19 मे 2019
नेपाली राजनीतिमा अहिले आएर हिजोका ति १० वर्से कथित जनयुद्धका उपलब्धीहरु बिस्तारै भुल्दै गएको अनुमान गर्न सकिन्छ । नेपालका नागरिकहरुले लोकतान्त्रिक गणतन्त्रको वास्तविक अनुभुति गर्न नपाएपनि १७ हजार सहिदहरुको बलिदानले प्राप्त लोकतन्त्र दिवस र गणतन्त्र दिवस वर्सेनी ओझेलमा पर्दै आएको महसुस गर्न सकिन्छ । प्रत्येक वर्षको बैशाख ११ गते लोकतन्त्र दिवस र जेठ १५ गते गणतन्त्र दिवस उल्लेख भएपनि सरकार पक्षले नै यि दिवसलाई ओझेल पार्दै हिजोकै फालिएका पर्वहरुलाई हाइलाइट गरेको पाइन्छ । मुलुकभर हर्सोउल्लासका साथ मनाउनु पर्ने मुख्य दिवसमा सार्वजनिक बिदा समेत कटौती गरेर खारेज भएका साम्प्रदायिक दिवस ,पर्वलाई पुन: प्राथमिकता दिनुले एक राजतन्त्रको झल्को भन्दा दसौं राजा माहाराजाको लर्को छाएको जस्तो भान भएको छ । एउटा राजा फालिनु नेपालीको निम्ति ठुलो विषय होईन ।त्यस्को बदलामा विभिन्न तन्त्रको नाममा दर्जनौं माहाराजाहरु मुलुकको ढिकुटिले पालिनु दुर्भाग्यको कुरा हो । राजा भएको मुलुकपनि विकशित र संवृद बन्न सक्छ भन्ने प्रमाण बेलायत र जापानलाई लिन सकिन्छ तर नाम मात्रको लोकतन्त्र अर्थात गणतन्त्र व्यबहार चाँही नश्लिय प्रवृतिको लुटतन्त्र मोजतन्त्र भित्रभित्रै छुटतन्त्र चल्ने हो भने बिदेशी रिणले टाउको फुटिसक्ला तर मुलुकले विकासे फड्को मार्न सक्दैन । राजखलकहरु आफु गाईको मासुले कुल पुजा गरेपनि हिन्दु बाहुनक्षेत्रीको आमा बुबाको रक्षा सुरक्षीत गरिदिएकोले १७ हजार सहिदको मुल्यभन्दा धुर्त्याइपुर्वक राजा बनेका छलकपटी पुर्व माहाराजाहरुको पर्वले स्थान पाउनु हजारौं शहिदको अपमान मात्र होइन लोकतन्त्र गणतन्त्रमाथि चुनौती पनि हो । उत्तरी छिमेकी मुलुक कृतिम घाम जुन आकाशमा आविष्कार गरि विश्व कृतिमान रच्छ नेपालभने मेरो र तेरो सरकार भन्यो भन्दै दोहोरी खेल्छ , पाकिस्तानी रास्ट्रपति रास्ट्रपतिले पाउने सुविधा कटौती गरि चर्चामा आउछ ,नेपालको रास्ट्रपति बिलासी बुलेट प्रुप कार ,अर्बौंको हेलिकप्टर चढी आलोचित बन्छ । विकासित मुलुक खुल्ला आकाशमा तारा चन्द्रमा झै देखिने विज्ञापन राख्न खोज्दैछ , नेपालभने जनता धेर जान्ने पल्ट्यो भन्दै सामाजिक संजाल बन्द गर्ने कोशिश गर्दैछ ! अब यस्तो नेताले चलाएको मुलुकमा सर्वसाधारण नागरिकले के आस गर्ने र ! एउटैमात्र आस प्रम ज्युको गुलियो भाषण प्रष्ट बुझिन्छ ! यो भन्दा अघिल्लो प्रमहरु त तोते भक्भक्के अड्कलले बुझ्नुपर्ने ! २१औं सताब्दीका नागरिकहरु अब मिठो भासणमा होइन काममा विश्वास गर्दछ । शहिदको अपमान गर्न शहिद गेटमा त्रिभुवनको शालिक ठड्याउने अनि वास्ताविक शहिदहरु श्रीपती गुरुङ , लखन थापामगर शालिकलाई विस्थापित गर्न खोज्ने कुदृष्टी अविलम्ब रोकियोस । हिन्दुत्व जोगाउने छाडा पर्वहरु सरकारी पक्षबाटै अनेकौं तामझाम साथ मनाउने अनि लोकतान्त्रिक गणतन्त्रभित्रको पर्वलाई बेवास्ता गर्दै जानाले अहिलेसम्म धर्म र समुदायविच साम्प्रदायिक हिंसा नभएको मुलुकमा सरकारी पक्षले नै जानीजानी साम्प्रदायिक हिंसा निम्त्याउनु हो । अत: यस्तो बिभेदी व्यबस्थाको अन्त्य गरि सबै लोकतान्त्रिक गणतन्त्रभित्रका दिवसहरुलाई प्राथमिकतामा राखियोस र खारेज भएका हिन्दुत्व जोगाउने नश्लिय पर्व दिवसहरु खारेज होस् । लोकतन्त्र गणतन्त्र दिवसको अवसरमा सम्पुर्ण नागरिकहरुप्रति हार्दिक न्यानो शुभकामना ।
नेपाली राजनीतिमा अदेखा सच्चाई नामक बिद्रोही पुस्तक लेखेकै कारण राजगद्द...
यो हाम्रो मुलुकमा आमूल परिवर्तन हुनका लागि पाँच वटा अधिकारका कुराहरुमा...
नेपालका कथित कम्युनिस्ट भनौंदा मनुवादी हिन्दु आर्य बाहुनक्षेत्रीहरुले...
एउटा किंवदन्ती छ सम्पत्ति सँग सँगै विपत्ति पनि आउँछ भन्ने। हुन पनि हो...
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology