र लिनेको उमेर अनुसार पक्कै पनि उमेर अनुसारको कार्यक्षमता फरक हुन्छ होला । अर्को तिर अरु थप्दै जाने कुरा पनि  पोल्टिकल साइन्स जस्तो आफू अनुकुल बनाउन सजिलो हुँदैन होला । यी सबै कुरा हेर्ने हो भने राज्यको ढिकुटीबाट अर्बौं खर्चेर यन्त्रबाट चल्ने थपना जस्तो प्रमलाई पुर्ण आरामको जरुरत देखिन्छ, तनावमुक्त जिउन मेडिकल साइन्सले भन्छ ।
एउटा बाहुन प्रधानमन्त्री फेरिएर अर्को बाहुनक्षेत्री सरकारको प्रमुख बन्नु हामी अहिन्दु मूलवासी मंगोल समुदायको निम्ति कुनै चासोको, हर्ष विष्मात्को विषय होइन तर “सुखी नेपाली  संम्वृद नेपाल” बनाउने केही रकम आफ्नै शरीरले नखाउन भन्ने मात्र हो । शरीरले मात्र होइन प्रमज्युलाई आफ्नो विश्वासीलो पात्रहरुले समेत संम्बृदीको सपना बोकेको बहुमतको मन्त्रीमण्डललाई लोपारी दिई सकेका छन् । यसर्थ मान्छेले बनाउने नियम त परिवर्तन गर्न सकिएला तर प्राकृतिक नियम त संसारको सर्वश्रेष्ठ सम्प्रदाय हामी आर्य हौं, हामी शासन गर्न जन्मिएका हौं भन्नेहरुले पनि टेडोमेडो गर्न मिल्दैन होला !
आज पारिलो, मलिलो  बेशी फाँट खेतवारिहरु प्रायजसो हिन्दुआर्यकै नाममा छन्, सन् १९११  देखि सन् १९६२ सम्ममा (पहिलो र दोस्रो विश्व युद्धताका) २५ लाख राई लिम्बू, गुरुङ, मगरले नुनको सोझो गर्दा विदेशमा ज्यान गुमाएका छन् भने नेपाल भित्रै पनि विभिन्न कथित द्वन्दहरुमा कुकुर बिरालो झै मरिरहेका छन् । विदेशमा रगत पसिनाको रिमिट्यान्समाथी समेत चुस्नु खोज्ने प्रवृति बढ्दै गएको हुँदा आज प्रत्येक नेपालीले जन्मदै ३७ हजार रिण बोकेर थिचिनु परेको छ ।
आजसम्म हामी मूलवासी मंगोलसमुदायमाथी हर क्षेत्रमा लुटेर भुटेर चुसेर हिन्दुआर्यहरुले एकलौटी रूपमा शासन गर्दै आइरहेका छन् भने अब ओछ्यान मै सुतेर पनि मुलुक चलाउन थालेका छन् ! त्यसैले अब त ढिलो भइसक्यो २१औं शताब्दीका मंगोल युवा युवतिहरु हो – गाउँ–गाउँ जाउ मूलवासी मंगोल जगाउ, अस्तित्व बचाउ, संसारभर चारो खोजी खान बाध्य पारिएका मंगोल दाजुभाइ एवं दिदीबहिनी हो विभिन्न समाजिक संजालबाट हाम्रो यस्ता जिउँदो आवाजहरुलाई अझै फराकिलो बनाउ । लाइक, सेयर, कमेन्ट गरेर अहिन्दु मूलवासी मंगोलसमुदायको राजनीति चेतनाको ढोका खोल्ने पवित्र कार्यमा हातेमालो गरौं ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्
संपादकीय सबै :