शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

"सरकारको काम खल्ती भर्ने होईन, समृद्ध मुलुक गर्ने हो "

17 फेब्रुअरी 2019

"सरकारको काम खल्ती भर्ने होईन, समृद्ध मुलुक  गर्ने हो "

नेपाल सरकारले कुनै पनि नेपालीको खल्ती खाली नहोस् भन्ने हेतुले आगामी वर्षदेखि १०० दिनको रोजगार बराबरको बेरोजगारी भत्ता (निर्बाह भत्ता) दिने अभियान ल्याउने भएको छ । सरकारको काम खल्तीमा दाम हालिदिने होइन् बरु समस्त नागरिकको सम्मान हक अधिकार स्थापित गर्दै विकास र संवृद्धिको बाटो नारामा होइन् व्यबहारमा उतार्नु पहिलो प्राथमिकतामा पर्दछ । यस देशका असली भुमिपुत्रहरुलाई संबिधानमै आदिवासी, जनजाती बनाउदै परिचयपत्र समेत बाढ्ने अभियानमा जुटेका नश्लिय शासकले निर्वाह भत्ता स्वरुप अहिले बाढ्दै आएको वृद्धभत्ता सरह बेरोजगार भत्ता बाढ्नु अर्को चुनावमा गीत गाउने मेलो मात्र होइन् बृहत मूलवासी युवायुवतीलाई आफ्नो नियन्त्रणमा राख्ने उदेश्य पनि हुनसक्छ यो अभियान । छिमेकी मुलुक भारतको सुन्दर प्रान्त सिक्किमका जनतालाई मुख्यमन्त्री पवन चाम्लिङको सरकारले हरक्षेत्रमा सुविधा दिएको छ साथसाथै हिन्दु व्यवस्था अनुसार जातीय संस्था पनि दिनानुदिन मौलाउदै लगेको छ तर साउथ ईन्डियाका प्रान्तमा विकास र संवृद्धिकाे पाटोलाई प्राथमिकता दिएको छ । साउथ इन्डियन नागरिकहरु ९९% शिक्षित छन् र दार्शनिक, वैज्ञानिक ठुल्ठुला अन्तर्राष्ट्रिय ब्यापारी बनेका छन् भने सिक्किमका अधिकांश जनताहरु पवन चाम्लिङको गुणगान गाउने कथित देवीदेवता पुज्ने मात्र भएका छन् । हरक्षेत्रमा पछौटे पारिएका सोझा मूलवासी मंगोलहरुलाई नुनको सोझो गराउने आर्य फर्मुला हुनसक्छ निर्वाह भत्ता अभियान,अझै जुलुसमा हिड्ने झण्डा बोक्नेले घुमाउरो पारामा दानापानी असुल्ने माध्यम बन्न सक्छ यो फर्मुला तसर्थ तमाम सचेत नागरिकहरु सजग रहनु आवश्यक छ । दुइतिहाइ बहुमतको सरकारले स्वतस्फूर्त रूपमा मुलुक संवृद्धको बाटोमा अघि बढाउनु पर्ने हो तर सुरुवाती दिनमा केहि गर्छ कि भन्ने अभियानमा बढेको सरकार घोटाला र अनेकौं काण्डमा मुछिए तापनि ठेक्का लिएर काम ढिलाई गर्ने ठेकेदारलाई कारबाही गर्ने सरकारको चेतावनीले सर्वत्र रोकिएका काम दुर्त गतिमा अघि बढ्दा मुलुकले कोल्टे नै फेर्यो भन्दै पुरा भएको काम उद्घाटन गर्नु ठुलो कुरा पक्कै होइन् कुरीकुरी नै हुनुपर्ने हो । सरकारले गोजीमा दाम हाल्दिँदा मख्ख बनेर सुखी नेपाली बन्ने भन्ने दिन आउछ कि भनेर कदापि सपना नबुन्नु होला । संवृद्ध मुलुकहरु भत्ता थापेर धनी बनेका होइनन् । सम्पन्न मुलुकका राष्ट्र«प्रमुखहरु पद बहालीपछि सर्वसाधारण नागरिक बन्छन् तर नेपालका एकपटक प्रमुख बनेकाहरु जीवनभर सरकारी सुविधा लिन लाज मान्दैनन् । अत: जीवन स्तर उकास्न मुलवासी मंगोलहरु खल्तीमा दाम होइन राज्यको नजरमा समस्त नागरिक एउटै दृस्टीमा र आफ्नो अस्तित्व हक हित र मूलवासीको अधिकारमा आर्यन बाहुनक्षेत्रीसँग प्रतिस्पर्धा गर्न चाहान्छन् ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्
संपादकीय सबै :