शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

सिन्धुपाल्चोक जिल्ला सभाको दोस्रो अधिबेशन भब्य रुपमा सम्पन्न

mongolvision | 7 मे 2023

सिन्धुपाल्चोक जिल्ला सभाको दोस्रो अधिबेशन भब्य रुपमा सम्पन्न


सिन्धुपाल्चोक / मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा सिन्धुपाल्चोकको दोस्रो अधिवेशन खुल्ला घोषणा सभा कार्यक्रम 6 मे शनिबार को दिन भव्यताका साथ मेलम्ची बजारमा सम्पन्न भएको छ।

मुल आयोजक सभाको संयोजक दावा तामाङको सभाध्यक्षता र केन्द्रिय प्रचारप्रसार सचीव मणि पपो लिम्बुको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा विषेश अतिथि सर्वोच्च सभाको सदस्य रिन्छेन तामाङ केन्द्रिय सदस्यहरु जोनी विश्वकर्मा,प्रविना थापा मगर,धनमाया तामाङ र बागमती प्रान्तीय सभाको अध्यक्ष राजेन्द्र तामाङ सचीव कुमार तामाङ कोषाध्यक्ष सालिकथापा मगर,अन्य पदाधिकारीहरु साथै बागमती प्रान्तीय सभा मातहतका जिल्ला अध्यक्ष र संयोजकहरुको आतिथ्यता रहेको थियो र बन्द सत्र बाट निर्वाचित दावा तामाङको अध्यक्षतामा 28 सदस्यीय जिल्ला सभा गठन भएको निर्वाचन संयोजक कुमार तामाङले घोषणा गरेको थियो।
प्रमुख अतिथि लिम्बुले कार्यक्रम सम्बोधनको क्रममा संगठनको बिगतको पृष्ठभुमि बारे बताउनुभयो
त्यसैगरी विशेष अतिथि तामाङले मंगोल नेशनल अर्गनाइजेसनले विगत देखि वर्तमानसम्म नेपालको राजनीतिमा खेलिरहेको सैद्धान्तिक भुमिकाहरु प्रष्टाउँदै नेपालको राजनीतिमा घटिरहेको घटना परिघटना प्रकाश पारेको थियो र अन्य अतिथिहरुले पनि नव निर्वाचित पदाधिकारीहरुलाई शुभकामना मन्तव्य राखिएको थियो कार्यक्रममा विभिन्न गाउँबस्तीहरुबाट लोकसमुदायको सांस्कृतिक भेषभुषा बाजागाजा सहित उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम कर्णविर तामाङले स्वागत मन्तव्य राखेर उमा तामाङले संचालन गरेकी थिइन।

सिन्धुपाल्चोक जिल्ला सभाको दोस्रो अधिबेशन भब्य रुपमा सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्