शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

बैशाख १० मा हुने उप- निर्वाचनमा मंगोल नेशनल अर्गनाइजेसनले सहभागी जनाउने

mongolvision | 22 मार्च 2023

बैशाख १० मा  हुने उप- निर्वाचनमा मंगोल नेशनल अर्गनाइजेसनले  सहभागी जनाउने


काठमाडौ / आउदो  बैशाख १० गते चितवन , बारा र तनहुमा हुने  प्रतिनिधि सभाको उप- निर्वाचनमा मंगोल नेशनल अर्गनाइजेशनले सहभागी जनाउने भएको छ ।
निर्बाचन आयोगले बारा जिल्ला को प्रतिनिधि सभा क्षेत्र २ र तनहुँ जिल्ला को प्रतिनिधि सभा क्षेत्र न १ मा हुने उप निर्बाचनमा सहभागी हुनको लागि राजनीतिक दलहरुलाइ निर्बाचन प्रयोजनको निम्ति   दल दर्ताको लागि आह्वान गरे पछि एम एनओले कान्ति पथमा रहेको आयोगमा  पुगेर  आफ्नो दल दर्ता गरेको  संगठनका केन्द्रिय सदस्य तथा कार्यलय सचिब रिन्छेन तामाङले बताउनु भयो । उहाका अनुसार संगठनका केन्द्रीय सचिब सन्तोष तामाङको नेतृत्व बुधबार चैत ८ गते   आयोगमा एम एनओले निर्बाचन प्रयोजनको निम्ति दल दर्ता गरेको हो । दल दर्ता कार्यक्रममा संगठनका केन्द्रिय प्रचार सचिव मनि पापो लिम्बू , केन्द्रीय सदस्य सान बा  मेचे, केन्द्रीय सदस्य  तथा कार्यलय सचिव रिन्छेन तामाङ, मधेश प्रदेश अधिवेशन मुल आयोजक सभा सचिव कुमार तामाङ , सिन्धुली जिल्ला अध्यक्ष शान्तबिर लामा, काभ्रे जिल्ला अध्यक्ष कमल तामाङ, नुवाकोट जिल्ला सदस्य सुरेन्द्र तामाङ, सिन्धुली जिल्ला सदस्य भिमराज राई, सिन्धुली जिल्ला सल्लाहकार सागर सुनुवार , दाङ जिल्ला सहसचिव कल्पना चौधरी, बाग्मती प्रदेश सदस्य सन्तोष तामाङ , बिर्तामोड नगर सभाध्यक्ष याम कुमार श्रेष्ठ  लगायतको सहभागीता रहेको थियो । 
निर्बाचन आयोगले बारा जिल्ला क्षेत्र २  प्रतिनिधि सभा सदस्य र तनहुँ जिल्ला  क्षेत्र न १ प्रतिनिधि सभा सदस्य उप निर्वाचनमा सहभागी हुनको लागि चैत ८  देखि १२ गते सम्मको समयसिमा  राखेर उपनिर्वाचन प्रयोजनको लागि दल दर्ताको आव्हान गरेको छ  । यस अघि चितवन जिल्ला क्षेत्र २ प्रतिनिधि सभा सदस्य का हुने उप निर्बाचनमा सहभागी हुन एम एनओले दल दर्ता गराइ सकेको छ । गएको मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभा निर्बाचनमा यी  ३ वटै   क्षेत्रमा संगठनले आफ्नो उमेदवार उठाएको थियो । जसमा चितवन क्षेत्र २ बाट  मंगोल नेशनल अर्गनाइजेशन चितवन जिल्ला सभा अध्यक्ष टेक बहादुर तामाङ,बारा क्षेत्र २ मा गजेन्द्र राम र तनहुँ जिल्ला क्षेत्र न १ मा तनहु जिल्ला सभाका पुर्ब अध्यक्ष प्रेम बहादुर थापा मगरले   उम्मेद्बारी दिनु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्