शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

आफ्नै चिम्से दाजुभाइलाई लडाएर कहाँ हुन्छ ?

Naresh Tamang | 28 फेब्रुअरी 2019

आफ्नै चिम्से दाजुभाइलाई  लडाएर कहाँ हुन्छ ?

 

बाङ्गो रुखलाई यताउता, सोझ्याएर कहाँ हुन्छ।

तिजोरीको चाबी चोरलाई, बुझाएर कहाँ हुन्छ।

उल्टो छ है जमाना अहिले, यत्ति कुरा बुझे संधै 

आफ्नै चिम्से दाजुभाइ लाई, लडाएर कहाँ हुन्छ।

 

दिल संगै दिमाग पनि, समय संग चलाउन पर्छ।

केही नहुने हुतिहाराले, देश चलाएर कहाँ हुन्छ।

प्रतिस्पर्धा के को हुँदैछ, राम्रोसँग बुझ्नु बेस रे!

घोडाको रेसमा गधालाई, कुदाएर कहाँ हुन्छ।

 

भंगेराको पित्त भन्दा, कम्जोर मुटु लिई हिडने

स्याललाई सिंहदरबारका राजा, बनाएर कहाँ हुन्छ।

८०% अहिन्दु मूलवासीहरुको, बहुमत भएको 

मंगोल भुमिमा आर्यलाई शासन, दिएर कहाँ हुन्छ।

 

झारपातका मुद्दाहरुमा हानथाप गरि झुन्दिदै

मुलुक सिंगार्ने मंगोलहरु अल्मलिएर कहाँ हुन्छ।

हरेक ठाउँमा हाम्रो लागि हामी आफैं सक्षम हौं।

चन्दने हरुको आश्वासनमा जिएर कहाँ हुन्छ।

 

हात र काँध मिलाउँदै हामी, एकता हुने बेला

जीवन सिध्याउने मध्यपान, पिएर कहाँ हुन्छ।

बिग्रिनै नदिउँ केहीपनि, यी बाँदरेको हातबाट

खाली च्यात्तिएको सपना मात्रै, सिएर कहाँ हुन्छ।

 

 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्