शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

" मधेका असली मुलवासीको पिडा, नेता ल्याप्प ,जनता कटाक्ष "

20 जनवरी 2019

" मधेका असली मुलवासीको पिडा,  नेता ल्याप्प ,जनता कटाक्ष "

तराईका मुलवासी मंगोल दाजुभाइलाई एकआपसमा लडाएर, भिडाएर, मराएर आफ्नो राजनीति स्वार्थ पुरा गर्न खोज्ने वास्तविक साझा दुश्मन मधेसका असली भुमिपुत्र मुलवासी मंगोलहरुले चिन्न सकेर नै अन्य कथित पार्टीहरु रुखे घामे राप्रप्रेलाई किनारा लगाइदिएका हुन् । हिजोसम्म अरुको कुरामा मख्ख बन्दै भोट बैंक बनेर आफ्नो माम खाने थालमा आँची गरिरहेका मधेसका मुलवासीहरुले आफ्नो अस्तित्व र पहिचान रक्षा गर्न अन्य दललाई धुलो चटाइदिए तर नेता भनाउदा उहि बाहुनक्षेत्रीकै रिमोटले चल्ने कुपात्रहरुले मधेसी जनताको भावनासंग खेलवाड सिवाय केहि गरेनन् । पहाडे र मधिसे भन्ने भावना हिन्दुआर्यले हाम्रो मस्तिष्कमा घुसाइदिएकोले पहाडका मंगोलले प्राय मधेसका मुलवासीलाइ "डरछेरुवा धोती" भन्ने गर्छन् । यदि यस्तो भावना हामी मंगोलमा अझै छ भने यो सोच्नु जरुरी छ कि एउटा परिवार पाल्न विदेशी भुमिमा अर्काको घर उजाड्ने अनि आफ्नो भुमिमा विदेशी शासकसंग थुरुरु काप्ने पहाडका मंगोल बहादुर ? कि एकल नश्लिए बाहुनक्षेत्रीसंग हातमा डन्डा भाला बोकेर मर्न मार्न सडकमा निस्कने मधेसका मुलवासी मंगोल बहादुर ? मधेस आन्दोलन शुरु भएको १२औ वसन्त पारहुँदासम्म पटकपटक विभिन्न बहानामा मधेसका मुलवासीहरु सहिद भएका छन् । हालको नेकपा तत्कालीन एमालेको मेची-महाकाली यात्रा लिम्बुवान, खम्बुवान, तमुवान ,मगरात, ताम्सालिङ सरर पार भयो तर मधेस र थारुवान त्यति सजिलो भएन । देश बेच्ने, झुटो आश्वासन बाड्ने, अस्तित्व र पहिचान विरोधी पार्टी तत्कालीन एमाले हो भनेर मधेसका मुलवासीहरुले चिनिसकेका थिए यसर्थ कुपात्र नेताको इसारामा टाउकोमा कफन बाधेर हातमा भाला डन्डा बोकेर प्रतिकारमा उत्रे तर आफुले तिरेको करले पालेको प्रहरीको बन्दुक अगाडि केहि नलागी भुइँमा ढलेको इतिहास पुरानो भएको छैन । मधेसका मुलवासी जनतालाई अब असल नेताको खाँचो छ ताकी जनताको बलिदान कुर्सीमा नसाटोस , काका-भतिजो , मामा- भान्जा दाजुभाइ लडाएर नेता बन्दै हिन्दु आर्यको राजनीति रिमोट फेरी मधेसी जनतामा नघुसाइयोस\। शताब्दियौंदेखि विभेदमापारी दोस्रो दर्जाको नागरिक सरह ठान्ने विभेदी सोच बोकेका हिन्दु आर्यको रिमोटको ब्याट्री बनेर आउने खलनायक मधेसी नेतालाई अब असली मधेसी भुमिपुत्रहरुले कथित पार्टीलाई धुलोचटाए झै कोशी कटाउनु सक्नुपर्छ, पहाडे र मधिसे भन्ने उपनाम विदेशी हिन्दुआर्यले न्वारान गरिदिएका हुन् भन्ने वास्तविकता बुझ्न् सक्नुपर्छ र हामी महामानव भगवान गौतम बुद्धका सन्तान हौं भन्ने खाँटिकुरा पचाउन सक्नुपर्दछ । अनिमात्र मधेस आन्दोलनका सहिदको सपना पुरा हुनेछ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्
संपादकीय सबै :