शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

"ठुल्दाई ,माल्दाई र झट्केलो दाई ताइन तुइको माकाफुई "

3 फेब्रुअरी 2019

"ठुल्दाई ,माल्दाई र झट्केलो दाई ताइन तुइको माकाफुई "

गत हप्ता राजधानी काठमाडौबाट प्रकाशित प्रमुख पत्रपत्रिकाहरुले अधिकांश रूपमा सरकारले कुटनीतिज्ञहरुलाई आफ्नो धारणा ब्रीफिङ गरेको कुरालाई प्रमुख समाचार बनाएका छन् । नेपाल सरकारद्वारा आयोजित उक्त ब्रीफिङ कार्यक्रममा नेपालका लागि अमेरिकी राजदुत उपस्थित भएनन् । भेनेजुएलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै केही दिनका लागि सरकारका नेतृत्व पाएका नेकपाका अध्यक्ष प्रचण्डले नेपाल सरकारको धारणा सार्वजनिक गरेपछि नेपाल र अमेरिका बिचको सम्बन्ध चिसिएको जस्तो देखिएको छ । मंगोलभुमी नेपाललाई प्रगति उन्नति सम्वृदिको बाटोमा भन्दा कहिले रास्ट्रिय तथा अन्तर्राष्ट्रिय मामिलामा विवाद निकाले जस्तो गर्दै दिनानुदिन मुलुकलाई अधोगतिमा धकेली रहेकाछ्न् । एक झुन्ड नेताहरु झट्केलो दाई (चाइनासँग अहिलेका २०% हिन्दुआर्य शासकहरुको धर्म ,लिपि संस्कार अनुहार केहि पनि मिल्दैन ) चाइनासंग मेलेजस्तो देखाउछन भने अर्का झुन्ड नेता ठुल्दाई भारतसँग ल्याप्प छन् (अहिलेका नेपालका शासक ककसियस हिन्दुआर्य र भारतका उच्च शासकबर्गका मुलथलो एउटै हो र भासा धर्म संस्कार लिपि अनुहार पनि एउटै हो ) । नेपालमा भएको ताजा घटनाहरुलाई ओझेल पार्न र यहाँका मुलवासीलाई राजनीतिक भ्रममा पार्न कहिले ठुल्दाई, कहिले झट्केलो दाई र कहिले वंशावली दाइलाई घुर्क्याउनु नौलो विषय होइन् । अमेरिका र चाइनामा आविष्कार भएको एउटा मोबाइल समेत चलाउन हुति नभएका नेपालका अदुरदर्शी अगतिला नेता र बाहुनक्षेत्रीको दयामा न्याय खोजिरहेका नेपालका जनताले आफ्नो मुलुकको बारेमा नसोची त्यति टाढा सोच्नु अहिले नै आवश्यक देखिदैन् । हिजो मंगोल समुदाय निमिट्यान्य पार्ने उदेश्यले नुनको सोझो गर्न विदेशी भुमिमा मर्न पठाए पनि बन्दुक चलाएरै वीर गोर्खालीको नाम संसारमा चलाएका वीर गोर्खालीको सन्तानहरु आज आफ्नो र पराई चिन्न सक्ने भइसकेकाछन् । मुलुकको विकास र सम्वृदिमा भाँजो हाली एउटाको कार्य अर्कालाई असह्य जस्तो देखाउन खोज्ने कुनैपनि नेतालाई अबको पीडिले छोड्ने छैनन् । आज नेपालमा भएका कथित राजनीतिक पार्टीहरुमा बाहुन र क्षेत्रीको मतभेद बढिरहेको हामिले देखिरहेका छौँ । अत विकासे नारा बोकेर प्रिय बनेको सरकार ठुल्दाई माल्दाई झट्केलो दाइको विषयमा अल्झेर विवादास्पद बन्नु किमार्थ ठिक हुनेछैन् ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्
संपादकीय सबै :