शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

तँ कुटे जस्तो गर म रोएं जस्तो गर्छु

7 फेब्रुअरी 2021

तँ कुटे जस्तो गर म रोएं जस्तो गर्छु

आज पनि अधिकांश मुलवासी मंगोलहरुमा एकताको भावना नभएर दासत्वको छाप यथावत् रहेको छ । बिद्रोहको आभास भेटिदैन । पद, पैसा अर्थात ब्यक्तिगत स्वार्थका कुराहरु आफू अघि सामुन्ने आउँदा, कोही कसै सँग सल्लाह लिनुपर्छ, अनुमति लिनुपर्छ, सोच्नुपर्छ र बिचार गर्नुपर्छ भनेर भन्दैनन् । बिना सोधनी ब्यक्तिगत तवरले आँखा चिम्म गरेर स्व:स्फुर्त निर्णय गर्छन् । राजनैतिक क्षेत्रमा पनि तँ कुटे जस्तो गर म रोएं जस्तो गर्छु भन्ने नीतिगत अनुसार, बाहुनक्षेत्री नेताहरुको चर्को नारा र फुस्रो भाषण सुनेर मक्ख परिसकेपछि र ती नै बाहुनक्षेत्री नेताहरुले मेरो पार्टीमा आयौ भने यो दिउँला, त्यो दिउँला र यसो पनि गरि दिउँला भनिदिए पछि घर सल्लाह गर्नु पर्छ, राम्ररी बिचार गर्नुपर्छ र आफ्नो समाजलाई सोध्नुपर्छ भनेर नकार्नेहरु सायदै भेटिएला । तर अस्तित्वको कुरा, मुक्तिको कुरा र स्वतन्त्रताको कुरा आयो भने अथवा मंगोल राष्ट्रवादको कुराहरु आयो भने अधिकांश मुलवासी मंगोलहरु स्वीकार गर्दैनन् । यो बिषयमा त बिचार गर्नुपर्छ, घर सल्लाह गर्नुपर्छ, सोध्नुपर्छ भनेर बहानाबाजी गर्ने, लेग्रो तान्ने र आङ तन्काउने गर्छन् । गहिरो अनुसन्धान र बिश्लेषणले हाम्रो समाजका मान्छेहरुमा आफू खाडलमा जाकिने कुराहरुमा सोच-विचार र होस नपुर्याउर्ने तर अस्तित्व प्राप्तिको कुरा आयो भने, सोच-विचार र निर्णय गर्दा-गर्दै जिन्दगी बितेको समेत पत्तो नपाउँने, गिदी भित्र कुसंस्कार गडेर बसेको छ । यो मुलुकमा आमुल परिवर्तनको खाँचो छ। यहाँका मुलवासी मंगोलहरुको सोचाई र बुझाई फराकिलो नभए सम्म, हरेक पाइलाहरु क्रान्तिकारी र जुझारु नभए सम्म नयाँ नेपाल र नयाँ समाज निर्माणको लागि अघि बढेका अभियानका पाइलाहरुमा बाधा-अड्चनहरु आइनै रहन्छ । मंगोल नेशनल अर्गनाइजेशनका संस्थापक प्रेसिडेन्ट ड.गोपाल गुरुङले एम एनओ खोलेर, ज्यानको बाजि लगाएर मंगोल समाजका लागि लडिदिनु भयो । ड.गुरुङ जस्तो महान त्यागी नेता सायदै जन्मिएला हाम्रो समाजमा । यसर्थ वहाँको सपना पूरा गर्नलाई, एक इमान्दार-बफादार सिपाहीं भएर अघि बढेका नेता तथा कार्यकर्ताको भाषण र प्रतिबद्दता सुनिसकेपछि नेतृत्व स्वीकार्छन् या स्वीकार्दैनन् यसको लागि सर्तहरु राख्न थाल्छन् । यसमा एम एनओको झण्डा गाड्नु भाको छ कि छैन ? घरमा परिवारको सपोर्ट छ कि छैन ? हिन्दु संस्कार त्याग्नु भाको छ छैन ? घरमा हिन्दु देवदेवीको मुर्ति या फोटो हटाउनु भएको छ या छैन ? लोभ-लालचको स्वार्थमा फस्नु भएको छ या छैन ? यी यावत यक्ष प्रश्नहरुको जवाफ जनताहरु आफ्नो कानले सुन्न चाहन्छन् र आँखाले देख्न चाहन्छन् । तपाईंको भाषण र गर्नु भएको प्रतिबद्धता सँग भित्र र बाहिर मेल खाएको देख्यो भने जनता नेतृत्व स्वीकार्न तयार हुन्छन् । मेल खाएको देखेनन् भने नेता स्वीकार्न तयार हुँदैनन् । यो दुनियाँमा सबै भन्दा पहिले बाहिर निस्किने भनेकै घर-ब्यवहारका ब्यक्तिगत नीजी कुरा हुन् । घर-ब्यवहाको ब्यक्तिगत नीजि कुरा जति लुकाए पनि यही कुरा पहिला फैलिने गर्दछ। सार्वजनिक काम कुराहरु जतिसुकै राम्रो गरेपनि चाँडो फैलिदैन । तर ब्यक्तिगत नीजि कुरा चाँडै फैलिन्छ । यसकारण जीन्दगीमा शान्ति र खुसी चाहनुको लागि र संगठनमा सफल नेतृत्वदायी भुमिका निर्वाहा गरेर योगदान पुर्याउनुको लागि ब्यक्तिगत नीजि ब्यवहारमा के गरेर हुन्छ सुधारको आवश्यकता पर्दछ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्
संपादकीय सबै :