शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

अर्थ छ अस्तित्व छैन -अस्तित्व छ अर्थ छैन

Rajkumar Gurung | 8 जून 2019

अर्थ छ अस्तित्व छैन -अस्तित्व छ अर्थ छैन

नेपालका अहिन्दु मुलवासी मंगोल समुदायहरु इमानदारी भएर नै खर्बपती विनोद चौधरी र शेष घलेको सम्पतिको लेखाजोखामा धनाढ्यहरुको सुचिमा पर्यो । वास्तविक नेपालमा अर्बपति खर्बपतिको सम्पत्ति सार्वजनिक गरि पहिलो नम्बरदेखी पचासौं नम्बरसम्मको ब्याक्तिहरुले सरकार चलाउने ( मन्त्री मन्डल गठन )प्रतियोगिता राख्ने हो भने यी दुई चौधरी र घले शायद त्यो लिस्टमा पर्न असम्भव होला ! आफ्नो नाममा मात्र डिपोजिट रकम बढिदेखिने हुनाले आफन्तको नाममा नेपालभित्र बाहिर जोडेको सम्पत्ति खोज्ने निकाय नै उहि ढ्याङको मुला परेपछि सर्वसाधारण नागरिकले त सानो विषयमात्र उठाउन गरेपनि अदृश्य रूपमा कुटाइ खानुपर्ने पत्रकारीताको नाममा चाटुकारीता लगाएर बेइमानी देखाउन खोज्ने पैसा र पावरको कानुनी राज्य होइन डन राज्यको हैकम चलेको उदाहरण प्रसस्त देखिन थालेको छ । नेपालभित्र रहेका मुलवासी मंगोल समुदायहरु छिट्फुट रूपमा धन्याढ्य होला तर उस्को अस्तित्व बाहुनवादसंगै काशी गएको हुन्छ । हिन्दुवादले लादेको भाषा लिपि पढ्छ , संस्कार संस्कृतिलाई माया गर्छ त्यसैमा रमाउछ । मालिक खुशी पारेर मिठो मसिनै खान्छ तर अस्तित्व कुन चरीको नाम हो कान्लामुनिनै हुन्छ । उ मान्छेको दर्जामा बाचेको हुँदैन , पशुतुल्य बाँच्छ पशुतुल्य अर्थहीन भएर मर्छ । तर एउटा आर्य पैसाले गरिब होला तर उ आफ्नो अस्तित्वमा बाँचेको हुन्छ । उ आफुमात्र उस्को धर्म संस्कार रितीरिवाजमा बाँचेको हुँदैन अरुलाई पनि मान्य बाध्य पारेको हुन्छ । अत : नेपालमा जतिपनि छिन्नभिन्न अवस्थामा पुर्याइएका यस राष्ट्रभित्रका राष्ट्रहरु ( अहिन्दु मुलवासी मंगोलहरु यस रास्ट्रभित्रका रास्ट्रहरु हुन् )का मुलवासी समुदायले चालाएको आ-आफ्नो संस्कार छन् ति संस्कारभित्र हिन्दुवाद बाहुनवाद घुसाइएको छ । त्यो ब्यापक रूपमा परिवर्तन गर्नु आवश्यक छ । जसरी नामले अकबरे , जिरे ,डल्ले लाम्चे जे भनेपनि खोर्सानी हो र उस्को अस्तित्व पिरो हुनु हो त्यसैले हामी मान्छे बन्न मंगोल आर्य निग्रो समुदायभित्र अटाउनु पर्छ । अर्थले मात्र सम्पन्न भएर हुँदैन । नेपालभित्रका ककसियन हिन्दुआर्य बाहेक अन्य समुदायले जवसम्म मंगोल र उत्पत्तिको हिसाबले मुलवासी भन्न ,बन्न सक्दैन तवसम्म उस्ले पाएको मान सम्मान , कमाएको धन दौलतको कुनै अर्थ रहँदैन । अष्ट्रेलियाका व्यबसायी गुरुङसमुदायको घले र तराई मुलको मुलवासी चौधरी ग्रुपका मालिक विनोद चौधरीले आफुलाई मंगोल नभने सम्म उनिहरुको अस्तित्व दर्साउदैन । भोली बृहत मुलवासी मंगोल समुदाय राजनीति चेतनशील बनि जुरुक्क उठेको खण्डमा उनिहरुले कमाएको अर्थ पाएको संमानको कुनै मूल्याकंन हुँदैन । त्यस्तै लुकिछिपी, भ्रष्टाचार गरि कमाएको सम्पत्ति आज त बिदेशी बैंककमा सुरक्षीत होला ,आफ्नो आफन्तले कुरा नखोल्ला तर भोली बाहुनक्षेत्रीलाई पनि अर्थ निम्न भएका तिनीहरुकै सदस्यले पुच्छरमा आगो लगाएर लखेट्नेछन् । त्यो दिन धेरै टाढा छैन अब । छिमेकी मुलुक भारतको २२औं प्रान्त सिक्किममा २५ वर्से सिक्किम डेमोक्रेटिक फ्रन्टको (SDF) पवन चाम्लिङको शासनलाई उछिन्दै सिक्किम क्रान्तिकारी मोर्चा (SKM) ले शासन गर्ने मौका पाएको सबैमा अवगतै छ । हिजो चाम्लिङलाई देवता मान्नेहरु आज भित्रभित्रै उस्ले गरेको कालाकर्तुतहरु उदाङ्गो भएपछि पि एस गोलेको बहुमत आए संगै चाम्लिङको खिलाबमा "चाम्लिङ चोर "भन्ने जस्ता तुच्छ नारा सभाहलमा लाग्नु भनेको डा गोपाल गुरुङज्युलाई दिएको धोकाको परिणाम , आफ्नो अस्तित्व चिन्न नस्क्नु र दुष्कर्मको नतिजा हो । "त्यसैले झुटो टिक्दैन सत्य कहिल्यै डक्दैन " बिना अस्तित्वको अर्थको कुनै महत्व रहँदैन । त्यसैले मंगोल नेशनल अर्गनाइजेसनले स्थापनाकालदेखि अस्तित्वको लडाइँ वैचारिक ढंगले लडिरहेको छ । सकभर प्रत्यक्ष साथ सहयोग दिउँ नसके क्षणिक दानापानीको आडमा भुलेर पनि अवरोध नगरौं ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्