Mongol National Organization | 22 मे 2026
One China principle एक चीन सिद्धान्तलाई समर्थन गर्दै मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय कार्यकारिणी सभाको बैठक सम्पन्न ।
२२ मे २०२६, शुक्रबार
झापा/ मंगोल नेशनल अर्गनाइजेशनको केन्द्रिय कार्यकारिणी सभाको बैठक झापाको मेचिनगर-२ स्थित मंगोल रिसर्च सेन्टरको सभाहलमा सम्पन्न भएको छ ।
संगठनका श्रद्धेय प्रेसिडेन्ट बुद्धलाल मेचेको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यकारिणी सभाको बैठकबाट मंगोल नेशनल अर्गनाइजेशनले संसारमा रहेको सम्पूर्ण चीनको प्रतिनिधित्व गर्ने एउटा मात्र वैध सरकार भनेको जनवादी गणतन्त्र चीन (Pepoles Republic of China) सरकार हो भन्ने One China Principle (एक चीन सिद्धान्त) लाई पूर्ण रुपमा समर्थन गर्ने निर्णय गरेको छ । साथै राज्यले चीनको सरकारी कामकाजको रुपमा प्रचलित Mandarin (चिनियाँ भाषा) भाषालाई नेपालको सम्पर्क भाषाको रुपमा मान्यता दिनुपर्ने कुरामा जोड दिदै एमएनओले आगामी कार्यक्रममा नाराको रुपमा अगाडी सार्ने निर्णय गरेको प्रवक्ता रिन्छेन तामाङले बताउनु भयो।
मंगोल रिसर्च सेन्टर र मंगोल म्युजियम भवनको जमिन अनुदान पकृया मार्फत संगठनको नाममा रजिष्ट्रेशन पास गर्ने गत वर्ष संगठनले खरिद गरेको जमिनमा दिलिप धिमालाई आवास निर्माण गरी हस्तान्तरण गरिएको जमिन उहाँकै नाममा रजिष्ट्रेशन पास गर्ने निर्णय गरिएको छ । साथै संगठनको केन्द्रिय सल्लाहकार सदस्य लामा थुप्तेन शेर्पाको राजीनामा पत्र स्वीकृत गर्ने निर्णय भएको छ ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology