बिहिबार 28 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

"बिश्वमा मंगोलवादको उदय र आर्यवादको अन्त्य, युगान्तकारी परिवर्तनको हिस्सेदारी सिदाहा बुद्धको देन"

रिन्चेन दोर्जे तामाङ | 24 मे 2020

"बिश्वमा मंगोलवादको उदय र आर्यवादको अन्त्य, युगान्तकारी परिवर्तनको हिस्सेदारी सिदाहा बुद्धको देन"

बर्ष 2019 बिश्व राजनीतिको निम्ति कुटनैतिक तयारिको बर्ष रह्यो । बिर्टिस साम्राज्यमा कहिल्यै घाम अस्ताउदैन भन्ने मुलुकहरु निश्चित घेरामा खच्किन पुगेको ज्वलन्त उदाहरणलाई पछ्याउदै यति बेला संसारभर अमेरिकी आर्य साम्राज्यवादको जरो किलो नै उखेलिने निश्चित भएर गइसकेको छ । 2019 को जुन 7 तारिखको दिन एमएनओ निलकण्ठ नगर सभा धादिङको प्रथम अधिवेशनको घोषणा सभालाइ सम्बोधन गर्दै मंगोल नेशनल अर्गनाइजेशनका श्रद्देय केन्द्रिय प्रेसिडेन्ट बुद्दलाल मेचे ज्युले दोस्रो बिश्वयुद्दलाइ शक्ति राष्ट्रको रेशमा रहेको मुलुकका प्रतिनिधि रुज्वेल्ट र चर्चिलको 2 अगस्टमा समुन्द्रको टापुमा भएको गोप्य बैठकबाट मंगोलहरुको नेतृत्व रहेको मुलुक जापानको हिरोसिमा र नागासाकिमा एटम बम खसालेर जापानलाइ बिना शर्त आत्मसमर्पण गर्न लगाइ एशियाको भुमिमा अमेरिकी सेना तैनाथ गरेर मंगोलहरु मास्ने आर्यहरु फैलाउने उद्देश्य सहित मंगोलवाद आर्यवादको उदय गराइ दोस्रो बिश्व युद्द अन्त्य गराएको कुरालाइ जोड्दै छिमेकी मंगोलमुलको राष्ट्रहरु सङ स्थायी सम्बन्ध बिस्तार गर्न आवश्यक देखिइसकेकोले मंगोलहरुको बसोबास रहेको मुलुक नेपाल, चीन, भारत लगायतका देश हरु सङ सिदाहा बुद्धले मात्र सम्बन्ध जोड्न सक्ने कुरा प्रष्टाउनु भएको थियो । उक्त सम्बोधन को करिब 4 महिना पछी 2019 को अक्टुवर 13 मा छिमेकी मुलुक चिनका राष्ट्रपति सि चिनफिङ नेपाल भ्रमणको क्रममा सम्बोधन गर्दै नेपालमा जन्मेको बुद्धको धर्म नेपाल र भारतमा पपुलर हुने र चिनमा पनि बहुसंख्यक जनताहरु बुद्ध धर्मावलम्बीहरु रहेको कुरालाइ जोड्दै चीन, नेपाल र भारत सङको समदुरिको सम्बन्धलाई उजागर गर्नु भएको थियो । सि को सम्बोधन कै 2 दिन पछि मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाको आयोजना 15 अक्टुवर 2019 मा सम्पन्न कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संगठनका केन्द्रिय प्रेसिडेन्ट बुद्दलाल मेचे ज्युले हामीले स्वागत गर्नु पर्ने र दिपावली गरि खुशी मनाउनु पर्ने गरि छिमेकी मुलुक चिनका प्रेसिडेन्ट सि ले मंगोल नेशनल अर्गनाइजेशनले लड्दै आइरहेको रणनीतिक लाइनमा रहेर सम्बोधन गरेको कुरालाइ जोड्नु भएको थियो । यिनै घटना परिघटना सङै बर्ष 2019 को अन्तिम महिना चिनको वुहान शहरमा देखिएको कोभिड-19 कोरोना भाइरसले करिब करिब 3 महिना लकडाउन गरि जनबल, धनबल र बुद्धिबल सबै लगाएर माहामारीको रुप लिएको भाइरसलाइ निस्तेज गर्दै स्वचालित प्राकृतिक श्वास लिन सक्ने भएर संसारलाई नै मनवियताको संस्कारले सहयोग गरि चिनले उच्च छवि निर्माण गरिरहेको छ । कोरोना भाइरसले बिश्वलाइ आक्रान्त पार्दै गर्दा यसलाइ सामना गर्ने सामर्थ्य र माहामारिको कोलाहलमय वातावरणलाई सामान्यकरण गरिसकेको उदाउदो बिश्व शक्तिको रुपमा चीन र दोस्रो बिश्वयुद्दको गर्वमा चर्चिल र रुज्वेल्टको एटलान्टिक सम्झौतापत्रको भ्रुण सयुक्त अधिराज्य अमेरिकाको शक्तिको अगाडि सुख्खा मौसमा फैलिएको डढेलो झै फैलिएको को कोरोना माहामारिको सक्रमण रोक्न नसकेको लज्जास्पद स्थितिले शक्ति राष्ट्रको जग भत्किन थालेको बिवेचना र विश्लेषणहरु भइरहेको छ । शक्तिशाली चिनले कुटनैतिक रुपमा आफ्नो बलियो सारथिको रुपमा छिमेकी मुलुक नेपाल र भारतलाई समेत देखेको छ । अफ्रिका र एशियाको समेत विभिन्न मुलुकको रचनात्मक समर्थन जुटाइसकेको चिनलाई नेपाल र भारतका बहुसंख्यक जनताहरुको समर्थन जुटेको खण्डमा धुलोपिठो भएर ढल्ने फासिस्टवादी शासन पद्दती र यसका ठेकेदारहरुको गुम्ने मोजमस्तिलाइ जोगाउन विशेष गरि नेपाल र भारतमा चीन बिरोधी क्रियाकलापलाई मिडियामा प्रचारबाजि गरि बहुसंख्यक नेपाल र भारतका मुलबासी मंगोलहरुको विचमा चिसोपन ल्याउन न्वारन देखिको बल निकालेर नेपाल र भारत दुबै देशको हिन्दुवादी राष्ट्रिय मिडियाहरु जोडतोडले लागिरहेको छ । भारतमा रहेको हिन्दुवादी संस्था रास्ट्रीय स्वयंसेवक संघ यसको मुल पोलिसी मेकर हो । नेपालको बहुसंख्यक 80% अहिन्दु मुलबासी मंगोलहरुको एकमात्र संगठन मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रिय प्रेसिडेन्ट बुद्धलाल मेचे ज्युको कुटनैतिक कदम, चिनका राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणमा भएको सम्बोधन र भारतका मुलनिवासी हरुको तीब्र गतिमा भइरहेको राजनैतिक जागरण नै संसारबाट फासिस्टवादी आर्य साम्राज्यवादको अन्त्य र समानता, स्वतन्त्रता, भातृत्वको मुल संरक्षक उदारवाद लोकतन्त्र सहितको मंगोलवादको उदयले मिरमिरे उज्यालो पर्खिरहेको छ । कुनाकन्दरा, पहाडपखेरा, हिमालतराई, झाडी र बुट्यान सङै बस्ती-बस्तिलाई यहि युगान्तकारी सन्देश दिदै आक्रोशले होइन विवेकले, भावनाले होइन कठोरताले त्यो मिरमिरे विहानीको स्वागतद्धार तयार गर्नु पर्ने टडकारो आभाष भएको छ  । जै मंगोल

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्