बुधबार 24 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

 "अन्धो कानुन, बहिरो न्याय"

Gyalzen Dorje Tamang | 29 मे 2020

 "अन्धो कानुन, बहिरो न्याय"

सत्य नचिन्ने अन्धो कानुन(संविधान) मलाई चाहिदैन !

अन्याय नसुन्ने बहिरो न्याय मलाई चाहिदैन !  


पर्दा चु नबोल्ने लाटो मर्द मलाई चाहिदैन !

मानवता हत्याउने देश घमण्ड मलाई चाहिदैन !


राक्षस रुपि सीमा रक्षक मलाई चाहिदैन !

साम्राज्यवादको गन्ध बोक्ने झण्डा मलाई चाहिदैन ! 


उचनिच मान्ने थाङ्ने धर्म मलाई चाहिदैन !

अरुको दुख हास्ने सुख मलाई चाहिदैन !


अस्तित्वहिन बाचेको जीवन मलाई चाहिदैन !

मुल्यहिन सस्तो मृत्यु मलाई चाहिदैन !

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्