बिहिबार 28 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मुलवासीहरुको गर्जनले ठग जमातको मुहान सुक्दै

11 अगस्ट 2019

मुलवासीहरुको गर्जनले ठग जमातको मुहान सुक्दै

देशैभर खाँटी असली मुलवासी मंगोलहरु राजनीति चेतनशील बने संगै बाहुनक्षेत्रीले फालेको सानो जुँठोमा भुलेर आफ्नो अस्तित्व बेच्ने हेर्दा उस्तै देखिने अनुहार मात्र मंगोल परेका एक झुन्डहरुको कमाइ खाने भाँडो बन्द हुने अवस्थामा आइपुगेको छ । यो वर्षको २५औं विश्व मुलवासी दिवस यो देशका असली मुलवासीहरुले मुलुकभर विभिन्न कार्यक्रमका साथ मनाएका छन् । जस्ले गर्दा पित्तललाई सुन बनाएर भनाएर हिन्दुआर्यको इसारामा आफु आदिवासी जनजाति बनि मुलवासीको नाममा आउने डलर झ्वाम्म पार्ने योजना भताभुङ्ग हुँदैछ । बाहुनले लेखिएको हिजोको इतिहास हेर्ने हो भने शक्तिशाली राजा रावणको दुश्मन , हिरण्यकशिपुको दुश्मन अरु कोही नभई आफ्नै सहोदर नातेदार भएको इतिहास भेटाउछौँ तर आज त्यो युग होइन । आफ्नो र पराइ चिन्ने साझा दुश्मन छुट्याई सहि शब्द त्यस्को अर्थ संगै असर निर्क्योल गर्न सक्ने २१औं सताब्दीको बैज्ञानिक युग हो । हिन्दुआर्य बाहुनक्षेत्रीले जे भन्न सिकायो त्यसै भन्ने पिँजडाको सुगा जस्तो हाम्रै अनुहारका मित्रहरूलाई आफ्नो भाविपिडीको भन्दा आफ्नो मालिकको चिन्ता लाग्ने गरेको प्रमाणहरु प्रसस्त पाइन्छन् । आदिवासी र जनजाति शब्द न्वारान गर्ने हिन्दुआर्य बाहुनक्षेत्री र न्वारानमा थोरै घिउ खान पल्केका कथित आदिवासी जनजातिहरुले अब अन्तर्राष्ट्रिय जगतलाई पहिले जस्तो ठग्न सक्दैन र असली मुलवासीहरु दिनानुदिन राजनीति चेतनशील बन्दै गएपछि काम नलाग्ने फर्मुलालाई धुर्त कन्जुस बाहुनक्षेत्रीले मलजल गरि रहँदैन । अत प्रचण्ड गर्मीमा दानापानी खर्चेर कोही पनि उफ्रिनु जाँदैनन् जान्छन् त केवल जहाँ आफ्नो हक अधिकार सुरक्षीत छ , आउदो सन्ततिको उज्ज्वल भविस्य छ । यदि आफ्नै मुलुकमा मागिखाने चटके बनेर साझा दुश्मनको जयजयकार गर्दै आफ्नो सन्ततिको खुट्टामा बन्चरो हान्न कोहि जान्छन् त उ मान्छेको दर्जामा आउदैन । हिजो हाम्रो पू्र्खाहरुले पढ्न पाएनन् । सोझा ,दयालु र इमानदारी भएकै कारण हिन्दुआर्यहरु आज हरक्षेत्रमा मौलाइ रहेका फस्ट्याइ रहेका छन् । हाम्रो बाबुबाजेहरुले केहि पढेलेखेका अगुवाहरुलाई सर्वेसर्वा मानिदिए । अभावमा भाउ पाएका हाम्रा ति अगुवा भनौदा केही लठुवाहरुले बाहुनक्षेत्रीलाई मालिक मान्दै जसो-जसो भन्न सिकायो त्यसै- त्यसै गरिदियो। आफ्नो दुनो सोझिए अरुको वास्तै नगर्ने उल्टै मुलवासी मंगोलहरुको खैरो खन्ने गरेको प्रमाण धेरै ठाउँमा पाउन सकिन्छ । मुलवासीहरुको हरक्षेत्रमा बिकासको लागि आउने अन्तर्राष्ट्रिय सहयोग ठिक ठाउँमा खर्छ नभइ गलत तरिकाले खर्च हुनेगरेको थाहा पाएपछि बन्द हुने क्रम जारी छ । भोली आफ्नै सन्ततिले वास्तविक कुरा थाहा पाइ थुक्न थालेपछि हिँउ भालुको उखान जस्तो खुईले भुस्या कुकुर बनेर हिड्ने दिन धेरै टाढा छैन । मंगोल नेसनल अर्गनाइजेसनले आफ्नो स्थापनाकालदेखि आदिवासी जनजाती अन्तर्राष्ट्रिय ठग जमात हो , आदिवासी जनजाति बाहुनक्षेत्री हुन् भनेर विभिन्न कार्यक्रम लोकसभाहरुमा बोल्ने लेख्ने गरेको छ । अभावमा भाउ पाएकाहरुको सद्बुद्दी समयै नआएपनि असली आदिवासी जनजाति बाहुनक्षेत्रीहरुले सत्य कुरा स्विकार्नु नै उत्तम देखिन्छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्
संपादकीय सबै :