शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

सिकाइको तरिका उल्टो र बुझाईको तरिका फरक

14 फेब्रुअरी 2021

सिकाइको तरिका उल्टो र बुझाईको तरिका फरक

हाम्रो समाजमा हेर्ने दृष्टिकोण संकुचित छ, सोचाई र बुझाईमा दरिद्रता छ। पढन्ते मुर्ख र पढन्ते बेश्या (educated fool & educated prostitution) हरुको बोलवालामा हाम्रो समाज जकडिएको छ। यिनीहरुले हाम्रो समाजलाई ठुलो खाल्डोमा जाक्दैछ, तर यी बपुराहरुलाई पद र पैसाको कारणले थाहै छैन। यसोसले एम एनओका इमान्दार कार्यकर्ताहरुले मंगोल राष्ट्रवादका दर्शन सुनाउने, ब्युँझाउने र बुझाउने क्रममा रत्तिभर कमी हुन दिनु हुँदैन, निरन्तर जारी राख्नु पर्छ। एकदिन सबै मुलवासी मंगोलहरु अस्तित्व प्राप्तिको निमित्त ब्युँतने छन्, ब्युँति सकेपछि भने सदा-सदाको निम्ति समस्या हल भएर जीत हुनेछ भन्नु हुन्थ्यो एम एनओ फाउण्डर अमर ड. गोपाल गुरुङ। वास्तवमा साँच्चै गहिरिएर हेर्ने हो भने नैतिकता बिनाको शिक्षित दिमागले हाम्रो समाजमा घमण्ड र उन्मत्ता सृजना गरेको छ। यहाँ कागले कान लग्यो भन्दा, कान नछामेर कागको पछि-पछि दगुर्नेहरुको जमात हावी छ। एकप्रकाले हेर्ने हो भने, यहाँका मुलवासी मंगोलहरुको निमित्त पटमुर्ख बनाउने बिभिन्न नामधारी पार्टीहरुको उधोग खोलिएको छ। एउटा प्रसिद्ध भनाई छ, एकजना अशिक्षित चोरले भाडाको ट्याक्सी चोर्न सक्छ तर नैतिकता बिनाको शिक्षित चोरले पुरै हवाई जहाज चोरी दिन्छ। शिक्षाको सही अर्थ जान्न र बुझ्न नसक्दा इमान्दारिता, दृढता, साहस, उत्तरदायित्व र करुणा जस्ता नैतिकता सम्बन्धी चारीत्रिक शिक्षाका गुणहरु खुट्याउन नसक्ने बनाइ दिएको छ भने यसको ठीक विपरित ढाँट्ने, छल्ने, झुक्याउने, धुर्त, पाखण्डी र अपराधी बनाउने पाठहरु सिकाइएको छ। सिकाइको तरिका उल्टो र बुझाइको तरिका फरक बनाइएको छ। दिमाग मात्र खल्बलाउने बौद्धिक शिक्षा खत्रा हुन्छन, यसकारण हामीलाई मुटुमा प्रभाव पार्ने मुल्यमा आधारित मंगोल दर्शन र सिद्दान्तमा आधारित शिक्षाको आवश्यकता छ। खोक्रो सफलता होइन व्यावहारिक ज्ञानको खाँचो छ। पढेलेखेका बिद्वान र डिग्रीको सर्टिफिकेट झुण्डाएकाहरुले बोलेका आदिवासी-जनजाति शब्द सही र एम एनओले बोलेको मुलवासी मंगोल शब्द गलत हो भन्ने मान्यतामा अडिएको समाजलाई बदल्न नैतिकहीन शिक्षितले भन्दा नैतिकतावान व्यक्तिले मात्र सही गन्तव्यमा पुर्याउन सक्छ भन्ने हेक्का अबको मंगोल नवपींडिहरुले राख्नु सक्नु पर्दछ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्
संपादकीय सबै :