आइतबार 26 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

"राजस्वको चर्चाभित्र कालो धनको पर्दा"

10 फेब्रुअरी 2019

"राजस्वको चर्चाभित्र कालो धनको पर्दा"

हालको दुई तिहाई बहुमत कम्युनिस्ट सरकारले चर्चा कमाएको शिर्षक मध्ये राजस्व असुली पनि एउटा हो । सर्वसाधारण नागरिकदेखि

उद्योगपति ब्यापारी साथै नुनदेखि सुन सम्मको दैनिकी उपभोग्य बस्तुमा ह्वात्तै राजस्व बढाएर "सम्वृद नेपाल सुखी नेपाली "को ओठे नारामा क्षणिक लोकप्रिय बनेको खिचडी बहुमतको सरकारलाई सर्वसाधारण नागरिकको प्रश्न उठ्न थालेको छ । लाखौं युवायुवती बेरोजगारी बन्दै मुलुकको अस्थिर सरकार खस्कदो राजनीति व्यवस्थादेखि वाक्क भएर सात समुन्द्रपारी प्रवासी मात्र भएका छैनन् ,घर फर्किन्दा पसिना र मेहनतको कमाइले आफ्नो आफन्तलाई ल्याइदिएको उपहारमाथि पनि एयरपोर्टभित्रै गिद्दे नजर पर्दा आफ्नै मुलुकको ब्यवस्थालाई धिकार्न बाध्य छन् ।

भर्खरै मात्र डाक्टर गोविन्द केसीले अनशन जस्तो गहकिलो शब्दलाई फितलो बनाइ दिएर ओझेल परेको केहि हप्ता नबित्दै "धुर्मुस सुन्तली फाउन्डेसनले" अन्तर्राष्ट्रिय क्रीकेट मैदान निर्माण गर्ने रे ! यदि रविले न्याय दिने भए , धुर्मुस सुन्तलीले देश बनाउने भए अर्बौं खर्चेर किन न्यायाधीश न्यायलय पाल्ने ? खर्बौ खर्चेर के को लागि चुनाव गर्ने ? एकाएक यसरी अनुहार मिल्नेलाई हिरो बनाउन खोज्नु राजस्व बढाएजस्तो गरेर कालोधन पचाउन खोजेको त होइन् ? पिछडिएका मुसर वस्ती , भुकम्प पिडितका लागि भुकम्प प्रतिरोधात्मक नमुना वस्ती निर्माण गर्दा पाएको सहयोग जस्तो अन्तर्राष्ट्रिय

क्रीकेट मैदान निर्माणमा ३ अर्व रकम जुट्ला त ? हेर्नु बाँकी छ र कहाँबाट कसरी उठ्ला नियाल्नु सचेत नागरिकको दायित्व बनेको छ ।

यदि राज्यले सम्पुर्ण नागरिकलाइ समान दृष्टिकोणले हेर्ने हो भने अन्वेषक महावीर पुनमगरको अभियानमा किन एक शब्द बोल्दैन ? मंगोल नेशनल अर्गनाइजेसनले आफ्नो स्थापनाकालदेखि यस्तो विभेदकारी नीतिको भण्डाफोर गर्दै आइरहेको सबैमा अवगत नै छ । मगन्तेहरुले चलाएको सुन्दर मंगोल भुमी नेपालका चटके नेताज्युहरुले विदेशी बैंकबाट ऋण लिने अनि भ्रष्टाचार गर्दै आफ्नो आफन्तको नाममा पुनः विदेशी बैंकमा जम्मा गर्ने नियम अबको दिनमा कडाइ हुँदै गएपछि अकुत कालोधन खर्च गर्न विभिन्न बहाना त गरिरहेका छैनन् ? कुनै नेपालीलाई गम्भीर रोग लागे बचाउने प्रवासी नेपाली , राज्यको नजर नपुगेको दुर्गम वस्ती र पछौटेपारीएका नागरिकलाई सहयोग गर्ने प्रवासी नेपाली अपितु : आफ्नो घर आउदा २/४ बटा घडी , मोबाइल र १/२ तोला सुनको निगरानी गर्ने सरकारले कहिले देख्ने बोरामा सुन ओसारपसार गर्नेलाई ! यस्तो सरकारको सहयोगमा एक ब्याक्तिलाई हिरो बनाउने खेलमा के फेरी प्रवासीले सहयोग गर्नुको औचित्य रहला र ?

मंगोलहरुको पवित्र भुमि नेपाललाई सधैं डलर कुम्ल्याउने खेतीयोग्य जमिन जस्तो मात्रै सम्झने आर्य शासकले अब विदेशी बैंकमा रकम जम्मा गर्ने नियम कडाइ हुँदै जाँदा राजस्वको नाममा विकासे नारा दिइ कालोधनको हिस्सा त खर्चिने होइन ! यदि हो भने नराम्रो कार्य भने होइन तर शैली बद्ल्नु पर्यो । महेन्द्रराजमार्ग , पृथ्वीराजमार्ग , लेखनाथचोक, भानुचोक बनाइए भनाइए जस्तो हुनु भएन ।

 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्
संपादकीय सबै :