बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

दिएको सम्हाल्न नसक्नेले लिनुपनि हुँदैन

8 फेब्रुअरी 2020

दिएको सम्हाल्न नसक्नेले लिनुपनि हुँदैन

विश्वमा एक सुन्दर मुलुक तर कु-नेताको कारण अविकशित तथा मगन्ते मुलुकको रूपमा चिनिने नेपाल , "ढुङ्गालाई दुध मान्छेलाई मुत "खुवाउने संस्कारमा हुँर्केकाहरुले चलाएकै कारण दिनानुदिन राजनीति संकटमा फस्दैछ । सहयोग लिनु नराम्रो होइन तर , त्यो सहयोगको सम्मान गर्न र त्यस्को असर बुझ्न नसक्नेले कसैको कुनैपनि नामको सहयोग अर्थात् अनुदान थाप्नुको अर्थ रहँदैन । आज लोकस्तरमा मात्रै होइन , लोकमतले संसद भवन छिर्न चिट्ठा मिलेका नेता भनौदामा समेत पक्षविपक्षमा व्यापक तर्क उठिरहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन ( एमसिसी) बारेमा दोहोरी मच्चिनु हासोउठ्दो विषय हो ।यो मंगोलभुमिको राजनीति ताल्चा आफ्नो हातमा लिएर अन्तर्राष्ट्रियस्तरमा बुद्धभुमी , मंगोलभुमी नेपालको कुटनैतिक छवि धमिल्याउने खेल यो मुलुका ८०% अहिन्दु मुलवासी मंगोलहरुले बुझिसकेका छन् । अन्तर्राष्ट्रिय विकासको लागि पारदर्शिता तथा सच्चा साझेदारीमा आधारित नयाँ मोडेलका रूपमा एमसिसिलाई अगाडि बढाउदै अमेरिका आफ्नो प्रभुत्व कता मोड्दै छ भन्ने यथार्थ पनि बुझ्नु आवश्यक छ । संसारमा नयाँ शक्तिशाली राष्ट्रको रूपमा उत्तरी गणतन्त्रबादी देश चिन हरक्षेत्रबाट सर्बसम्पन्न बन्दै गर्दा दिने जस्तो गरेर के स्वार्थ लुट्दैछ भन्ने अमेरिकी पोलेसी नबुझी भागबन्डाको आशामा अर्कै टपिसमा नेपाली जनताको ध्यानाकर्षण गराइ एमसिसी पास गराए र गलत सदुपयोग भएमा । दुइतिहाइ बहुमत नेकपा सरकारको त्यो भन्दा ठूलो भुल अर्को हुनेछैन । विदेशी सहयोगलाई मागिखाने थलो मात्र बनाउनु जानेका यी मनुवादी नेताहरुले सम्मान गर्न कहिल्यै जानेन र सिक्नु पनि खोजेन ! बासबारी छाला जुत्ता कारखाना , साझा बस , जुटमिल जस्ता दर्जनौं लगानीलाई प्रबर्द्धन होईन सुकाइदिने अनि मिनि हायस गाडीको क्यापासिटी हेरेर जापानले निर्माण गरिदिएको सिन्धुली बर्दिबास काठमाडौको रोडमा लोड ट्रीपर ट्रकहरुलाई रुट मिलाइदिने घटिया विचारले मुलुक संम्वृद बन्न सक्दैन । यसकारण बुद्धको नाताले एसियन मुलुक लगायत संसारका सर्वसम्पन्न मुलुकहरूले नेपाललाई काखी च्याप्नु खोज्छ तर बाहुनवादी सोच बोकेका यी नेताहरुले यो रास्ट्र सम्पन्न भए यहाँका नागरिक शिक्षित भए हाम्रो राज गर्ने अधिकार अन्त्य हुन्छ भन्ने हिन्दुवादी ,बाहुनवादी मनुवादी सोच अन्त्य नगरेसम्म सुखी नेपाली सम्बृद नेपाल नारामा मात्र सिमित हुन्छ । मुलुकमा अहिले दुईतिहाइ बहुमतको सरकार छ । तै पनि एउटा सभामुख सर्वसम्मतले चुन्न महिनौं लाग्यो । निवर्तमान बर्खास्त सभामुख गोपिनी खेलाउने केसमा मावली घर गएपछि सभामुखको पद रिक्त थियो । प्रतिनिधिसभाको सभामुख बनाउन किन तयार भएनन् उपसभामुख शिवमाया तुम्हाम्फेलाई ? पिएचडी गरेकी तुम्हाम्फे लिम्बू भए कि ले अयोग्य हो या हिन्दुवादीको नजरमा नारी भएकीले अडर मान्नु सुन्नु अमान्य भयो ? हत्या अभियोग लागेका बाहुनलाई सभामुख बनाउन ताली पिट्ने मंगोल अनुहारका संसदज्युहरुले कहिले बुझ्ने यस्तो विभेद ! यसर्थ अब हरेक तह र तप्काका अहिन्दु मुलवासी मंगोल समुदायले कुमैटे राजनीति बुझिसकेकाछन । आफ्नो मुलघरमा फर्कने क्रम तिव्र छ । यो अवस्थमा अमर डा• गोपाल गुरुङद्वारा प्रतिपादित अकुलसित मंगोल दर्शन गाँउबस्तीमा पुर्याउनु जरुरी छ । विश्वास गरेर दिएको अमुल्य मतको सम्मान गर्नु , रक्षा गर्नु नितान्त आवश्यक छ । सदियौं वर्षसम्म हिन्दुवादले धुलोपिठो बनाएको आफ्नो मुलुकमा रगत पसिना बगाउदै सम्पुर्ण निजि स्वार्थ त्यागेर अहोरात्र खट्नु पर्ने दिन आएको छ । शिक्षित नागरिकले अब असल यहीँभुमिसंग साइनो गाँसिएको निस्वार्थी निडर दुरदर्शि नेता खोजीरहेका छन् , ताकी उस्को नैतिक चरीत्रमा कतैबाट खोट लगाउन नसकियोस , कुनै लोभ लालचमा नफसेको , अवैधानिक गतिविधिमा सम्लग्न नरहेको , आफ्नो अमुल्य मतको रक्षा गर्दै लिक्वान जस्तो आधुनिक सिंगापुर यो देशलाई बनाउने मुलवासी लिडर खोजिरहेकोले त्यो अभिभारा मंगोल नेशनल अर्गनाइजेशनमाथी छ, भने त्यस्को जिम्मा तपाई- हामीमा छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्
संपादकीय सबै :