बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

महा - मानव ड गोपाल गुरुङको पुर्ण कद सहिदको शालीक बन्ने

mongolvision | 25 मार्च 2023

महा - मानव ड गोपाल गुरुङको पुर्ण कद सहिदको शालीक बन्ने


झापा/  मंगोल नेशनल अर्गनाइजेशनका संस्थापक महा मानव ड गोपाल गुरुङको पुर्ण कदसहिदको शालीक निर्माण हुने भएको छ ।
झापाको मेची नगर २ मा रहेको बहु प्रतिष्ठत मंगोल रिसर्च सेन्टरको परिसरमा  महा मानव ड गोपाल गुरुङको उक्त शालिक राखिने आज आयोजित एक कार्यक्रमका बिच सो कुराको जानकारी गराइएको छ । मंगोल रिसर्च सेन्टर संचालन सभाले शनिबार  चैत ११ गते आयोजना गरेको कार्यक्रममा बोल्नु हुँदै कार्यक्रमका प्रमुख अतिथि संगठनका प्रेसिडेन्ट बुद्ध लाल मेचेले सो कुराको जानकारी गराउदै उहाले संस्थापकको शालिक निर्माणको सम्झौता भइ सकेको र केही समय भित्र निर्माण सम्पन्न हुने बताउनु भयो । शालिक मंगोल रिसर्च सेन्टरको परिषदमा राखिनेछ । महा मानव ड गोपाल गुरुङको पुर्ण कदसहितको शालिक निर्माणमा लाग्ने रकम हङकङमा रहनु हुने  एमएनओ प्रवास सभा हङकङका सदस्य मनकुमार लुङ्फुङ्वा लिम्बुले ६ लाख रुपिया सहयोग प्रदान गर्नु हुने भएको छ ।

मंगोल रिसर्च सेन्टर संचालन सभाका संयोजक शान्ति लाल धिमालको अध्यक्षता मंगोल रिसर्च सेन्टरको सभाहलमा सम्पन्न भएको कार्यक्रममा शालिक  कुन स्थान र कसरी राख्ने , शालिक राख्नको निम्ति थप जग्गा कसरी जगेर्ना गर्ने बिषयमा व्यापक छलफल भएको थियो साथै शालिक राख्नको चाहिने जग्गा खरिदको निम्ति मंगोल शुभचिन्तकहरु सग आर्थिक सहयोगको अपिल समेत गरेको छ । कार्यक्रममा संगठनका केन्द्रीय प्रवक्ता दिलिप धिमाल , केन्द्रिय प्रचार सचिब मणि पापो लिम्बु , केन्द्रीय सदस्यहरु टोम राज लिम्बू, अक्क्ल तामाङ , सान बा मेचे , मेलिना तामाङ , दिल बरि राई , कोशी प्रान्तीय सभाका प्रदाधिकारीहरु , जिल्ला सभाका प्रतिनिधि , गाउँ नगर सभाका कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रम मंगोल रिसर्च सेन्टर संचालन सभा सचिब सागर राइले गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्