Buddha Lal Meche (President-MNO) | 13 जूलाई 2019
आगो ताप्नु मुढाको अर्ति सुन्नु बुढाको भन्ने उखान अझै पनि हाम्रो गाउँ घरमा प्रचलित रहेको छ। बाउ-आमा , बाजे-बोजु र जिजु-च्याप्जुहरुले भन्दै आएका किंम्बदन्ती अथवा उखान-तुक्काहरु बाट समाजमा मानव समुदायको परम्परा,रीतिरिवाज,संस्कार र संस्कृतिहरु जगेर्ना हुंदै आएका छन्। वास्तवमा भन्ने हो भने अग्रज पुर्खाहरुले गरेका योगदान र त्याग नै पछिल्ला दर सन्तानहरुको निमित्त खोज-अनुसन्धानका यथेष्ट प्रमाण अर्थात् प्रेरणाका स्रोतहरु हुन् भन्दा दुई मत नहोला! अर्ती उपदेशको रुपमा होस् अथवा स्रापको रुपमा होस् प्रेरणा दुई प्रकारले आउने गर्दछन्। जुन कुरा रिसर्च गरेर मात्र चीरफार हुन्छ र दुधको दुध , पानीको पानी छुटिन्छ। रिसर्च भन्नाले भएको कामलाई पुन: सुक्ष्म तरिकाले खोज-अनुसन्धान गरेर तथ्य प्रमाण सहित सत्य बाहिर ल्याउनु हो। ज्वलन्त उदाहरणको रुपमा एमएनओ संस्थापक युग पुरुष अमर ड. गोपाल गुरुङज्युले किन,कसरी र केका लागि खोज-अनुसन्धान गर्नु परयो? र मंगोलराष्ट्रवादको दर्शन र सिद्धान्त किन र कसरी जन्माउनु भयो ?यसबारे एक चर्चा गरौं। नेपाल हाम्रो पितृ भूमि हो। आफनो पितृ भूमि पुर्ख्यौली घर नेपाल फर्किंदा प्रवासी भनेर हेप्छन। हाम्रो मुलुक बिदेशी साम्राज्यवादीहरुले हडप्पेका छन। हाम्रो भाषा,लिपी,धर्म,संस्कार र संस्कृति माथी मनुवादी कानुन लादेर,हिन्दुकरण गरिइएको छ। यसर्थ आउंदो भावि पिंडीहरुलाई हिन्दुकरण हुन बाट बच्न र बचाउनका निमित्त हिन्दु राणा शासकहरुको पञ्जाबाट मुक्त हुनु छ। यसको निमित्त कम्सेकम पुर्बी नेपालमा स्वतन्त्र मुलुक खडा गर्नु आवश्यक छ भन्दै राणा कालमा सेता मगुराली संगठन खोलेर लड्ने, संगठन बिस्तार गर्ने अरि बहादुर गुरुङ, गोर्खा लीग दलको जन्मदाता डम्बरसिंह गुरुङ र बुवा टि.बी गुरुङको कुरा ड. गोपाल गुरुङ ज्युले सानै उमेरदेखि सुन्दै आउनु भएको थियो। ड. गुरुङका बुवा टि.बी गुरुङ दार्जिलिङमा लेनिन बुढाको नामले प्रख्यात थिए। अरि बहादुर गुरुङ पुर्बी नेपालमा गोप्यरुपमा संगठन बिस्तार गर्दै गर्दा तत्कालिन भारतको बृटिस इस्ट इन्डिया कम्पनी सरकारको आशिर्वादमा टिकेका राणा शासकले थाहा पाएर लखेटेका थिए। ड. गुरुङले आफना बुवा टि.बी गुरुङका समकालिन साथीहरु अरिबहादुर गुरुङ र डम्बरसिंह गुरुङलाई बुवा नै भनेर सम्बोधन गर्ने गदर्थे। माथी उल्लेखित नेपालको राजनितिक घटनाको बिषयमा 3 जना बुवाहरुले पटक-पटक गहन छलफल गरेको दृश्य आफनै घरमा सुन्ने मौका ड. गुरुङले पाउनु भएको थियो। आफु सानै छँदा बुवाहरुबाट सुनेका कुराहरुमा वास्तविक सत्यता के कति छ ? सांच्चै हिन्दु-आर्य शासकहरुले नेपालका मुलवासी मंगोलहरुलाई बिभेद पुर्ण किसिमले अन्याय गरेकै हुन त? यस सन्दर्भमा 52 बर्ष खोज-अनुसन्धान Research गरेर नेपाललाई लागेको वास्तविक रोग बर्णभेदी रोग हो भनेर पत्ता लगाउनु भए संगै रोग उपाचारार्थको निम्ति मंगोल राष्ट्रवादको ब्यवहारिक दर्शन र सिद्धान्त Philosophy &Thesis जन्माउनु भयो। ड. गोपाल गुरुङ भन्नु हुन्थ्यो, नेपाललाई लागेको रोगको बारेमा अरिबहादुर बावुलाई चाहीं अलि-अलि आभास थियो। एवम प्रकारले नेपाललाई लागेको रोग बारे अरिबहादुर बावुलाई अलि-अलि आभास हुनु र बावु टि.बी गुरुङ र डम्बरसिंह गुरुङले नेपालको राणा शासकको बिरुद्धमा लड्न र बुलन्द आवाज उठाउने प्रेरणा कोबाट र कहांबाट पाएका थिए? यस बिषयमा घोत्लिंदा प्रेरणाका स्रोतहरु पुर्बज सहिद स्रीपति गुरुङ,सुकदेव गुरुङ र लखन थापाहरु बाट प्रेरणा पाएका थिए। जो अग्रजहरु निरंकुश जहानियाँ राणा शासनको अन्त्य र मनुवादी कानुन तथा बाहुनवादी ब्यवस्थाको बिरोधमा निरन्तर डटेर लडेका थिए,सहिद भएका थिए। यसैगरी दक्षिण अफ्रिकाका नेल्सन मण्डेलाको जिवनमा पनि यही कुरा लागू भयो। मण्डेला राजाको छोरा राजकुमार थिए। बाइबल प्रचारमा आएका गोरा आर्यहरुको हातमा देश कब्जा भइसके पछि कालाहरुको हातमा मात्र बाइबल रहेको थियो। नेल्सन मण्डेलाको बावु आर्य गोराहरुको चंगुलमा फसेर दासत्व स्वीकार गर्न बाध्य भए उनले बिद्रोह गर्न सकेनन् तर राजकुमार मण्डेला गोरा आर्य सामु झुकेनन् बिद्रोह गरे। राजा मार्फत छोरा राजकुमार मण्डेलालाई माफी माग्न र गोरा आर्यहरुको दासत्व स्वीकार्न लगाउने षड्यन्त्रहरु समेत नभएको होइनन् तर ती षड्यन्त्रहरु सबै नाकाम सावित भए।बावुले गोरा आर्यहरुको दासत्व स्वीकारी सकेपछि नेल्सन मण्डेलाको मष्तिस्कमा गहिरो आगाध पर्यो। बावुले दासत्व स्वीकारेर हिंडेको बाटो ठीक हो या कालाहरुको संस्कार, संस्कृति,धर्म र अस्तित्वको निमित्त अग्रज पुस्ता मार्टिन लुथर किंग , ज्याक्सन र आफुले लड्दै गरेको बाटो ठीक हो? यस बारेमा मण्डेलाले गहिरो रिसर्च गर्नु पर्यो। रिसर्च Research पुरा भइसकेपछि आफुले हिंडेको बाटो नै ठीक रहेको र दक्षिण अफ्रिकालाई रंगभेदी Aphathied रोग लागेको पत्ता लगाए त्यसपश्चात रंगभेद बिरुद्दको सिद्धान्त र दर्शन प्रतिपादन गरे अन्तत: 27 बर्ष लडेर सफल पनि भए। नेल्सन मण्डेला बिश्व चर्चित एक महान नेता बन्नुमा आर्य गोराको दासत्व स्वीकारने बुवाको धोकेवाज सम्झौता एउटा कारण थियो भने अर्को अग्रज पुस्ता मार्टिन लुथर किंग र ज्याक्सनको प्रेरणाले गर्दा सफल बनायो। यसै सन्दर्भमा तथागत सिदाहा बुद्दको पनि प्रसंग जोड्दा उचित हुने देखिन्छ। अहिले हिन्दुआर्य भनेर चिनिनेहरु भारतमा भित्रिइएको 3 हजार 5 सय बर्ष जति भइसकेको छ। यिनीहरु ककसियसदेखि इरान र इरानदेखि सिन्धुघांटी हुंदै भारत प्रवेश गरेका थिए। बुद्ध जन्मनु भन्दा 1 हजार बर्ष अघिदेखि कुनै न कुनै रुपमा हग्डग मच्चाउँदै ,कब्जा जमाउँदै बर्तमान भारतमा यिनीहरुले आफना बर्णास्रमी ब्यवस्था फैलाइ सकेको थियो। यो वर्णाश्रमी ब्यवस्थाको प्रभाव सिदाहा बुद्धको बाबु राजा सुद्दोधानलाई पनि स्वभाविक रुपले पर्यो। त्यसबेला एकराज्य-र अर्को राज्य बीच घमासान युद्ध हुने गर्दथ्यो। स-साना गणराज्यहरुलाई ठुला राज्यले सजिलै प्रकारले आफनो कब्जामा पार्ने गर्दथ्यो। देश भित्र पनि राजाहरुको बिरुद्धमा भाइ -भारदार, सिपाईंहरुले बिद्रोह गरेर राज्य सत्ता कब्जा गर्दथे। यसकारण आफनो राज्य सत्ता जोगाउनका निमित्त पनि राजा शुद्दोधान गणराज्य व्यवस्थालाई तिलाञ्जली दिएर ककसियन आर्यहरुले लिएर आएका बर्णास्रमी ब्यवस्थालाई अंगाल्न पुगे। राजा शुद्दोधान बर्णास्रमी ब्यवस्था मुलुकमा लागु भएपछि आफु बिरुद्ध कोही भाई ,भारदार र सेनापति आदिले बिद्रोह गरेर राज्य सत्ताबाट सत्ताच्युत गर्न सक्दैनन् भन्ने कुरामा ढुक्क थिए। किन कि बर्णास्रमी सामाजिक ब्यवस्थामा जति सुकै सक्षम,दक्ष,योग्य र अनुभवी नेता भए पनि शुद्रले शुद्रकै काम गर्नु पर्ने, वैश्यले बैश्यकै, क्षेत्रीले क्षेत्रिकै,बाहुनले बाहुनकै र अति शुद्रले अति शुद्रकै जातिय बिभाजन अनुसारको काम गर्नु पर्ने ब्यवस्था भएकाले राज्य सत्ता तर्फ कसैले कु नजरले हेर्ने कुरा हुंदैन थियो। बाबुले अंगालेको बर्णास्रमी ब्यवस्था मंगोल धर्म,संस्कार,संस्कृति र अस्तित्वको निमित्त ठीक विपरित हो। मंगोलहरुमा उँच निच, सानो जात ठुलो जात र भेदभाव भन्ने कुरा हुंदैन। जुन कुरा छानबिन गरेर परम्परादेखि हाम्रा अग्रज पुर्खाहरुले संस्कार र संस्कृतिको रुपमा अंगालेर यहां सम्म ल्याइ पुरयाएको हो भन्ने अडानमा राजकुमार सिदाहा थिए। यसकारण मंगोल संस्कृति,धर्म र संस्कारनै ठीक हो या बर्णास्रमी ब्यवस्था ठीक हो? यो वादविवादको क्रममा राजकमार सिदाहा बाबु सुद्दोधानको बिपक्षमा उभिए।
त्यसपश्चात बाबु र छोराको बीच टक्राव चल्यो। जनतामा गलत मेसेज जान्छ भनेर दरबारमा ज्योतिषी बोलाएर सिदाहा राजकुमारको राजपाठ गर्ने योग छैन, सन्यासी हुने योग छ भनेर भन्न लगाइयो र देश निकाला गरियो। सिदाहा राजकुमारले बुढो मान्छे देखेर, मरेको मान्छे ,रोगी मान्छे र गरिब मान्छे देखेर बिरक्तिएर देश त्यागेको होइन। राज्यमा बिद्रोह हुन्छ भनेर यो भ्रमपूर्ण मनगढन्ते झुठो इतिहास लेखाइयो र घोकाइयो। ताकी देशभित्र बिद्रोह नहोस् भनेर। यहि बिषयमा 6 बर्ष गहिरो अध्ययन र कठोर रुपले रिसर्च गरिसके पछि निष्कर्षमा बाबुले अंगालेको बाटो यो-यो कारणले गलत र आफुले हिंडेको बाटो यो-यो काणरले सही भएको तथ्य सहित प्रमाणित गरिदिए। बिश्व शान्ति र मानव समुदायको कल्याणमा समानता-स्वतन्त्रता-भातृत्व जस्ता मुल दर्शन र सिद्धान्त प्रतिपादन गरेर सिदाहाबाट बुद्ध बने। मंगोल धर्म, संस्कार र संस्कृति 5 हजार बर्षदेखिको पुरानो संस्कृति जगेर्ना गर्न सफल देशहरु मध्ये आज सम्म चीन मात्र हो। चीनको परानो मंगोल संस्कृति अत्यन्त लोभ लाग्दो छ। संसार भरका मानिसहरु यो पुरानो मंगोल संस्कृतिदेखि लोभिन्छन। बुद्दको निम्ति प्रेरणाका स्रोतहरु भनेका बुद्ध जन्मनु भन्दा 25 सय बर्ष अघिदेखि चीनमा सुरक्षित रहंदै आएको मंगोल घर्म, संस्कृति हुन भने अर्को अग्रजहरुले परम्परादेखि मंगोल संस्कृति जोगाउँदै ल्याएको निरन्तरताको उपज हुन्। जसरी ड. गोपाल गुरुङज्युको जिन्दगीमा दुईवटा बाटाहरु देखा परेका थिए। 3 जना बाबुहरु हिंडेको बाटोलाई ठीक मान्ने कि ! हिन्दु आर्य शासकहरु हिंडेको बाटोलाई सही मान्ने! यस बिषयमा कठोर निर्णय लिनु पर्ने थियो , यसको निमित्त ड. गुरुङले 52 बर्ष सम्म रिसर्च गर्नु पर्यो तब मात्र वास्तविक रोग पत्ता लगाउनु भयो। त्यसपश्चात कठोर संघर्ष , जेलनेल र भुमिगत जिवन भोगिसकेपछि मात्र महान बने। एवमरीतले नेल्सन मण्डेलाको जिन्दगीमा पनि दुइवटा बाटाहरु देखा परेका थिए। बाबुले अंगालेको बाटो ठीक हो या आफुले हिंडेको बाटो ठीक हो ? यस बिषयमा गहिरो खोज-अनुसन्धान पछिको निर्णय र लामो समयसम्मको संघर्ष र यातना पछि मात्र उनी महान बन्न पुगे। सिदाहाको जिन्दगीमा पनि अन्तिम परिक्षणको रुपमा बाबुले हिंडेको बाटो र आफुले हिंडेको बाटोमा कुन बाटो ठीक हो यसबारेमा निर्णयमा पुग्न रिसर्च गर्नु पर्यो। 6 बर्षको कठोर खोज-अनुसन्धान पछि मात्र तथ्य फेला परेर उनी महामानव बुद्द बन्न सफल भए। एवम् प्रकारले नेपालका मुलवासी मंगोलहरुका सामुने पनि यसबेला दुइवटा बाटाहरु देखा परेका छन्। एउटा कठोर बाटो छ, जुन बाटोले मालिक बनाउछ। अर्को बाटो सजिलो छ तर त्यो बाटोले कमारा बनाउँदैछ। यसकारण मुलवासी मंगोल भन्ने कि! आदिवासी जनजाति भन्ने! यस बारेमा युगपुरुष अमर ड. गोपाल गुरुङ ज्युले राजनीतिक चेतनशील बन, मुलवासी मंगोल भन! एमएनओमा आबद्द भएर उठ, जुट, जुझ आफनो देशको आफैं मालिक हुन्छौ , हरा भरा भएर फल्छौ , फुल्छौ भन्नु भएको छ, यसको निमित्त लडिदिएर जानु भएको छ। यो अर्तीको रुपमा आएको सन्देश हाम्रा लागि कतिको उपयोगी छ? यो अर्तिलाई कसरी ग्रहण गर्न सकिन्छ यसै बिषयमा अहिले हामी एमएनओमा आबद्द भएन रिसर्च गर्दैछौं। यसर्थ ड. गुरुङ ज्युले देखेको र भविष्य वाणी गरेर जानु भएको सपना पुरा गर्नको एमएनओमा आबद्ध हुने नेता तथा कार्यकर्ताहरुले 5 बर्ष जति एमएनओको लागि समय समर्पण गरेर कठोर परिश्रम र संघर्ष गरेर चुनौतिको रुपमा हाम्रो सामु आएको यो अग्नि परिक्षामा खरो उत्रिनुको बिकल्प छैन। यसो गर्न सकेको खण्डमा एमएनओ प्रतिको गहिरो खोज-अनुसन्धान पुरा भएर अवश्य पनि उपाधी हात पर्नेछ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology