शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

विश्व प्रख्यात बुद्ध दर्शन - काउसो भन्दै हिन्दुवादलाई

22 जूलाई 2019

विश्व प्रख्यात बुद्ध दर्शन - काउसो भन्दै हिन्दुवादलाई

लाइट अफ एसिया मात्र नभएर लाइट अफ वर्ल्डको बहसमा आइसकेको महामानव सिदाहा बुद्धको पवित्र दर्शन आज संसारमा फैलिएको छ, विद्वान ,बैज्ञानिक बुद्धिजीवीहरुले अनुसरण गरेका छन् । बुद्धको समानता , स्वतन्त्रता र भातृत्वको बैज्ञानिक दर्शन विश्वभर उचाइमा बढिरहेको देखेर हिजोको दिनदेखि नै मनुवादी हिन्दुवादी अर्थात बाहुनवादी संकुचित सोचाइ भएका एक झुन्ड भारत र नेपालका विदेशी हिन्दुआर्य बाहुनक्षेत्रीले बुद्धको निश्चल अनि पवित्र दर्शनलाई जरैदेखि उखेल्ने कोशिश गरेको दुष्प्रयासहरु सत्यतथ्य इतिहासले प्रमाणित गरिसकेको छ । हिन्दुहरुको मागिखाने ठगिखाने भ्रममा पार्ने झुठो कथित दर्शन अगाडि बुद्ध दर्शन ठिक उल्टो भएकोले जव हिन्दुआर्यहरु राजनैतिक पावरमा पुगे तव देखि बुद्ध दर्शनलाई होच्याउने ,दुइ नम्वरी भिक्षु बनि षड्यन्त्र गर्दै लाखौं असली बौद्ध भिक्षु मार्ने इतिहास पुरानो भएको छैन । मिठो शैलीमा धार्मिक सहिष्णुता भन्ने अनि प्राचीन बौद्ध बिहार अतिक्रमण गरि हिन्दुत्व झल्काउने मन्दिर स्थापना गर्ने , बुद्ध धर्मको नाममा आएको पैसा कथित हिन्दुधर्म संरक्षणमा खर्च गर्ने प्रवृति अझै रोकीएको छैन । बुद्धको पवित्र दर्शन मात्र होइन निर्जीव मुर्ति सम्म हेर्न नसक्ने चाणक्य नीतिलाई अंगाल्ने मनुवादीहरुले लुम्बिनीमा बुद्धको मुर्तिको मुखमा सुगुरको मासु र रक्सी कोचार्ने , बन्दै गरेको बौद्ध शालिकलाई डोजर लगाएर भत्काउने , बौद्ध धर्म सम्बन्धी खोज अनुसन्धान गर्ने विदेशी पर्यटकहरुलाई हत्या गराउने , झुन्डहरुले यो पवित्र मंगोलभुमी संचालन गरिएकोबेला हालसालै बुद्ध जन्मिएको एरियामा ( रुपन्देहीको तिलोत्तमा न•पा•मा) बुद्धको मुर्ति तोडफोड गर्नेहरु आइएसका सदस्य अर्थात तालेवानी बिद्रोही या बोकोहरामका सदस्य होइनन् होला ! छालकपटी पुर्ण बौद्धमार्गी मुलवासी मंगोलहरुको मुलुकमाथि एकलौटी रूपमा शासन गर्दै आएका हिन्दुआर्य बाहुनक्षेत्रीहरुले बौद्ध धर्म र यहाँका मुलवासी समुदायमाथी सधै जिताहा व्यबहार गर्दै आएका छन् । कथित स्वर्ग र नर्कको डर देखाउदै धुत्ने , लुट्ने हिन्दु दर्शनसंग जोडेर महामानव सिदाहा बुद्धलाई बिष्णु भगवानकै अवतार भन्दै भ्रम फैलाउन समेत पछी परेका छैनन् । बौद्धमार्गी सम्राट हर्षवर्धनको पालामा छुल्याहा पाखण्डी ५९० जना बाहुनहरुलाई झुन्ड्याएर मारिएको थियो ।सम्पुर्ण सजीवप्राणी माथि समानतामा आधारित दया माया र करुणाको ब्यवहार गर्ने बौद्धमार्गी राज्यमा हिन्दुआर्यको उचनिचको बदलामा उनिहरुलाई अछुत घोषणा गरिएको थियो । संसारमा सबैभन्दा जेठो धर्म जहाँ उचनिच , भेदभाव स्वर्ग नर्कको विश्वास हुँदैन । यदी कसैले यी माथि उल्लेखित कुरा गर्छ भने २ नम्बरी फटाहा लुटेरा बौद्धमार्गी हुन् । तराईको मुलवासी थारु समुदायमा जन्मिनु भएको लाइट अफ वर्ल्डको चर्चामा रहनुभएका भगवान बुद्धको नाम बेचेर हात पसार्ने अनि पवित्र बुद्ध दर्शनलाई चोट पुर्याउदै उक्त रकम मनमौजी पालैपालो हसुर्ने जुन प्रवृति छ त्यो एकदिन ओकल्नु पर्नेछ । लुम्बिनीक्षेत्र अन्तर्गत रुपन्देहीमा जुन घटना घट्यो त्यसबारेमा नश्लवादी सरकारबाट निष्पक्ष छानबिन त अवस्थ नहोला,दोषीलाई उचित कारबाही हुन नसक्ला तर भोली मंगोल नेशनल अर्गनाइजेसन शक्तिमा आएपछि यस्ता घटना घटाउने र ढाकछोप गर्न सघाउ पुर्याउने जो कोहिलाई पनि छुट हुनेवाला छैन ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्
संपादकीय सबै :