शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

बोलिमा होइन ब्यबहारमा लोकतान्त्रिक शैली झल्कनु पर्छ

Sirjana Mongol | 31 अगस्ट 2020

बोलिमा होइन ब्यबहारमा लोकतान्त्रिक शैली झल्कनु पर्छ

जनताद्वारा जनताकै निम्ति देशको शासन प्रणाली स्थानीय तहदेखि केन्द्रिय तहसम्म नै जनताद्वारा निर्वाचित प्रतिनिधिहरू बाट संचालित हुने राजनीतिक व्यवस्था नै लाेकतन्त्र हाे। मंगाेल नेशनल अर्गनाइजेसनकाे संस्थापक युगपुरुष अमर डा. गाेपाल गुरुङ ज्यूले व्यक्तिगत रुपमा विगत ५२ बर्ष देखि र संगाठनिक रुपमा ३१ वर्ष अगाडि देखि नै याे देशका शासक बाहुन क्षेत्रीहरूसँग निडर र निर्भिकताका साथ मुलुकमा लाेकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीय सरकार हुनुपर्छ र समानता ,स्वतन्त्रता र भातृत्व कायम गर्नु पर्छ भनेर लेख्दै र बाेल्दै अाउनु भएको छ। जब मुलुकमा समानता, स्वतन्त्रता र भातृत्वले प्रवेश पाउँछ अनि मात्र त्यहा असली लाेकतन्त्रकाे अभ्यास हुन्छ।लाेकतन्त्रमा प्रत्येक व्यक्तिले अाफ्नाे अभिव्यक्ति राख्न पाउने स्वतन्त्र हुन्छ। तर लाेकतान्त्रिक संविधान भन्दा माथि उठेर अराजकता फैलाउने अधिकार कुनै पनि व्यक्तिलाई हुदैन। यदि कसैले देशको नीति नियमलाई उल्लंघन गरी उछृङ्खल कृयाकलाप गर्छ भने उसले सजाय पाउछ र पाउनु पर्छ। यसाे भन्दै गर्दा वर्तमान नेपालकाे संविधानले यहाँका ८०% अहिन्दु मुलवासी मंगाेलहरूलाई समेट्न भने सकेकाे छैन। नेपालमा एकल नश्लीय चिन्तन भएका बाहुन क्षेत्रीहरूले एकतन्त्रीय शासन प्रणाली अपनाउदै यहाँका मुलवासी मंगाेलहरूलाई थिचोमिचोमा नै पारिराखेका छन्। तर वर्तमान अवस्थाको लाेकतान्त्रिक संविधानले मुलवासीहरूकाे हक,अधिकारलाई समेटेन भनेर अाक्राेसित बनी संविधान जलाउने, झन्डा जलाउने अादि कुराहरू हाम्रो नैतिकतामा पर्दैन। त्यसैले संविधानकाे विरोध हाेइन लाेकतन्त्रिक पद्धति बाट अगाडि बढी संसाेधन गर्नु पर्छ। यदि हामीले वर्तमान सरकार र संविधानकाे विरोध गरेको खण्डमा राजावादीहरुलाई सपाेर्ट मिल्छ त्यस्तो कदम चाल्नु भनेको लाेकतन्त्र विराेधी हुनु हाे। लाेकतन्त्र बचाउन कै लागि भए पनि वर्तमान सरकारकाे विराेध गर्नु हुदैन । लाेकतन्त्र र मंगाेल नेशनल अर्गनाइजेसन बिच नङ र मासुकाे जस्तै सम्बन्ध छ। लाेकतन्त्रलाई मास्नकाे लागि पहिले MNO लाई खत्तम पार्नुपर्छ र अहिले त्यही लाेकतन्त्र विराेधिहरू MNO लाई खत्तम पार्नकाे निम्ति लागि परिरहेका छन् । अहिले सामाजिक सन्जालमा नेपालकाे झन्डा जलाएको विषयलाई लिएर विभिन्न टिक टिप्पणी अाईरहेका छन् । गत August 17 तारिखकाे दिन Mongol hop official youTube channel बाट 'देशद्राेही' नामक एउटा म्युजिक भिडियो अाएकाे थियाे। त्यस भिडियोमा नेपालको झन्डा जलाएका थिए। जुन काम राेजित ग्याल्जेन तामाङले अाफ्नाे व्यक्तिगत हिसाबले त्याे भिडियो बनाएर युटुवमा लगाएका थिए। झन्डा जलाएको भिडियोलाई लिएर विभिन्न सवालहरू उठिरहेको छन् । बाहुन क्षेत्रीले देशलाई नै टुत्रा टुत्रा पारेर खान मिल्ने एउटा अराष्टिय झन्डा जलाउन किन नमिल्ने? शाेषितलाई ऐन शासकलाई चयन याे कस्तो लाेकतन्त्र?यी यस्ता कुराहरूमा विभिन्न ब्यक्तिहरुले क्रिया प्रतिक्रिया जनाईरहेका छन। त्यसका साथै मंगाेल नेशनल अर्गनाइजेसन माथि पनि विभिन्न अाराेपहरू लगाइरहेका छन्। हुन त मंगाेल नेशनल अर्गनाइजेसनले उठाउदै अाइरहेकाे मुद्दा मध्ये नेपालकाे राष्ट्रिय झन्डा बद्ली गर्नु पनि एक हाे। जुन कुरा एम.एन.अाे.फाउन्डर प्रेसिडेन्ट डा. गाेपाल गुरुङ ज्युले स्थापना काल देखि नै उठाउदै अाउनु भएकाे छ। भारतकाे पृथ्वीराज चाैहानले डिजाइन गरेको दुई चुच्चे झन्डा विभिन्न काल खण्डमा विभिन्न स्वरुप बदल्दै त्यही अाकृतिमा बनाएको झन्डा नै वर्तमान नेपालकाे झन्डा हाे।त्यसैले याे झन्डाले यहाँका ८०% अहिन्दु मुलवासी मंगाेलहरुकाे प्रतिनिधित्व गर्दैन यसले हिन्दु अार्यलाई मात्र प्रतिनिधित्व गर्छ। त्यसैले याे झन्डा बद्ली हुनुपर्छ भन्ने विकल्प सहितकाे मुद्दा चाहिँ संगठनको हाे। तर झन्डा जलाउने ,च्यात्ने काम एम.एन.अाे.काे विधानमा पर्दैन। याे देशकाे शासक बाहुन क्षेत्रीहरूकाे प्रतिनिधित्व गर्ने झन्डा जलाउने हाेइन म्युजियममा राख्नु पर्छ ताकि भावि पुस्ताले मुलवासी मंगाेलहरूकाे अस्तित्वलाई नामेट पार्न प्रयोग गरिएको अराष्टिय झन्डाकाे बारेमा अध्ययन गर्न सकाेस् भनी डा. गाेपाल गुरुङ ज्यूले भन्नू भएको छ। भनिन्छ नि " इतिहास विनाको राजनीति हुदैन र राजनीति नगरी इतिहास बुझ्न सकिदैन।" नयाँ इतिहास काेर्नकाे लागि पुरानो इतिहास जानेकाे हुनुपर्छ । यसर्थ जलाउने ,काट्ने , मार्ने मंगाेलहरूकाे संस्कार हाेइन यदि विध्वंस नै मच्चाउने हाे भने हिन्दु अार्य र हामीमा के फरक रहयाे र ? विद्रोह क्षणिक र एउटा विषयको लागि हुन्छ। MNO ले अामुल परिवर्तनको निम्ति वैचारिक अान्दाेलन गरिरहेको छ। दक्षिण अफ्रिकाको राष्ट्रपति मानवतावादी नेता नेल्सन मन्डेलाकाे भनाइ छ। "भत्काउन र विनाश गर्न अधिक सजिलो छ, त्यो त जसले पनि सजिलै गर्न सक्छ। बरु, जसले भत्काउदैन,बनाउछ अनि शान्ति स्थापना गर्छ।त्याे नै असली हिराे हाे।" 

 

मंगाेल नेशनल अर्गनाइजेसनकाे अाफ्नै गति, क्षमता र योजना छ। यदि कसैले MNO को एउटा मुद्दा लाई लिएर अराजक सैलिमा संगठनको बिधानलाई लात मार्दै विभिन्न गतिबिधि बढाउँछ भने त्यस्तो ब्यक्ती, समुहलाई संगठनले सपाेर्ट गर्ने कुरै आउदैन र भएको क्षति प्रती जिम्मेवारी बन्दैन। बाेलिमा हाेइन व्यवहारमा लाेकतन्त्रिक समानता झल्किनु पर्छ । डा. गाेपाल गुरुङ ज्यु जीवित रहनु हुदा पनि विभिन्न किसिमको समस्यहरूलाई सामना गर्नु परेको थियोे र अाज पनि विभिन्न किसिमका षड्यन्त्र र लान्छनाहरू संगठनमा अाइराखेका छन् । त्यसैले अब कुनै पनि माहोलकाे पछाडि नलागि शत्रुले चालेकाे षड्यन्त्रहरूलाई निर्क्याेल गरि संम्यमता पूर्वक मंगाेल मुक्तिकाे निम्ति वैचारिक लडाइँमा एकबद्ध भई अगाडि बढ्नु नै ८०% अहिन्दु मुलवासी मंगाेलहरूकाे जित हुनु हाे।जै मंगाेल

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्