शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

उलंघन मानवअधिकार हनन प्रेस स्वतन्त्रता

5 मे 2019

उलंघन मानवअधिकार हनन प्रेस स्वतन्त्रता

नेपालको बिभेदी संविधानमै हिन्दु खसआर्यहरुले हिन्दु र आर्य शब्द सुरक्षीत गरेका छन् तर यस देशका असली अहिन्दु मुलवासी मंगोल समुदायलाई हेपाहा नीति प्रयोग गरी मतुवाली ,जंगली ,खर्पने पाखे बनाउदै भनाउदै जनजाती आदिवासीको बिल्ला भिराइदिएका छन् । कुनैपनि देशमा शासन गर्ने अधिकार त्यहिका मुलवासीहरुलाई मात्र हुन्छ तर नेपालमा यहाँका बृहत मुलवासी समुदायमा राजनीति चेतनाको कमिले गर्दा असली आदिवासी जनजाती खस आर्य बाहुनक्षेत्रीले एकलौटी रूपमा शासन सत्ता सम्हाली रहेका छन् । मंगोललाई मंगोल भन्नु नदिइ केहि पद र पैसाको प्रलोभनमा आफ्नो अस्तित्व बेच्ने जमातलाई जनजाति आदिवासीको बिल्ला भिराइ जुन गल्ती शासन सत्ता सम्हालेका जिम्मेवारपक्षले गरिरहेका छन् त्यस्को दुष्परिणाम भोली ओकल्नु पर्नेछ । विश्वमा घटेका राजनीति परिवर्तनले संसारका मुलवासीहरु हराभरा बनि हाँसेका छन् आफ्नो अधिकारमा बाँचेका छन् ।भोली नेपालपनि यो परिवर्तनबाट अछुतो रहन सक्दैन । यसर्थ कालो वस्तुलाई कालै हो भन्ने वास्तविक अधिकार कसैबाट हनन नहोस् र पद र पैसाको दुरुपयोग गरि मुलवासीहरुको अधिकार हनन गर्ने दुष्ट प्रवृति अविलम्ब रोकियोस । मंगोल नेशनल अर्गनाइजेसनका फाउण्डर प्रेसिडेन्ट युगपुरुष अमर डा गोपाल गुरुङज्यु हिजो अन्तर्राष्ट्रियस्तरमा आफ्नो मंगोल दर्शन पत्रकारिताको माध्यमबाट संसारभर पस्किरहँदा आफ्नै भुमी नेपालमा एउटा पत्रकारले पाउने सुविधाहरू कटौती मात्र होइन खिसिट्युउरी र धाकधम्की समेत सहनु परेको यथार्थ सम्झदा नेपालमा स्वतन्त्र पत्रकारीता एकादेशको कथा जस्तै हुनेछ । सन १९९३ बाट मे ३ तारीखलाई अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस मनाउदै आएपनि नेपाली पत्रकारीतामा नयाँ चुनौती थपिँदै आएको महसुस गर्न सकिन्छ । यो वर्ष मात्र ६० वटा प्रेस स्वतन्त्रता हननका घटनाहरु सार्वजनिक भएका छन् । राजनीति खिचतानी र रास्ट्रप्रमुखहरुको दिनचर्यालाई हाइलाइट गर्ने बाहुनवादी नेपालका मिडिया अदृश्यरूपमा तिनै कथित राजनीति दलसँग सम्बन्धित रहेका छन् भन्ने प्रमाण पेश गर्न शिक्षित पिडिलाई आवश्यक पर्दैन होला । स्वच्छ निष्पक्ष पत्रकारले मंगोल नेशनल अर्गनाइजेसनको नयाँ नेपालको सुनौलो अभियानलाई एक लाइन लेख्न सक्दैन भने कसरी प्रेस स्वतन्त्रता भयो । बाहिरीरूपमा निस्पक्ष स्वतन्त्र जस्तो देखाइए पनि भित्रीरुपमा मनुवाद ,हिन्दुवाद बाहुनवाद घुसेकै हुँदोरहेछ भन्ने हामीले बुझ्न सक्नुपर्छ । मंगोल नेशनल अर्गनाइजेसनले स्थापनाकालदेखि नै नेपालमा मानव अधिकार , प्रेस स्वतन्त्रता विनाभेदभाव लागु गराउन चाहान्छ । साम्प्रदायिक विखण्डनकारी नजरले एमएनओलाई जति दुश्मन सम्झेपनि कयौंकोस परसम्म सम्झेर सबैमा सामाजिक सद्भाव कायम गर्न मंगोल नेशनल अर्गनाइजेसन स्थापनाकालदेखि आजसम्म प्रयत्नशील छ । नेपालमा पुर्णरूपमा मानव अधिकार लागुहोस , प्रेस स्वतन्त्रता व्यवहारिकरूपमा कार्यनयन होस् । यहीँ एमएनओको चाहना ,तमाम नेपालीको कामना ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्
संपादकीय सबै :