बिहिबार 18 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

निर्दयी क्रुरताको भावले होइन स्वच्छताको साथमा एमएनओ

28 अप्रिल 2019

निर्दयी क्रुरताको भावले होइन स्वच्छताको साथमा एमएनओ

कसैको लक्ष्यबिहिन जीवन हुँदैन र हुनुपनि हुँदैन । जहाँ आफुले जीवनको मुख्य बाटो जोड्न खोजीएको हुन्छ । त्यहाँ निर्दयी र क्रुरताले भरीएको छलकपट हृदय पहिले सफा गर्नुपर्ने हुन्छ । राजनीतिरूपमा नागरिकलाई जति पिसेर आतंकित बनाएर हरक्षेत्रमा दरिद्र बनाउदै दबाएर राखेपनि एकदिन पतन भएर जानेछ भन्ने उदाहरण खोज्न अर्को युगको प्रतीक्षा गर्नु पर्दैन । पावर र शक्ति केहि हदसम्म टिकाउहुन्छ तर तमाम नागरिक राजनैतिक चेतनाले ब्युउझिएको बेला फुटेको कौडिमा नबिक्ने बेकार चिज बन्छ भन्ने यथार्थ हामीले बुझ्न सक्नुपर्छ । राजनीति पावर र पैसाको राजनीति टिकिरहने भए इराकी शाहा ,रसियन जार ,जर्मनका हिटलर ,रोमानियाका चचेस्कु , बृटिस शासन सत्ता ,राणा शासन र स्वयंम घोषित राजा ज्ञानेन्द्रको शासन अझै रहिरहन सक्थ्यो होला ! नेपालका माइला राजको अन्त्य बाहुनक्षेत्रीकै मिलेमतोमा हो तर पछि आमनागरिक लोकतन्त्र गणतान्त्रिक मुलुककै पक्षमा रहेकोे प्रान्तीय शासनसंगै धर्मनिरपेक्षको पाटो एकैसाथ जोडिएकोले गर्दा हिजो कानेखुसी गरेको उपलब्धि अप्ठ्यारोमा परेको हो भन्ने कुरा कथित जनयुद्धको शान्तिवार्ता पछी घुमाउरो धर्मनिरपेक्ष र रास्ट्रीय जनवारले प्रस्ट्याइ दिएको छ । गुलियो भासण र अधुरो आश्वासनमा रमाउने हामी नेपाली नागरिकको बुद्दिको बिर्को बन्द गरिदिन अझै अनेकौं फर्मुलाहरु हिन्दुआर्यहरुले रचिरहेका छन् ,हामीले लागु गरिदिइ रहेका छौं। विश्वप्रख्यात रास्ट्रप्रमुखहरू भत्केको संरचना उठाउन आफ्नै हातले इटा सिमेन्ट जोड्न पुग्छन् , पीडितहरुलाई सान्त्वना दिन छाता ओढ्दै घरघरमै पुगेको हुन्छन् ,कोहि साइकलमा हिडडुल गर्छन् भने कोहि उच्च सुरक्षाबिना आवातजावत गर्छन् । नेपालका रास्ट्रप्रमुखहरु कतै जानुपर्यो भने सडक जाम मात्र होइन हवाईमार्ग पनि अबरुद्ध हुनथाल्यो यस्तैचाल हो भने भोली रास्ट्रप्रमुखहरु एक्सिडेन्ट्मा परी जिब्रो टोके हिन्दु परम्पराअनुसार सरकारले नै छाक बार भन्नु बेर लगाउदैन होला ! जसरी बुद्ध दर्शनमा समानता, स्वतन्त्रता भातृत्व छ , दयामाया करुणाले पुर्ण छ त्यसरी नै महामानव युगपुरुष अमर डा गोपाल गुरुङज्युको मंगोल दर्शनमा पनि कुनै कमी छैन । केवल हामीमा थोरै प्रतीक्षाको खाँचो छ तर यो घडीमा आफ्नो हृदयसफा नभए प्रत्यक्ष अप्रत्यक्ष रूपमा पवित्र मंगोल दर्शन र मंगोल रास्ट्रवादको सुनौलो नयाँ नेपालको अभियानमा तगारो बने आउदो पुस्ताले कदापि माफी गर्ने छैनन् ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्
संपादकीय सबै :