शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मुलुकमा आफ्नो भाविष्य नदेख्नेहरु बाट वास्तविक परिवर्तनको परिकल्पना गर्न सकिँदैन ।

Dhanmaya Tamang | 22 फेब्रुअरी 2020

मुलुकमा आफ्नो  भाविष्य नदेख्नेहरु बाट  वास्तविक परिवर्तनको परिकल्पना गर्न सकिँदैन ।

मुलुक परिवर्तन खाेक्राे भाषण र नाराले मात्र सम्भव छैन, व्यवहारिक रुपमा कार्यन्वयन गर्नु अति अावस्यक छ । नेपालमा खाेक्राे भाषणमा सिमित परिवर्तन धेरै अगाडिदेखि हुँदै छ, तर वास्तविक परिवर्तन कुन चरिकाे नाम भन्ने भान जनतालाई भईरहेकाे छ । त्यति मात्रै हाेईन, नेपालमा व्यवस्था थरि थरिकाे अायाे तर शाषक वर्ग सधै एउटै अनुहारकाे मात्र सिमित रह्याे । अथवा नेपाललाई एकलजातीय वर्णभेदी राेगले ग्रस्त बनायाे । जसकाे परिणाम स्वरुप नेपाल सधै विकासन्मुख राष्ट्रमा सिमित रह्याे । यिनिहरुलाई देश र जनताकाे मतलब छैन, केवल अाफु कसरी धनी बन्ने, अाफ्नाे छाेराछाेरी कसरी व्यवस्थापन गर्ने, त्यति मात्र हाेईन, वरिपरिकाे सबै हेर्छन् । अनि कसरी हुन्छ, देशकाे विकास ? जाे देशकाे उच्च अाेहाेदामा बसेकाे छ, यिनै व्यक्तिगत स्वार्थमा लिप्त भएसी । यिनिहरु नातावाद, कृपावाद, फरियावादमा भुल्दै छन् । देश दिनदिनै खाेक्राे बन्दै छन् । नदीनाला दिनदिनै बेच्दै छन्, भ्रष्ट दलालहरुले ।

    देशमा उपलब्ध स्राेतसाधन सदुपयाेग गरेर युवाहरुलाई राेजगारी दिनु त केवल भाषणमा सिमित, राखेकाे छ । त्यति मात्रै नभएर विदेशी राष्ट्रहरुसग श्रम सम्झाैता गरेर युवा शक्ति बेच्ने मेशिन बन्दै छन् । नेपालमा 1 कराेडकाे हाराहारीमा युवाहरुकाे संख्या रहेकाेमा विदेशी भुमिमा 65 लाख काेही राेजीराेटीकाे सिलसिलामा त काेही शिक्षा हासिल गरेर अाफ्नाे भाविष्य खाेज्दै छन्, जबसम्म युवाहरुले अाफ्नै देशमा अाफ्नाे भाविष्य नदेखेर विदेशी भुमिमा अाफ्नाे भाविष्य खाेज्दै भाैतारिनुपर्ने अवस्था हुन्छ, तबसम्म देशकाे वास्तविक परिवर्तन परिकल्पना गर्न सकिँदैन । विश्वमा जहाँ हिजाे बालुवाकाे थुप्राे बाहेक केही नभएकाे मरुभूमिमा समेत अाज हाम्राे देशकाे युवाहरु अाफ्नाे र परिवारकाे भविष्य खाेज्दै श्रम गर्न जानसक्ने अवस्था भनिसकेकाे छ, तर विडम्बना नेपालमा भने प्राकृतिक स्वरुपले अति सम्भावना भएर पनि अझै बत्तिमुनिकाे अध्याराे जस्तै भएकाे छ । नेपालमा जाे अाफ्नै देशमा बसेर केही गर्ने साेच बनाउदछ, उनीहरुलाई उत्साहित भन्दा पनि निरुत्साहित पार्ने र निराशजनक सरकारकाे नितिले युवाहरु यतिबेला अाफ्नै माटाे र जन्मभुमिप्रति धिकारेर विदेशी भुमिमा अाफ्नाे भाविष्य र जिविकाेपार्जन गर्नकाे निमित विमानस्थलबाट दिनदिनै बिदाईकाे हात हल्लाउने क्रम बढ्दाे छ , जसले नेपालमा रेमिट्यान्स धेरथाेर भित्रिए पनि देशकाे मुहार फेरिन मुस्किल नै छ । रेमिट्यान्स भत्ताको रुपमा खाने भ्रष्ट दलालहरुले ती विदेशी भुमिममा रागत र पासिना बेच्न विपश हुनुहुनेहरुकाे बारेमा थाेरैमात्र साेचिदिने हाे भने यस्ताे समस्याबाट मुक्त हुन सकिन्थ्यो तर ती भ्रष्टहरुले मुलुकलाई हित हुने कुनै काम गर्न चाहिरहेकाे छैन । यी सम्पुर्ण समस्याको जड नै एकल जातीय वर्णभेदी निति र अतिहिन्दुवाद हाे ।

    त्यसैले मंगाेल नेशनल अर्गनाइजेसनका फाउन्डर प्रेसिडेन्ट युग पुरुष अमर डा. गाेपाल गुरुङ ज्यु काे एक भनाई छ। " राजनितिक शक्ति भनेकाे सबै बन्द तालाहरु खाेल्ने मुल चाबी हाे ।" उहाले हरेक नागरिकलाई राजनितिक चेतना अावस्यक पर्ने, एउटा नागरिक बिग्रिनु भनेकाे मानिसकाे एउटा महत्त्वपूर्ण अंग बिग्रिनु सरह हाे भन्नुभएकाे छ । साथै उहाँले नेपालकाे मुलबासी मंगाेलहरुलाई अाफ्नाे देशकाे बागडाेर अाफै समालेर मालिक बनाउनलाई जीवन समेत समर्पण गर्नुभयाे । त्यसैले अब नेपालमा सच्चिकै परिवर्तन चाहाने हाे भने सच्चा परिवर्तनकारीहरुले मंगाेल दर्शन अध्यायन गरेर यसैलाई अात्मासात गरि मंगाेल नेशनल अर्गनाइजेसनमा अाबद्द हुन अति अावस्यक भईसकेकाे छ । याे वर्तमान समय र परिस्थितिकाे माग हाे । जै मंगाेल ।।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्