शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

संस्थापक प्रेसिडेण्टको सपनाहरु साकार बन्दै

16 फेब्रुअरी 2020

संस्थापक प्रेसिडेण्टको सपनाहरु साकार बन्दै

भनिन्छ हरेक मान्छेहरुले कुनै न कुनै सपना बनाएकै हुन्छ । अझ महान ब्यक्तिहरुको त सपना नहुने कुरै भएन । महामानवहरुले देखेका सपनाहरु कति पय जिवितत रहँदा पूरा हुन्छ भने कति चाहिँ मृत्यु पछि पूरा भएको हुन्छ । मंगोल नेशनल अर्गनाइजेशनका संस्थापक प्रेसिडेण्ट युग पुरुष अमर डा.गोपाल गुरुङले पनि जिवित रहँदा विभिन्न सपनाहरु देख्नु भएको थियो । ती सपनाहरु मध्ये संगठनलाई कसरी बचाउने ? संगठनको मुख प्रत्र मंगोल भिजन राष्ट्रिय साप्ताहिकलाई कसरी बचाइ राख्ने र मंगोल रिसर्च सेन्टर निर्माण गर्ने भन्ने थियो । यी तीन सपनाहरु" लगभग सबै क्रमिक रुपले पूरा भइ रहेको छ ।

     उहाँ जिवित रहँदा निर्माण हुन नसकेको बहु प्रतिष्ठित मंगोल रिसर्च सेन्टर निर्माणको सपना अब पूरा भएकोछ । झापाको मेचि नगर पालिका वाड नम्बर २ भृकुटीमा निर्माण भइ रहेको बहु प्रतिष्ठित मंगोल रिसर्च सेन्टर निर्माण गर्ने एमएनओको संस्थापक प्रेसिडेण्ट युग पुरुष अमर डा.गोपाल गुरुङ जिवितै रहँदा सपना बनाउनु भएको थियोे । आफ्ना कार्यकर्ताहरुलाई त्यो सपना बारेमा बताउनु भए पछि संगठनका तत्कालिन मुल सचिव शान्तिलाल धिमालले उहाँलाई १५ धुर जग्गा नि:शुल्क प्रदान गर्नु भयो । बि.स २०६९ सालमा धिमालले डा.गोपाल गुरुङलाई जग्गा प्रदान गर्नु भए पछि संगठनले जसरि भए पनि सो स्थानमा मंगोल रिसर्च सेन्टर निर्माण गर्ने भनेर मुल सचिव शान्तिलाल धिमाल कै संयोजक बनाएर निर्माण सभा समेत बनएको थियो । निर्माण सभाले भवनको कुर्सी पिल्लर खडा नगरेको होइन तर बिभिन्न कारण मंगोल रिसर्च सेन्टर बन्न सकेन । संगठनको प्रतिष्ठाको बिषय बनी सकेको बहु प्रतिष्ठित मंगोल रिसर्च सेन्टर भवन निर्माण गर्ने जिम्मा संस्थापक प्रेसिडेन्ट युग पुरुष अमर डा.गोपाल गुरुङको अवसान पछि नयाँ नेतृत्व पङ्तीमा आए सगै जसरि भए पनि बनाउनै पर्ने बाध्यता आइ पर्यो ।

    आफना संस्थापक प्रेसिडेन्टको सपना लाई साकार गर्नै पर्ने भएपछी संगठनले आफनो पाँचौ राष्ट्रिय महाधिवेशनबाट यस बिषयलाई लिखित रुपमा महाधिवेशनबाट पारीत गरि रिसर्च सेन्टर बनाउन जुटेको हो । संगठनका केन्द्रीय सचिव सन्तोष तामाङको संयोजकत्वमा निर्माण सभा बनाएर गत भदै १६ बाट पुन: मंगोल रिसर्च सेन्टर निर्माण थालिएको ६ महिनाको अन्तरालमा प्रारम्भिक भए पनि मंगोल रिसर्च सेन्टरको भवन तयार भएको छ । संगठनका नेता कार्यकर्ता एवम् सुभ चिन्तनहरुको सहयोगले बनेको प्रारम्भिक मंगोल रिसर्च सेन्टर भवन अहिले संगठनको लागि एक प्रतिष्ठाको बिषय बनेको छ । पुर्ण रुपको रिसर्च सेन्टर बनी नसकेको भए पनि अहिले बनेको भवनमा राखिने युग पुरुष अमर डा.गोपाल गुरुङको तथा संगठनको बहुमुल्य बस्तुहरु सबैले देख्न र अवलोकन गर्न सक्नेछ । अबको युवा वर्गहरुलाई यो एक नयाँ दिशा दिने बाटो बन्न सक्छ। मंगोल रिसर्च सेन्टर प्रारम्भिक भवन निर्माण भए संगै नेतृत्वलाई एउटा अवसर साथै चुनौती थपिएको छ । यसलाई संरक्षक कसरी गर्ने र पुर्ण रुपको रिसर्च सेन्टर बनाउनै पर्ने जिम्मेवारी थापिएको छ । साथै संस्थापक प्रेसिडेण्ट युग पुरुष अमर डा .गोपाल गुरुङको अधुरा सपनाहरुको बाटो यस प्रारम्भिक रिसर्च सेण्टरले खोलि दिएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्
संपादकीय सबै :