बिहिबार 28 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

अम्बेडकर जयन्ती र ओझेल

Laasim Hang Mongol | 5 अप्रिल 2020

अम्बेडकर जयन्ती र ओझेल

बिश्वमा भारतको संबिधानलाई बृहत लोकतान्त्रिक संविधान मानिन्छ। यो संविधानको निर्माता डा. भिमराव अम्बेडकर हुन्। यो संविधान एउटा दलितले बनाएको हो भनेर शुरु देखिनै भारतका हिन्दूवादी संगठनहरु आरएसएस, विश्व हिन्दू महासंघ जस्ताहरु असन्तुष्ट थिए, अर्थात भारतको संबिधानलाई मान्न तयार थिएनन् । गत 2019 को राज्य सभाको चुनावमा हिन्दूवादी संगठनहरुका पार्टी बिजेपीले स्पष्ट बहुमत ल्याएर सरकार गठन गर्यो । त्यसपछि भने यो भारतीय संबिधानलाई खारेज गरेर मनुवादी संबिधान लागू गर्ने प्रयासमा कुनै कसर बाँकी राखेका छैनन् । 70 बर्ष देखि ओझेलमा पारिएका भारतीय संविधान निर्माता डा.भीमराव अम्बेडकरको एकाएक चर्चा चुलिएर यसपालि न्याय पाएको छ । भारतका मुसलमान, ओबिसी, दलित, पिछडाबर्ग, बहुजन समाज, सिख समाज, कृश्चियन समाज र बालमिकी समाजका निम्ति भारतीय संबिधान अस्तित्व र डा.अम्बेडकर आँखाको नानी भइसकेको रहेछ भन्ने कुरा भारतमा यसपाली भएको संबिधान बचाव आन्दोलनले देखायो । बिजेपी सरकारले अनेकौं षड्यन्त्र र तिकडमहरु अपनाएर संविधान खारेज गर्नलाई ल्याइएका संविधान बिरोधी सिएए, एनआरपी, एनआरसी जस्ता कानुनहरु तत्काल लागू गर्न नसक्ने भइसकेको छ । यसकारण मोदी सरकार आज 05 अप्रिलका दिन देशबासीलाई राती नौं बजे नौं मिनेट दिपावली गर्न आव्हान गरेर चर्चित डा.भीमराव अम्बेडकर जयन्तीलाई ओझेल पार्न खोजी रहेका छन् । डा.भीमराव अम्बेडकरको जन्म जयन्ती 14 अप्रिलमा पर्छ । भारतीय जनता पार्टी (बिजेपी) को जन्म 06 अप्रिल  1980 मा भएको थियोे । कोरोना महामारीको नाममा 05 तारिख दिपावली गर्न लगाएर थिति बसालिसके पछि पक्कै पनि प्रत्येक बर्षको 14 अप्रिल अम्बेडकर जयन्तीलाई ओझेलमा पार्ने काम र भारतीय जनता पार्टी (बिजेपी) को जन्मजयन्ती मनाउन लगाउने षडयन्त्र हो भनेर जो कोही सर्वसाधारणले पनि सहजै अनुमान लगाउन सक्छन् ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्