बिहिबार 9 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

सिहदरबारको भार जनतालाई मार

22 सेप्टेम्बर 2018

सिहदरबारको भार जनतालाई मार

नेपाल रास्ट्रलाई एउटा सुन्दर रास्ट्र बनाउने सपना अहिलेसम्मका कुनैपनि शासक वर्गले सोच्न सकेनन् र सोच्नपनी सक्दैनन् । ककसियसबाट हाइटिको आक्रमणमा परि एक झुन्ड आर्य इराक ईरान् ईन्डिया हुँदै नेपाल प्रवेश अघि यस मंगोलभुमि भित्र विभिन्न समुदायमा छरिएर बसेका अहिन्दु मुलवासी मंगोलहरु यस रास्ट्र्भित्रका रास्ट्रहरु हुन् । भारतबाट मुसलमानि अलाउदिन खिल्जी र बौद्धमार्गी अशोक सम्राटको खेदाइमा परि नेपालमा शरण परेका हिन्दुआर्यको हातमा छलकपटपुर्ण यो मुलुकको राजनीति शक्तिपुगे पछि पटकपटक नाम मात्रको राजनैतिक ब्यवस्था फेरिएपनी मुल लक्ष्य ( मुलवासी मंगोलसमुदायलाई दबाउने) संगै शासक वर्ग फेरिनु सकेको छैन । पछिल्लो चरणमा नेपाली जनतालाइ लठ्याउनका लागि लागेको मिठो ओठे नारा "सुखी नेपाली संम्बृद नेपाल " हो । तर मुलुक र जनताको संबृदी भन्दा नेता र कार्यक्रता पाल्ने नियत बढेजस्तो देखिन्छ । चौतर्फी बिकासको योजना भन्दा भेटघाट र रमाइलो शिर्षकमा खर्चको विल बढ्दो छ । रास्ट्रको प्रमुख प्रशासनिक केन्द्र सिहदरबारभित्रको आर्थिक भार हेर्ने हो भने अघिल्लो वर्षमा महत्त्वपूर्ण कार्य सम्पादन हुँदा ( संविधान लेखन , तिन तहको निर्वाचन आदि ) भन्दा अहिलेको दैनिकी खर्च धेरै हुने अनुमान गर्न सकिन्छ । कहिले ओलि वंशावलीको भेटघाट , कहिले प्रम ज्युको वर्थ डे ! कहिले तिजको दर पाटी त कहिले कार्यकर्ता चियापान ! यि त भए देखिने सुनिने गरिका खर्च अन्य खर्च त सर्वसाधारण नागरिकले सोच्न पनि सक्दैनन् । हिन्दुत्व जोगाउने चाडपर्वमा अदृश्य रूपमा राज्यबाट नै सहयोग हुन्छ तर अन्य धर्मावलम्बीले आफ्नो खर्चले कार्यक्रम गरि प्रमुख अतिथि आइदिनुहोस भन्दा पनि आलटाल गर्छ तर पनि हाम्रो चेतना खुल्न सकेको छैन । आखिर यो सबै रकम काहाँबाट आउछ दिनानुदिन खर्च बढेपछि जनतामाथी हरकुरामा कर नबढाई कस्लाइ बढाउने त ? वर्सेनी बढ्ने यस्ता अर्बौ खर्च जनताकै कर बाट असुल्ने हो र यो देशका जनता भन्नु नै बहुसंख्यक मुलवासी मंगोलहरु हुन् । यसर्थ बिकास र संम्वृदिको नारादिने बहुमतका सरकारले सिहदरबार भित्रको खर्च जति विभिन्न शीर्षकमा बढाउछ त्यती नै तमाम नेपाली नागरिकलाई प्रत्यक्ष मार पर्दछ । आज कथित बामएकताको पावरफुल सरकार जसलाई गिराउन समय अवधि पुरा हुनुपर्छ ,त्यस्तो स्थिर सरकार जनताले पाएका छन् त्यै पनि उपहारको रूपमा हिंसात्मक गतिविधि , भर्स्टचार, बलात्कार , मुल्यवृदी सिवाय केहि पाउन सकेका छैनन् । बरु लोकतन्त्र धर्मनिरपेक्ष र प्रान्तीयतालाई असफल देखाउन मरेर भुत बनिसकेका तत्वहरु पुन मसानघाट बाट शिर उठाउन खोजिरहेको खबरहरु मिडियामा छाउन थालेका छन् । अत हामी मुलवासी मंगोलहरु मुलुकको मुलसाँचो फिर्तालिने महान उदेश्यमा लम्किरहेको यो अवस्थामा जोश संगै होश पुर्याएर अगाडि बढ्नु पर्दछ । यो नै वैचारिक क्रान्तिको सबल बाटो हो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्
संपादकीय सबै :