बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

नेपालभित्रको काण्ड- टाउके ब्रह्माण्ड

31 मार्च 2019

नेपालभित्रको काण्ड- टाउके ब्रह्माण्ड

तिन रेसको मानव उत्पत्ति मध्ये आर्य रेशका उत्पत्तिहरु संसारमा हामी शासन गर्न जन्मिएका हौं भन्ने हिसाबले नै होला ! नेपालका हिन्दुआर्यले विश्वलाई पर्यायवाची शब्दमा "ब्रह्माण्ड" भन्न पछी परेनन् । अहिलेसम्म नेपालमा भएका सबैखाले काण्डमा बाहुनक्षेत्रीकै हात छ , बाहुनक्षेत्रीको मन्त्र अनुसार" संसार भगवानको अधिनमा छ , भगवान मन्त्रको अधिनमा र मन्त्र ब्राह्मणको अधिनमा त्यसैले ब्राह्मणहरु सर्वेसर्वा हुन् " । हिजोको कोतपर्व काण्ड, भण्डारखाल पर्वदेखि दरवार हत्याकाण्डसम्म त न्यानोचित परिणाम बाहिर आएन नै झन अहिलेका रास्ट्रपतिज्युको आफ्नै श्रीमानलाई हत्या गरिएको दासढुङा काण्ड पनि कता पुग्यो होला थाहा छैन । पद र पैसा अनि स्वार्थको लागी काट्टोखान पनि पछि नपर्ने जात भनेर बाहुनक्षेत्री समुदायकै ब्याक्तिले लेखेको देख्दा साँच्चिकै त्यस्ता वास्तविक विचार ओकल्नेलाई फुलको माला लगाइदिनु पर्ने दिनपनि भोली आउन सक्छ होला ! अहिले नेपालमा अन्तरास्ट्रिय लगानी सम्मेलन हुँदैछ । भुकम्प गएको यतिका वर्ष सम्म कति भुकम्पपीडितहरुले राहत पाए, कति अन्तर्राष्ट्रिय सहयोग जम्मा भयो , खर्च विवरण के हुँदैछ होला पारदर्शीरूपमा बेला-बेलामा आम सर्वसाधारण नागरिकलाई पनि जानकारी हुनुपर्छ । अन्तर्राष्ट्रिय दाताहरु आउदा धुलाम्मेबाटोमा पानी छर्केर रोकथाम गर्ने ,रातारात गुणस्तरहिन टालटुले विकास गर्ने , भत्किएको संरचनालाई पोस्टरले छोपेर इज्जत धान्ने जस्ता गतिविधि त भित्रीकुरा भए , वनजंगल राम बाबालाई , खोलानाला भारतलाई पेट्रोलखानी चाइनालाई दिएर अर्कोको रिमोटले देश चलाएका यि नेताहरूले भोली यो मुलुक नै अर्कालाई सुम्पिदिन वेर छैन ! नेपालकमा लगानी गरेर विश्व बजारमा प्रतिस्पर्धा गर्न चाहने अन्तर्राष्ट्रिय लगानी कर्ताहरुले यो बुझ्नु जरुरी छ कि नेपालमा के कसरी विकासका बाटोहरु अगाडि बढिरहेको छ ,वर्सेनी कति बजेट फ्रीज हुँदैछ ,भ्रष्टाचार कुन-कुन क्षेत्रमा हुनेगरेको छ । बजेट पचाउन छिटोछिटो देखावटी काम गरेर मिलेमतोमा नाफा खाने मुलुकमा लगानी गरेर भविस्य कस्तो हुन्छ त्यो अगाडि नै सोच्नु उत्तम हुनेछ । पहिलोको वर्ष भन्दा यो बर्षदेखि चारैतिर विकासका निर्माणका कार्यहरू अगाडि जस्तो देखिन्छ कारण ठेक्का लिएर काम ढिलाइ गर्ने ठेकेदार कम्पनीहरु कारबाहीमा पर्ने भएपछि काम चाँडो सकाउन आतुर देखिएकोले हो । समयमा काम हुने हो भने बजेट फ्रीज हुने सम्भावना पनि कम भएर जानेछ । मंगोल नेशनल अर्गनाइजेसनले राम्रो कामलाई खण्डन गर्ने छैन भन्ने यथार्थता चारदशक अघिदेखि लेख्दै बोल्दै आइरहेको अवगत नै होला । नेकपाको सरकार भएपछि थुप्रै काण्ड चर्चामा आए सेन्डिगेट काण्ड , सुनकाण्ड , ठाउँ -ठाँउमा बलात्कारकाण्ड,अनशनकाण्ड , उच्च निकायमा नै भ्रष्टाचारकाण्ड यि सबै काण्डमा ब्राह्मण नै अगाडि देखिए । जुन आशा भरोसा नागरिकले बहुमतको सरकारमाथी राखेको थिए । एकपछि अर्को गर्दै टुट्दैछ । आफ्नो स्वार्थको लागी जनताको करबाट उठेको राज्यको ढिकुटिमा रजाइँ गर्दा ३३ करोड देविदेवता पुजेर क्षणिक क्षमादान मिल्ला तर बृहत मुलवासी मंगोल समुदाय राजनीति चेतनशील बनेपछि कदापि क्षमायाचना हुनेछैन ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्
संपादकीय सबै :