शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

अझै अधुरा छन सम्वृद्व नेपालको अभ्यास !

Kashima Tamang | 11 जूलाई 2020

अझै अधुरा छन सम्वृद्व नेपालको अभ्यास !

मुल फुट्न नसकेको विकासे मुहान जस्तै भएको छ नेपालले प्रगति गर्दै गरेको अभ्यास । जब म वि. स. 2060 साल ताकायता निमाबी लेभलमा पढ्दै गर्दा हामिले सोसल बुकहरुमा पढेको थियौ , विकासउन्मुख देशहरुको सुचीमा छ नेपाल ! तर आज 2060 पछिको कयौं आर्थिक वर्षहरु पार गरिसकेर 2077/78/79/80 साल तिर लम्किदै छ समय । झन्डै 2 दशकको पेरिफेरिमा के, कहाँ ,कति र कसरी भइ अएको छ विकास ? सरकार ! बजेट भाषणको बेला मुठ्ठी कसेर लम्बाई - चौडाइ र चौतर्फी विकासको चौथाइ गुना योजना सुनाउछन । तर त्यो विनियोजित रकमको दुई चौथाइ पनि पुग्नुपर्ने र गर्नुपर्ने काममा सदुपयोग हुन्छन् कि हुदैनन् ? भन्ने आड्कलवाजी गर्ने मै व्यस्त छन नेपाल । हरेक वर्षको बजेट भाषण र विनियोजित रकमको आकडा अनुसार यो गतिमा होइन कि त्यो गतिमा मुहार फेर्दै गर्नुपर्ने थियो नेपाल । जहाँ सम्भावनाको प्रसस्तै अवसरहरु मिल्ने वातावरणको सृजना गर्नुपर्थ्यो । किन कि, यहाँ प्रकृतिले नै वरदान स्वरुप दिइएको अनुपम संरचनाहरुको कमी छैन । प्रत्येक क्षेत्रमा हरेक शिर्षकहरुमा हरेक वर्ष बजेट छुट्याउने उदेश्य नै किन? विकासउन्मुख मुलुकलाई विकासको अग्रगती तिर लम्काउन होइन ? मैले थाहा भए देखिनयता नेपालमा 2062/63 को जनआन्दोलन पश्चात उथल - पुथल राजनैतिक घटनाक्रमहरु जारी रहयो ! सँख्यात्मक हिसाबमा पाँच औँलामा गन्न नभ्याउने गरि यो मुलुकमा प्रधानमन्त्रीहरु पनि एक पछि अर्को गर्दै एउटै नश्लका ,एउटै विचार धराको, र एउटै कार्यशैलिको हेरफेर भइ आए। गुणात्मक हिसाबले आफ्नोपन बोकेको र आफ्नो कार्यशौलीबाट आम जनता रिझाउन सक्ने नेतृत्ववान व्यक्ति र नेतृत्व पङ्त्ति अहिले सम्म खसै देखिन्न । यसो हुनुको करण के हो? कि बजेट भाषण मा प्रस्तुत भए जसरी नीति निर्माणकर्ता तथा जिम्मेवार व्यक्तिको यसबारे पर्यप्त ज्ञान नभएको हो ? धेरै पटक धेरै ठाउँहरुमा सुन्ने गरेको छु , केही देख्न सकेकोछु , हरेक अर्थिक वर्षको विनियोजित रकमहरु यात्रा तय गरे देखि विच बाटो तिरै तुहिएर, चुहिएर गएको खवरहरु प्रस्सतै सुन्नमा आएको छ । यसो हुनुमा विकास निर्माणको जिम्मा लिएर राष्ट्र लाई फड्को मर्ने अबिभारा बोकेको नेतृतब पङ्त्ती अथवा जिम्मेवार पक्षा माथी प्रस्न उठने गर्छ । कि तिनिहरु तुहाउदैं , चुहाउदैं रणनितिमा झुल्ने मान्छे , कि त सम्बन्धित ठाँउसम्म पुर्याउन सक्ने क्षमता नभएको एउटा प्वाल परेर रित्तो भएको भाडोँ हो । धेरै करणहरु छ्न ,थुप्रै समस्याको परिणामहरु पनि, नेपालको राजनीतिक परिवेशमा एउटा नराम्रो संस्कार छ । जब चुनाव आउँछ त्यसबेला सिधा र सोझा जनताको अमुल्य भोट किन्न आफ्नै बाउको बिर्ता हो जसरी करोडौं खर्च गर्छन । अधिकांशले त्यो रकम ॠण जस्तो लेनदेनको विषयमा जुराएको हुन्छ्न । अनि पछि ठाउमा पुगेपछी उठाउनु पर्‍यो त्यो खर्च आफ्नो तलब , भत्ताले मात्रै कहाँ भ्याउथ्यो र ? अनि भ्रष्टचार नगरेर ज्यालाद्दार गरेर हिड्छ ? मेरो बुझाइ र मैले अध्यन गर्दै गरेको परिवेशले नेपालमा अहिले सम्म दिगो विकासको त कुरै छोडौ कार्ययोजना अनुरुप उपलब्धिमुलक विकास नहुनुमा थुप्रै कारण हरु होलान , छन समस्यहरु सङ्गै उस्तै चुनौतीहरु पनि छन । तर प्रचुर सम्भावनाको श्राेतहरु पनि छन । यसलाई खोतल्दै , चिर्दै गर्‍यौ भने एउटै कारण अस्थिर राजनीतिक प्रणाली अनि हिजो सन 1495 यता शरणार्थीको रुपमा भित्रीएको जनैधारी बाहुनक्षेत्रीहरु सङ्ग यो देशको मुलचाबी हुनु हो । अनि कहाँ बाट देश विकासको चौतर्फी मार्ग हरु फराकिलो हुन्छ । मै खाउँ, मै लाउँ र मै हैकम जमाउ भन्ने फासिस्टवाद प्रवृतिले देश विकासको अग्रगतितिर कहिल्यै जान सक्दैनन् । एउटा मालिक , नोकर र घुमन्ते - फिरन्ते ले एउटा त्यो घरको जिम्मेवार र दायित्व फरक - फरक ढंगले बहन गर्ने गर्छ्न । हो त्यही त भएको छ अहिले नेपालको हालत ! विकास गरौं कुन दिन छोडेर जानू पर्ने हो , छोडेर जान माया लाग्छ नगरौं जनताको श्रप लाग्छ । तसर्थ अझै अधुरा छन सम्वृद्वशाली राष्ट्र बन्ने नेपालको रहर लाग्दो आधार । अब यो पूरा हुनका लागि देशकै , यो भुमिकै मालिक छान्ने कि, घुमान्ते, फिरन्ते शरणार्थी हरुकै हातमा चाबी सुम्पिन्ने हो के छ ? विचार !

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्