बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

दर्शन र सिद्धान्तको आधारमा लडेर जितेको लडाइँ दिर्घजिवि हुन्छ ।

17 जनवरी 2021

दर्शन र सिद्धान्तको आधारमा लडेर जितेको लडाइँ दिर्घजिवि हुन्छ ।

जुन लडाइँ, दर्शन र सिद्धान्तको आधारमा लडिन्छ, यस्तो लडाईंको मुल उद्देश्य सिंगो मुलुकमा आमूल परिवर्तन गर्नको निमित्त हुन्छ । यश प्रकारको लडाइँलाई क्रान्ति भनिन्छ । क्रान्ति लामो समय सम्म लडिने दिर्घकालिन लडाइँ हो । समाज र इतिहासमा यसको छुट्टै इज्जत र महत्व हुने गर्दछ । नेपालको हकमा भन्ने हो भने र गहिरिएर हेर्ने हो भने दर्शन र सिद्धान्त बोकेर लड्ने एक मात्र राजनीतिक संगठन मंगोल नेशनल अर्गनाइजेशनले मात्र आमूल परिवर्तनका लागि क्रान्ति गर्दै आइरहेको पाइन्छ । एम एनओले आफ्नो स्थापना काल देखिनै लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयताको मुल मुद्दा बोकेर समानता, स्वतन्त्रता, भातृत्व, करुणा र मानवीयता जस्ता महत्वका कुरालाई मुलुकमा कायम गर्न भनेर लड्दै आइरहेको कुरा घाम जतिकै छर्लङ्ग छ । आजभोलि बजारमा छ्याप–छ्याप्ती रुपमा संगठनहरु पनि भेटिन्छन् । कुन सहि हो या कुन गलत हो छुट्याउन सक्ने सामर्थ्य हुनु जरुरी छ । नारा र संगठनको नाम सुन्ने बित्तिक्कै आखाँ चिम्लरे अँगाल्नु हुँदैन । लोकतन्त्र बिरोधी हिन्दुत्व वादीहरुको गुलामी संगठन पनि हुन सक्छ । साधारणतय पद र पैसाको लागि आन्दाले न गर्ने जातिय राज्य र धामिर्क राज्य खाज्ने तथा सरकारको चर्को बिरोध गरे जस्तो गरेर चर्चामा आउन खोज्ने आन्दोलन लाई क्रान्ति नभनेर बिद्रोह भनिन्छ । तथापि बिद्रोह गरेर पाएका अधिकारहरु दिर्घकालिन नभएर अस्थायी हुन्छन् । लकडाउनको बहानाबाजी गरेर राज्य द्वारा हिन्दु वर्णाश्रमी ब्यवस्था कायमै राख्नका लागि एम एनओका महत्वपूर्ण बहुमुल्य आवाजहरू माथी प्रत्यक्ष या अप्रत्यक्ष तवरले दबाउने षड्यन्त्र गरिएको छ । यसो हुनु सक्नाको मुल कारण नेपालका ८० प्रतिशत अहिन्दु मुलवासी मंगोलहरुले आफ्ना साझा शत्रु चिन्न नसकेर नै हो भनेर ठोकुवाका साथ भन्न सकिन्छ । अर्थात् आफुलाई लुट्ने कंगाल पार्ने, मार्ने, धम्काउने, तर्साउने साझा शुत्रलाई चिन्ने कोशीस समेत नगरेकोले हो भन्दा दुईमत नहोला । हामी सँग निर्वाचित जनप्रतिनिधि नभएको हुँदा राहत बितरण देखी लिएर सहयागे र उद्धार कार्यहरुमा समेत हाम्रा अनुहारकालाई विभेद गर्ने गरिन्छ । हामीले चाहेर पनि हाम्रा मान्छेहरुलाई पर्याप्त मात्रामा सहयोग र सेवा पुर्याउन सकिरहेका हुंदैनौं । यसको कारण भनेको हाम्रा निर्वाचित प्रतिनिधिहरु नभएर हो । यसबाट पनि हामीले बझ्नुपर्ने हुन्छ कि ! चुनावको महत्व के कति रहेछ भन्ने कुरा । अब हुने चुनावले को खांटी लोकतन्त्रवादी हो र को चाँही नक्कली लोकतन्त्रवादी हुन् कित्ताकाट गर्ने भएकाले हामी लोकतन्त्र वादीहरुले यो चुनावलाई मंगोलमय चुनाव बनाउनु सक्नु पर्दछ। तब मात्र हाम्रा लागि ऐतिहासिक जित र महत्वको चुनाव हुन सक्छ । यसोसले देश ब्यापी रुपमा उम्मेदवारहरु खडा गरेर, मंगोल अस्तित्व र हक अधिकारको लागि मत खेर जान नदिनका लागि र संगठनमा मत एकट्ठा गर्ने किसिमले दर्हो पाइलाहरु बढाउने काममा अब विलम्ब गर्नु हुँदैन । मंगोल दशर्न र सिद्धान्त बुझाउने एवम् हाम्रा साझा शत्रु चिनाउँदै लैजाने क्रमलाई निरन्तरता दिइरहनु पर्दछ । यस देशमा रहेका बुद्धिष्ट, क्रिश्चियन, मुश्लिम, शिख, जैन सबै हाम्रा मित्र शक्ति हुन भने, हिन्दुवाद अथवा बाहुनवादले अछुत दलित बनाइएकाहरु सबै मंगोल हुन भन्ने कुराहरु बताउँदै जानुपदर्छ । साथै हिन्दुत्व वादीहरु द्वारा संचालित या खोलिएका संघ संगठनहरु हाम्रो साझा शत्रु हुन् र यिनीहरुलाई झुक्किएर पनि हाम्रो मत दिनु हुँदैन भन्ने कुराहरु सुनाउनु सक्नु पर्दछ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्
संपादकीय सबै :