मङ्गलबार 28 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एक चीन नितिमा सामेल हुने प्रस्ताव बैठकबाट पास

Rajendra Tamang | 28 अप्रिल 2026

एक चीन नितिमा सामेल हुने प्रस्ताव बैठकबाट पास

काठमाण्डु /27अप्रिल 2026 मा मंगोल नेशनल अर्गनाइसनको चुनावी समीक्षा एवं नियमित चौथो बैठक काठमाडौँको गोकर्णेश्वरस्थित ओसिस बैंकटमा सम्पन्न भएको छ संगठनका श्रद्धेय प्रेसिडेन्ट बुद्धलाल मेचेज्यूको अध्यक्षतामा बैठक सम्पन्न भएको हो। बैठकलाई सम्बोधन गर्नुहुँदै संगठनका श्रदय प्रेसिडेन्ट बुद्धलाल मेचीज्यूले अब विश्वको भूराजनीति मंगोलहरूको हातमा आएकोले हामीले समय अनुरूप चिनलाई समर्थन गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो। निर्वाचनमा प्राप्त मतपरिणाम सँगै आगामी दिनको रणनीति तयार गर्ने महत्वपूर्ण निर्णय भएको छ नियमित बैठकले विभिन्न प्रस्तावहरूमाथि निर्णय गरेको छ। 

एक चीन नितिमा सामेल हुने प्रस्ताव बैठकबाट पास

बैठकमा मूल सचिव सन्तोष तामाङ ,सचिव मणि पापो लिम्बु कोषाध्यक्ष धनप्रकाश खिम्दुङ ,सहसचिव सानबहादुर मेचे,प्रवक्ता रिन्छन् तामाङ र प्रचारप्रसार सचिव श्याम लिम्बु ले आफ्नो कार्य दिशा प्रस्तुत गर्नुभएको थियो। यसैगरी विभिन्न विभागका संयोजकहरूले र प्रान्तीय सभाका अध्यक्षहरूले प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो। एक चिन नीतिको पक्षमा मंगोल नेशनल अर्गनाइजेसनले आफ्नो निर्णय सहित अगाडि अगाडि बढेको छ भने सम्पर्क भाषाको रुपमा अंग्रेजी र हिन्दीसहित चिनिया भाषालाई पनि मान्यता दिनुपर्ने प्रस्तावलाई निर्णय सहित बैठकले पास गरेको छ। यसैगरी संगठनका महत्वपूर्ण कार्यक्रमहरू माथि छलफल गरी कार्यान्वयनको सन्दर्भमा निर्णय गरिएको कुरालाई महत्वपूर्ण ढङ्गबाट कार्यान्वयनमा लैजाने संगठनका प्रवक्ता रिन्छेन तामाङले बताउनुभयो। फागुन २१ गते सम्पन्न निर्वाचनमा संगठनले प्राप्त गरेको मतपरिणाम आम नेता कार्यकर्ताको भूमिका को विषयमा लामो बहस र छलफल भएको थियो भने आगामी आउँदै गरेको स्थानीय तहको निर्वाचनमा मंगोल नेशनल अर्गनाइसनको हातमा जित सुनिश्चित हुने गरी अगाडि बढ्ने प्रतिबद्धता बैठकले पारित गरेको छ। मंगोल नेशनल अर्गनाइजेसनको भूमिका देशका आम नागरिकहरुलाई अस्तित्व प्रदान गर्नुपर्ने भएकोले अहिलेको समयमा संगठनले मंगोल रिसर्च सेन्टर मंगोल म्युजियम सन्दकपुर जस्ता ऐतिहासिक दस्तावेज निर्माण गरेको तथा संगठनलाई लामो समयदेखि योगदान पुर्याउनुहुने महत्वपूर्ण व्यक्तिहरूको आवास निर्माण गरेको विषयले संगठनको देशव्यापी र विश्वव्यापी चर्चा परिचर्चासँगै संगठनलाई जग्गा दान गर्ने आम कार्यकर्ता बढेर गएको विषय छलफलमा आएको छ। विश्व राजनीतिले अहिले भूराजनीतिक तातेको बेलामा मंगोल नेशनल अर्गनाजेसन दूरदर्शी यात्राको तय गरेर सहनशील भएर आफ्नो कर्ममा निरन्तर लाग्नको लागि नेता कार्यकर्तालाई आह्वान गरेको छ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्