शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

विषादी खाउ होइन स्वावलम्बी बन भन्ने सन्देश

16 जूलाई 2019

विषादी खाउ होइन स्वावलम्बी बन भन्ने सन्देश

नेपालमा हालका हिन्दुआर्य बाहुनक्षत्री शासकहरुका ठुल्लदाई भारतको सत्तामा रहुँन्जेल प्याउले भाई बनेर घुर्कीफुर्की लगाउने प्रचलन नयाँ भने पटक्कै होइन । नेपालमा अहिलेसम्मका सरकार गठन प्रक्रियालाई भित्रीबाट नियालेर हेर्ने र आशिर्वाद थाप्ने पहिलो पाइलालाई नियाल्ने हो भने नेपालका शासकवर्गहरु आफ्नो मुलुकको असली जनमतले होइन छिमेकी मुलुकको रिमोटले चल्ने गरेको प्रष्ट देख्न, बुझ्न सकिन्छ । अहिले सर्वत्र चर्चामा रहेकोे विषय हो विषादी मिसावट फलफूल तथा तरकारीको परिक्षण बारेमा । भारतबाट आयातित तरकारी खानयोग्य छैन भने आफ्नो बारीमा आफै आर्गनिक तरिकाले उब्जनी गरेर खान सकिन्छ । जबर्जस्ती सित्तैमा किचनमा खानुहोस भनेर कसैले ल्याइदिने होइन! मेहनत गरि आफुलाई चाहिने तरकारी आफै उत्पादन गरि आत्मनिर्भर साथै निरोगी बनौं । मंगोल भुमी नेपालमा छानबिन गर्ने कुनैपनि आयोगको भर छैन । पहुँच र पैसाको भरमा फैसला हुने न्यायपालिका, भ्रष्टाचार नियन्त्रण गर्ने अख्तियार अनुसन्धान दुरुपयोग आयोग नै भ्रष्ट ,विद्वान ब्याक्तित्वलाई प्रदान गर्ने शैक्षिकप्रमाणपत्र दिने शैक्षिकसंस्था नै बकमफुसे भ्रष्टाचारीको हातमा हुने (नाक र नोटको थाक हेरेर अंक थपिदिने) मुलुकमा भारतबाट आयातित विषादीयुक्त्त तरकारी चेक गर्ने चेकपोस्टका साधारण कर्मचारीलाई सुक्को मै किनबेच गर्न कुनै बेर छैन । अहिलेका प्रतिस्पर्धी किसानहरु उपभोक्ताको स्वास्थमा भन्दा आफ्नो उत्पादन वृद्धिमा ध्यान दिने र छिमेकी मुलुकको फोहोर फाल्ने डस्विन जस्तो हाम्रो मुलुक भएकोले आफै सतर्क रहनु सिवाय अर्को विकल्प छैन । विदेशीभुमिमा रगतपसिना नबगाउने बृहत मुलवासी मंगोलहरुको घर विरलै होला । अत : मौसम अनुसारको तरकारी उत्पादन गर्न कुनै कठिनाइ छैन । आफ्नै भुमिमा परिश्रम गरेर हेर्नुस् , बिना अर्थको झोले राजनीतिमा आफ्नै सन्ततिलाई खाल्डोमा हाल्ने मनुवादी राजनीतिले समय बर्बाद गर्ने प्रवृति आजैदेखि बन्द गरिदिनुहोस । एकल नश्लिय मनुवादी राजनीतिलाई जरैदेखि उखेल्न समस्त अहिन्दु मुलवासी मंगोलहरुको साझा संगठन मंगोल नेशनल अर्गनाइजेसन दिनानुदिन अगाडि बढिरहेको छ । यसर्थ भारतले विषादीयुक्त तरकारी खाउ भनिरहेको छैन बाँझो रहेको करेसा बारीमा आफ्नै हातले तरकारी उब्जाउ भन्ने संकेत गरिरहेको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्
संपादकीय सबै :