Rajendra Tamang | 7 फेब्रुअरी 2019
झुक्न नदेउ शिर तिम्राे
चाेमाेलाेङ्मा झैं उच्च राख
अाफु भित्रै अाफु खाेज
अस्तित्वलाई सच्चा राख
चलाउ कलम कर्मठ भई
मुक्तिकाे बाटाेमा
बाेलन साथी खाेलन सत्य
मूलबासी माटाेमा ।
खुनकाे बदला खुन शत्रुसँग
मागेकाे हैन अहिले
युगाै युग हिड्ने मंगाेल हामी
थाकेकाे छैन कहिले
अाँधि, हुरि र तुफान सहेर
सतिसाल झैं भाछाैँ
चेतना, अधिकार र अस्तित्वकाे
दीप बालिरा छाैँ ।
इतिहास साक्षी छ हेर अझै
पुर्खाकाे रगतमा
हाँस्नु र खेल्नु मालिक भइ बाँच्नु
अाफ्नै याे जगतमा
फाेर्नुछ चट्टान तर्नुछ जङ्घार
निडर भएर बुझ्नुछ
संसार चुम्नुछ शिखर लिडर भएर ।
साझा बैरीहरु सँग पत्थर बन्ने
बेला हाे याे
हर मंगाेलकाे हृदयमा अत्तर
बन्ने बेला हाे याे
अन्तिम युद्ध लड्ने हाे
साथी विगुल फुक है
सङ्कल्प सहित एमएनअाेकाे
झन्डा हातमा बाेक है ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology