शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

आदेश,भ्रम र निचोड

Santi Lal Dhimal | 13 फेब्रुअरी 2019

आदेश,भ्रम र निचोड

डा. गोपाल गुरुङले हामीलाई रण बहादुर शाहबाट (1796) शक्तिको आदेशमा स्वीकार्न र भन्न लगाएको मतवाली जस्तो घृणित शब्दबाट मुक्त गराई मूलवासी मंगोल भन्न सिकाए जुन शब्द हाम्रो निम्ति अकल्पनीय थियो, सपना जस्तो थियो। हामीलाई कति ठुलो भ्रम सृजना गरी लठुवा बनाएका रहेछन् साम्राज्यवादी हिन्दु आर्यहरुले तरवारको भरमा। तिनीहरु जतिनै मादक पदार्थ धोकेर नालीमा मुख जोते पनि आफुलाई मतवाली भन्दैन् तर हामीले चाहीँ मद छुँदै नछोए पनि किन मतवाली भन्न लगाए त ? फेरी 1990 मा आएर बीरेन्द्र शाहाबाट षड्यन्त्र पुर्वक दरबारीय कम्युनिस्ट नामधारीहरुलाई अगाडी सारेर गोरखपुर र बिराटनगरको सम्मेलनदेखि आदिवासी र जनजाति शब्दको चल्ला काड्न लगाइयो।

            जति सुकै षड्यन्त्रको जाल बिच्छ्याए पनि हिन्दुवादको संस्कृतिले जिर्ण बनाइसकेको मंगोल समाजलाई टुक्रा-टुक्रा पारी हिन्दुकरणले नष्ट, भ्रष्ट पारिएको हामी मूलवासी मंगोलको पबित्र धर्म संस्कृति प्रति ध्यान खिचिदिनु भयो दार्शनिक र बिचारक सार्है दुरदर्शी र निर्भिक नेता डा. गोपाल गुरुङले। जुन विषय प्रतिको सोच अत्यन्त गम्भीर र रहस्यमय पनि थियो। मैले त कतिपय भाषणमा भनेको पनि छु-डा. गोपाल गुरुङ हाम्रा निमित्त दोस्रो बुद्ध हुन् भनेर। यो बिचार मैले उहाँ सँगको लामो संगत र अध्ययनबाट निकाल्न सकेको निचोड हो। जै मंगोल। 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्