बिहिबार 28 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

अस्तित्व सहितको जीवन बाँचौ

प्रदिक्षा तामाङ | 24 जून 2020

अस्तित्व सहितको जीवन बाँचौ

विगतका इतिहासलाई अध्ययन गरे, वर्तमानलाई अवलोकन गरि भोलिको भविष्यलाई चिहाउँदा भावी सन्ततिको कालो निष्पट अन्धकारमय अहिले भन्दा पनि नाजुक स्थिति देखेपछी मैले हातमा दहि जमाएर ,कलम बन्द गरि आफ्नो भाव र विचारहरुलाइ दबाएर राख्न सकिन । मैले जहाँ रहेपनि जसरी हुन्छ आवाज उठाउन पर्छ आफ्नो अस्तित्वको लागि ,लडिरहनु पर्छ मुक्तिको लागि र भावी सन्ततिको सुरक्षित र सुवर्ण भविष्यको लागि सधै यहि लागिरहन्छ अन्तरहृदय देखि नै। हिजो इतिहासमा हामी अथवा हाम्रो मंगोल पुर्खाहरु यहि भुमिमा उत्पत्ति भएको थियो, हामी यो भुमिको मालिक थियौ यो देशको दयावान,न्यायप्रेमी,धर्मात्मी, शान्तिप्रिय शासक थियौ। जब सन 1495 मा अलाउदिन खिल्जीको खेदाइमा परेर नेपाल भित्रेको बाहुनक्षेत्रीहरुलाइ दानी बनेर मानवियताको आधारमा शरण दियौ तब हाम्रो सबै कुराहरु खोसिएको रहेछ । ती विदेशी शरणार्थी बाहुनक्षेत्रीले शरण दिएको करिब-करिब 64 बर्षपछी हाम्रो गोर्खाको मंगोल पुर्खा घलेको घाँटी ठुन्काएको रहेछ त्यसै दिन पछि रहेछ हाम्रो दुर्दिन सुरु भएको र सर्वस्व हरण भएको।त्यसपछी विदेशी बाहुनक्षेत्रीहरुले हामी माथी दमन शोषण गर्दै शासन गर्दै रहेछ । हाम्रो सत्य इतिहास र हाम्रो चाडपर्व,संस्कार सस्कृति सभ्यताहरु नामेट पार्दै-पार्दै लग्यो र सबै हिन्दुवादी रितिरिवाज, मनुवादी नीति हामी माथी लाद्ने काम गर्यो। गोर्खामा घले राजाको घाँटी गिडिसके पछि हाम्रो मंगोल पुर्खाहरुलाइ बाहुनक्षेत्रीले दासी बनाउदै आएको रहेछ र उनिहरुको स्वार्थ सिद्ध गर्नको निमित्त हरक्षेत्रमा हाम्रो पुर्खाहरुलाइ शारीरिक रुपमा दासी अथवा उनिहरुको कमारा विभिन्न खाले तल्लो स्तरको काम गर्ने मान्छेहरु बनाइदिएको रहेछ । हाम्रो मंगोल पुर्खाहरु लाइ फुटाउ र राज गर नीति लादेर हामी बिचमा जात जाती भनेर उचनिचको विभेद सृजना गरिदिएको कुरा गोपाल दाइको मंगोल दर्शनले थाहा दिलायो।हाम्रो मान्छेहरु हिजो देखि नै पशु बनाउँदै आएको रहेछ ।श्रम शोषण, कुटपिट, काटमार, बेचबिखन गर्दै गर्दै आएको रहेछ मंगोल पुर्खालाइ विदेशी बाहुन क्षेत्रीहरुले । हिजोको पुर्खालाइ शारीरिक शोषण गर्दै गर्दै दासी बनाएको हिजो बाहुन क्षेत्री आउनुभन्दा अगाडि यो देशको मालिक हामी, उनिहरुको प्रवेश संगै हामी दासी हुनुपरेको छ । हामीले सर्वस्व गुमाउनु परेको छ ।भुमी गुम्यो,सबै अधिकारहरु गुम्यो र अस्तित्व नै गुम्यो। हामीलाइ आज शारीरिक रुपमा मात्रै होइन मानसिक रुपमै दासी बनाइदिएको छ विदेशी बाहुनक्षेत्रीहरुले । हामिलाइ कानुनी रुपमा नेपालको मुल कानुन सविंधानमै आदिबासी/जनजाती, दलित भनेर आफ्नै मुलुकमा शरणार्थीको स्तरमा घोषणा गरिसकेको छ । आदिवासी, जनजाती भनेको बाहिरबाट बसाइ सरेर आएको देशै नभएको फिरिङ्गे जमात हो, शरणार्थी हो जसलाइ काटमार गर्दा पनि कुनै कानुन लाग्दैन किनकी उनिहरुले मानवीय अस्तित्व नै गुमाइसकेको हुन्छ देशै हुदैन । हाम्रो नेपालको मुलबासी मंगोलहरुको चेतना शून्य पारेर अचेत अवस्थामा पुर्याइदिसकेको छ जसकारण आज हाम्रो मान्छेहरुले सहि गलत नै छुट्टाउन सकिरहेको छैन । हाम्रो अस्तित्व नै नामेट पारिदिसकेको छ । नेपालको संविधानको धारा 84 को उपधारा 2 मा खस आर्य भनेर अल्पसंख्यक 20% विदेशी शरणार्थी बाहुनक्षेत्रीको अस्तित्व सुरक्षीत साथ लेखेको छ भने हाम्रो अस्तित्व मंगोल भन्ने शब्द कहि पनि लेखेको छैन लेख्नै दिइरहेको छैन । अब यसको कारण हामीले खोज्नैपर्छ वास्तविकता बुझ्नैपर्छ यो देशमा वर्ण विभेद छ । आजलाई त हामीलाइ शरणार्थी घोषणा मात्रै गरेको छ लिखित रुपमा हामी यसरी नै चेतना विहिन भएर बाहुन र क्षेत्रीकै इसरामा नाचिँरहने हो भने हाम्रो भावी सन्ततिलाई जरुर देश निकाला गर्ने छ आफ्नै देशबाट शरणार्थी घोषणा गरेर किन कि हाम्रो अस्तित्व नामेट पारिदिसकेको छ । अस्तित्व विहिन बाँच्नु भनेको पशु सरह बाँच्नु हो। अस्तित्व भनेको रुखको जरा हो जरा नै कटिसकेपछी त्यो वृक्षको सुगन्धित हुने पुष्प र फल खाने रहर मीठो कल्पना मात्रै हो । आज नेपालमा अस्तित्व बिना नै मंगोलहरु पहिचानको नाममा कुकुरले हड्डि पाए जस्तै झगडिरहेको देख्दा लाग्छ यिनिहरुलाइ रुख बाँच्न जरा हुनुपर्छ भन्ने नै थाहा छैन । जरा बिना जसरी हरियो रुखको कल्पना गर्न सकिँदैन त्यसैगरी नै हामी रुल अफ ल को व्यवस्था भएको मुलुकमा देशको मुल कानुन संविधानमा मंगोल अस्तित्व लिखित रुपमा स्थापित नगरे सम्म पुर्ण मानव र हक अधिकार सम्पन्न मानव भएको ठहरिदैन अस्तित्व बिनाको मान्छे मात्रै बन्छौ जो पशु सरह नै हो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्