बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मार्गबक, जेयर इभोला, कोरोना भाइरस भन्दा खतरनाक भाइरस हिन्दुवाद अर्थात बाहुनवाद

23 फेब्रुअरी 2020

मार्गबक, जेयर इभोला, कोरोना भाइरस भन्दा खतरनाक भाइरस हिन्दुवाद अर्थात बाहुनवाद

विश्वमा अहिलेसम्म विभिन्न कालखण्डमा भिन्नभिन्न देशमा हजारौं मानिसको ज्यान लिने गरि ननभेज खाना र सि फुडबाट अनेकौं खतरनाक भाइरसहरु उत्पन्न हुने गरेको सबैमा अवगत नै छ । मार्गबक , जेयर इभोला , हेन्टा , वर्ड फ्लु , लेसा, जोनेन नोवेल कोरोना आदि नामक भाइरसले विभिन्न देशमा अकालमै हजारौं मानव चोलाको ज्यान लिएको र अहिले छिमेकी मुलुक चिनमा कोरोना भाइरसले ठुलो क्षति पुर्याइरहेको समाचार विभिन्न मिडियाहरुमा हट लाइन बनिरहेको छ । परन्तु , यी भाइरसहरुको सुस्मकण संग लड्न सक्ने औषधि पत्तो लागे नियन्त्रण भइहाल्छ र बैज्ञानिकहरु लागिपरेका पनि छन् । तर भारत र नेपालमा झाँगिएको हिन्दुवाद अर्थात वाहुनवादको भाइरसले यहाँका अरबौ , करोडौं अहिन्दु मुलवासी मंगोल समुदायलाई जिउँदै मारिरहेको छ ।

    पश्चिमी आर्य मुलुक अमेरिकामा लागु भएको "The Wille Lynch Letter And The Making Of A Slave" फर्मुला र भारतमा तयार हुने "Brahminical Social Order" ककसियस काला हिन्दुआर्यलको यस भेगका मुलवासी समुदायलाई जिउँदै मार्ने भाइरसको थलो हो । जर्मनी तानाशाही हिटलरले पनि भारतकै हिन्दुवाद अर्थात बाहुनवाद अनुरुप मनुवादी चाणक्य कौटिल्य नीति र स्वास्तिक चिन्ह प्रयोग गरि लाखौंलाख यहुदीलाई स्वाहा पारेका थिए भने दक्षिण भारतका एक विद्वानले उक्त हिन्दुवादी भाइरसलाई ब्याङ्य गर्दै " यदी बाटोमा विषालु गोमन साँप र बाहुन एकैचोटि भेटे पहिले बाहुनलाई मारिदिनु नत्र यो साँपको डसाइले एकजना मर्छ तर यो बाहुनको चाणक्य नीतिले तिम्रो पुस्तौपुस्ता जिउँदै मर्नेछ " त्यस्तै दोस्रो विश्व युद्ध पछी अर्को भनाई चर्चामा आयो , "नागासकी र हिरोसिमा मा शक्तिशाली आणविक बम खसाल्नु भन्दा भारतबाट एकजना जनैधारी बाहुन पठाएको भए उत्तम हुनेथियो "। भारतबाट अलाउदिन खिल्जी र सम्राट अशोकको पालामा पटकपटक लखेटाइमा परि नेपालमा शरण माग्न आइपुगेका हिन्दुआर्य बाहुनक्षेत्रीको हिन्दुवादले यस भेगका अहिन्दु मुलवासी समुदायलाई एकआपसमा लड्ने भिड्ने मर्ने मात्र बनाएको छैन , आफ्नो अस्तित्व के हो ? पहिचान पहिला आउँछ कि अस्तित्व ?भोलिको पिडिलाई कसरी हाँस्ने खेल्ने बाटो बनाइदिने, यो मुलुकका असली भुमिपुत्र( मुलवासी ) को हुन् ? मुलुकमा किन विकास हुँदैन ? नारा एउटा पारा अर्को गर्ने नेताहरु कुन समुदायको धेरै छन् ? आदि इत्यादी विषयमा सोच्नै नसक्ने बनाइदिएको छ । "फुटाउ अनि राज गर " भन्ने हेतुले बाहिर जुँधे जस्तो गर्दै भित्र जनै समाएर एक हुने प्रवृतिका नेताले विभिन्न कथित राजनीतिको नाममा छिन्नभिन्न बनाई उठ्नै नसक्ने गरि हर तवरले थिची रहेको पिसिएको यथार्थ , आफ्नो सहि अस्तित्वको बारेमा ओकालत गर्दा आफ्नो मालिकको विरोध सहन नसकेर औंला उठाउने सम्म बनाइदिएको छ ।

    माथी उल्लेखित डेन्जर भाइरसहरुमध्ये नोवेल कोरोना भाइरसको छिटै औषधि पत्ता लाग्ने छ , मृतका परिवारहरुलाई धेर्य धारण गर्ने शक्ति मिलोस ,साथै विरामीहरुप्रती शिग्र स्वास्थ्य लाभको कामाना तमाम 80% अहिन्दु मुलवासी मंगोल समुदायको तर्फबाट व्याक्त गर्दै ती भाइरस भन्दा खतरा बाहुनवाद अर्थात हिन्दुवादलाई निर्मुल पार्न युग पुरुष अमर ड• गोपाल गुरुङको मंगोल दर्शन बुझ्न् ढिलो गर्नु हुँदैन , विभिन्न तह र तप्कामा रहेका मंगोल समुदायमा मंगोल भावना जाग्नु पर्ने आवश्यकता संगै भारतीय संविधानका मस्यौदाकार , हिन्दुवादको नजरमा अछुत डा• अम्बेडकर र महिला माथी बलात्कार ,हत्या गर्ने शोषक सामन्तीलाई बदला लिन खुँखार डाका बनी सफल भएकी फुलनदेवीको मार्गदर्शन हाम्रो लागि मनुवादी भाइरस पखाल्ने एन्टिबायोटिक क्याप्सुल हुनेछ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्
संपादकीय सबै :