Bijayaraj Limbu | 30 मार्च 2026
एमएनओ लुम्बिनी प्रान्तिय सभा द्वारा चुनावी समीक्षा बैठक सम्पन्न।
राप्ती -८,दाङ जिल्ला देउखुरी | March 29,2026 तदनुसार २०८२ साल १५ गते आइतबारका दिन मंगोल नेशनल अर्गनाइजेशन लुम्बिनी प्रान्त सभाको आयोजनामा फागुन २१ गते सम्पन्न भएको प्रतिनिधी सभा निर्वाचनको प्रान्तिय स्तरीय समिक्षा बैठक अमुमं कुलविर घर्ती मगर ज्यूको सभाध्यक्षतामा एवम् संगठनका मुलसचिव सन्तोष तामाङ ज्यूको प्रमुख आतिथ्यतामा तथा विशिष्ट अथितिहरु केन्द्रीय सहसचिव सान मेचे र संगठनका प्रवक्ता रिन्छेन तामाङ ज्यू लगायत संगठनका केन्द्रीय अथितिहरुको विशेष उपस्थितिमा उक्त बैठक सम्पन्न भएको थियो।
एमएनओ लुम्बिनी प्रान्तिय सभाको आयोजनामा सम्पन्न भएको निर्वाचन समीक्षा कार्यक्रममा पत्रकार सम्मेलन गरी संगठनका मुलसचिव सन्तोष तामाङले राष्ट्रका सम्पूर्ण नागरिकहरुलाई सम्बोधन गर्दै , “ब्रिक्स जस्तो उदयमान अर्थतन्त्रहरूको मञ्चले विकासशील राष्ट्रहरूको हितमा काम गरिरहेको बताउनु भयो । नेपालको सन्दर्भमा पनि यसले आर्थिक सहकार्य र समृद्धिका नयाँ ढोका खोल्ने सम्भावना व्यक्त गर्दै एमएनओ ले एक चीन सिद्धान्तको पूर्ण सम्मान गर्ने बताउनु भयो । चीनको क्षेत्रीय अखण्डता अटल छ र यसलाई कुनै पनि हालतमा उल्लङ्घन गर्नु हुँदैन।”
नेवालको एक मात्र वैकल्पिक राजनीतिक दल मंगोल नेशनल अर्गनाइजेशनले बहुध्रुवीय विश्व व्यवस्थाको पक्षधरको रूपमा ब्रिक्स (BRICS) समूहलाई खुला समर्थन जनाउँदै एक चीन नीतिमा आफ्नो अटल प्रतिबद्धता व्यक्त गरेको छ। संगठनले ताइवान, तिब्बत, सिङचियाङ र हङकङलाई चीनको अभिन्न अंग मान्ने स्पष्ट धारणा सार्वजनिक गरेको हो।
संगठनले यसअघि पनि नेपाल–चीन सम्बन्ध विस्तार, विभिन्न पूर्वाधार आयोजना तथा सांस्कृतिक आदानप्रदान कार्यक्रमहरूमा सक्रिय सहभागिता र समर्थन जनाउँदै आएको बताउनु भयो। चीन स्थित नेपाली दूतावास र चिनियाँ राजदूतावासले आयोजना गरेका विभिन्न कार्यक्रमहरूमा संगठनका संस्थापक प्रेसिडेण्ट महामानव ड.गोपाल गुरुङ ज्यूले उपस्थिति जनाउनु भएको थियो र चिनियाँ दूतावास बाट आमन्त्रित गरिएको प्रमाणहरू झापा,मेचीनगर -२ स्थित रहेको बहुप्रतिष्ठित मंगोल रिसर्च सेन्टरमा सुरक्षित राखिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार मंगोल नेशनल अर्गनाइजेशनले यो अभिव्यक्ति र चीन समर्थनले नेपालको मूलवासी मंगोल समुदायभित्रकोे बढ्दो भू–राजनीतिक चेतनाको सङ्केत देखाएको छ तर, नेपाल सरकारले भने लामो समयदेखि एमएनओ कोे वास्तविक कुरालाई नजर अंदाज गरेर अन्य आफ्नो पक्षका भातृ निकायहरूलाई मात्रै औपचारिक रूपमा यस प्रकारको वैदेशिक नीतिगत धारणा राख्न स्वीकृति दिँदै आएको छ। यसैले, गैर–सरकारी स्तरको यो अभिव्यक्तिले भने नीतिगत तहमा केही छलफल सुरु गराउने अनुमान गरिएको छ।
मंगोल नेशनल अर्गनाईजेशनले भने यो समर्थन आफ्नो समुदायको अस्तित्व, आर्थिक, सांस्कृतिक र भौगोलिक हितसँग जोडिएको बताएका छन्। मंगोल नेशनल अर्गनाइजेशनले , नेपालका मूलवासी मंगोल समुदायहरूको विकासका लागि बहुध्रुवीय सहकार्य आवश्यक रहेको स्पष्ट धारणा राखेका छन् ।
संगठनका सह-सचिव सान मेचे र प्रवक्ता रिन्छेन तामाङ ज्यू द्वारा सांगठनिक धारणा र कार्यकर्ताहरूको जिज्ञासाको जवाफ राख्दै विदेशी साम्राज्यवादीहरुले MNO लाई जरैबाट मास्न गरिएको षड्यन्त्र बिफल भएको कुराहरू बताउनु भयो।
विगतको दिन र सांगठनको ऐतिहसिक कार्यक्रमहरूलाई नियाल्दै, संगठनको छैठौं राष्ट्रिय महाधिवेशन मोरङ को लेटाङ मा सम्पन्न भएको २ महिनापछि निर्वाचन आयोग को माध्यमबाट एमएनओ लाई प्रहार ,नाम परीवर्तन गर्न दवाब दिइएको थियो। मंगोल म्युजियम सन्दकपुर ईलाम भवन निर्माणमा पनि रोक्ने प्रयास गरिएको थियो।
संगठन को रफ्तार यस्तो तिब्र थियो।जसको परिणाम स्वभाविक रुपमा संसद मा प्रतिनिधित्व गर्ने किसिमको थियो तर त्यसैलाइ रोक्न कहिले निर्वाचन आयोगको माध्यमबाट नाम परिवर्तन गर्न लगाउने काम गरेर दु:ख दिइरहेको थियो। देश को ७ वटै प्रदेशमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गरेर सक्षम कार्यकर्ता जसले स्थानीय,प्रदेश र केन्द्रीय सरकार चलाउन सक्ने गरि तयार पार्ने उद्देश्य लिइएको थियो। ( ५ वटा प्रदेश मा सम्भव भयो।) यस्तो व्यापक प्रशिक्षण हरु २०८४ सम्म चलेमा हाम्रो खैरात छैन,हाम्रो पत्तासाफ हुन्छ भनेर साम्राज्यवादीहरु ले निष्कर्ष निकालेकोले २०८२ साल असोज ०९ को ' बृहत् मंगोल अधिकार सभा' जुन कार्यक्रम मा MNO ले आफ्नो उपलब्धि र भावी योजना र रणनीति हरु सुनाउने तयारी थियो। उक्त कार्यक्रम लाई रोक्न भदौ २३ र २४ को जेन्जी आन्दोलन जन्माइयो। जहाँ बिद्यार्थीहरु मरेको कारूणिक दृश्य बारम्बार सामाजिक संजालमा देखाईएकोले हाम्रो संगठन को ३७ औं स्थापना दिवसमा जति कार्यकर्ता,शुभचिन्तकहरु सहभागी हुन सके उनिहरुबाटनै बिउँ जोगाउने मत परिणाम आएको हो।
अन्य लोकसमुदायले एमएनओ को कुरा सुन्न पाएनन् ,सुन्न चाहेनन् किनकी भदौ २३/२४ को कारूणिक दृश्य ले ब्यापकता पाएको थियो र मिडिया मार्फत पनि बारम्बार बाहिर ल्याउने कार्य भएकोले जनताले त्यो घटना बिर्सन सकेनन्।
कार्यक्रममा प्रमुख अतिथि सन्तोष तामाङले आफ्नो सम्बोधनमा संगठनलाई मजबुत बनाउँदै मूलवासी मंगोल समुदायको हक–अधिकार र अस्तित्वको लागि अझ सशक्त रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले आगामी दिनमा संगठनलाई जनताको भरोसा योग्य शक्ति बनाउन सबै कार्यकर्ताहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमका सभाध्यक्ष तथा एमएनओ लुम्बिनी प्रान्तिय सभा अध्यक्ष कुलवीर घर्ती मगरले,उक्त चुनावी समिक्षा बैठकले संगठनको भावी दिशा तय गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै, प्राप्त सुझावहरूलाई केन्द्र देखि प्रान्त र स्थानीय सम्म नै कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा गत फाल्गुन २१ गते निर्वाचनमा उम्मेद्वारी दिनु भएको प्रतिनिधिहरु लगायत उत्साहजनक सहभागिता र रचनात्मक छलफलका साथ सम्पन्न भएको आयोजकले जनाएको छ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology