शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

बुद्ध जन्मेको र ज्ञान प्राप्त गरेको देशमा ज्ञानको खडेरी

Buddha Lal Meche (President-MNO) | 1 अप्रिल 2019

बुद्ध जन्मेको र ज्ञान प्राप्त गरेको देशमा ज्ञानको खडेरी

महापुरुष बुद्धलाई संसारले चिन्यो। बुद्द नेपालमा जन्मे, भारतमा ज्ञान प्राप्त गरे। बुद्द दर्शन बिषयमा अध्ययन गर्न संसार भरिका बिध्यार्थीहरु भारत आए। ज्ञान र दर्शन लिएर गए। ती नै ज्ञानको मार्गदर्शनले अमेरिका र युरोपियन मुलुकहरु शक्तिशाली र सम्पन्न मुलक बन्न पुग्यो। त्यहाँका मान्छेहरु खाइलाग्दा र रहरलाग्दा भए। चीनले पनि बुद्ध दर्शन लिएर गए अहिले संसारकै शक्तिशाली मुलुक अमेरिकालाई औंला ठड्याउन सक्ने भइसकेको छ। यसै गरी कोरिया,सिंगापुर र दोस्रो विश्वयुद्धले ध्वस्त पारिएको मुलुक जापानले पनि यहि दर्शन लिएर गए 50 बर्षको हाराहारीमा आइपुग्दा नपुग्दै संसारकै सम्पन्न र विकसित मुलुक बन्न पुग्यो। नेपाल र भारतका मुलवासी मंगोलहरुले (बुद्ध)आफनो मान्छेलाई चिन्न सकेनन, बिरानो ठान्यो। परिणाम गुलामी बन्नु पर्यो। बुद्द जन्मेको देश र ज्ञान प्राप्त गरेको देशमा ज्ञानको खडेरी छ। भारतका मुलवासी मंगोलहरु बिभिन्न शासकहरुको नाममा लगभग 1 हजार बर्षदेखि आफनै देशमा गुलामी छन् भने हामी नेपालका मुलवासी मंगोलहरु पनि कहिले शाहाको नाममा, कहिले राणाको नाममा,कहिले पञ्चायतको नाममा,कहिले प्रजातन्त्रको नाममा त कहिले हिन्दुराष्ट्रको नाममा 4 सय पसास बर्षदेखि आफनै देशमा गुलामी छौं। आफैं स्वघोषित भगवान बनेर जगतको कल्याण गर्ने भन्दै हिँड्ने हिन्दुवादीहरुको पछि-पछि दगुर्नाले आज सम्म न हाम्रो कल्याण भयो न त देशकै कल्याण हुन सक्यो। यतिखेर नेपालका मुलवासी मंगोलहरुले पनि पंक्षीहरुको बादशाहा चीलले जस्तै महत्वपूर्ण निर्णय गर्ने बेला भइसकेको छ। चीलको सरदर आयु 70 बर्षको हुन्छ। 40 बर्ष उमेर पुग्दा नपुग्दै चीलले एउटा कठोर निर्णय लिनु पर्ने हुन्छ। किन भने चीलको 3 वटा प्रमुख अंगहरु पखेटा,पञ्जा र चुच्चोमा नराम्रो गरी असर देखा पर्छ। पखेटा भारी भएर बेगगतिले उड्न नसक्ने हुन्छ। अगाडी पट्टीको चुच्चो मठारिएर भोजन खान नसक्ने हुन्छ र नङ्ग्रा लामो लामो भएर नुहीन्छ, शिकार राम्ररी पक्रन सक्दैनन्। त्यस बेला चीलको अगाडी 3 वटा वाटाहरु देखा पर्छन। पहिलो बाटो कि त! आफनो भौतिक शरीर त्याग्नु पर्यो। दोस्रो बिना प्रगति गिद्धले जस्तो अरुले छाडेको सिनो भोजन खाएर बाँच्नु पर्यो। तेस्रो कि त! स्वयम पहिलाको जस्तै स्थापित पंक्षीहरुको वादशाह भएर बाँच्ने। पहिलो र दोस्रो बाटो सरल,सहज र तत्कालै निर्णय गर्न सकिने खाल्को छ तर तेस्रो बाटो अत्यन्त पिडादायी छ। तर पनि चीलले तेस्रो पिडादायी बाटो चुन्छ। त्यसपछि चील चट्टाननै चट्टान भएको पहाडमा जान्छ। त्यहाँ एकान्तमा उसले गुँड बनाउँछ। पहिला उसले चट्टानमा आफना अगाडीको चुच्चो भागलाई हिड्काएर-हिड्काएर भाँच्छ। सारा शरीर रगताम्य भइ पिडायुक्त हुन्छ। केही दिनको पर्खाई पछि नयाँ चुच्चो पलाउंछ। त्यसैगरी सबै नङ्ग्राहरुलाई पनि हिड्काए भाँचिदिन्छ। नयाँ चुच्चो र नयाँ नङ्ग्रा पलाई सकेपछि एकएक गरेर सबै प्वाँख उखेल्छ। नयाँ प्वाँख पलाउने आशामा डेढ सय दिन पर्खिन्छ। डेढ सय दिनको पर्खाई पछि नयाँ प्वाँख, नयाँ नङ्ग्रा र नयाँ चुच्चो लिएर पुन: पंक्षीहरुको वादशाह भएर चील नयाँ उर्जा, गरिमा र सम्मानका साथ 30 बर्ष बाँच्छ। एवम् प्रकारले नेपालका 80% अहिन्दु मुलवासी मंगोलहरुले पनि चीलले जस्तै कठोर निर्णय गर्नु पर्ने दिन आइसकेको छ। किन कि यो देश मंगोलको हो। हिजो हाम्रा पुर्खाहरु देशका शासक थिए, मालिक थिए, हराभरा भइ फुलेका थिए फलेका थिए। तर तिनै पुर्खाका सन्तानहरुलाई भने 460 बर्षदेखि बर्णभेदी रोग लागेर जीवन र मरणको दोसांधमा पुर्याइएको छ। आफ्ना धर्म, भाषा, लिपी, संस्कार, संस्कृति,भेषभुसा के हो? गुमाइ सकेका छन्। यसर्थ यहाँका मुलवासी मंगोलहरुको निम्ति पनि चीलको जस्तै 3 वटा बाटाहरु देखा परेका छन्। पहिलो बाटो कि त जनजाति बनेर, भनेर, स्वीकारेर नासिनु पर्यो, मासिनु पर्यो, पतन भएर जानु पर्यो। दोस्रो बाटो कि त! आदिवासी स्वीकारेर,बनेर गिद्दले जस्तो अरुले छाडेको शिकार खाएर बस्ने, मालिकले जे गर भन्छ तेही गर्ने र जे अर्हाउँछ तेही मान्ने,भएर बाँच्नु पर्यो। तेस्रो बाटो कि त! मुलवासी मंगोल भएर बीर पुर्खाहरुले जस्तै शासक भएर, देशको मालिक बनेर शिर ठाडो पारेर,छात्ती चाक्लो पारेर नयां इतिहास रचेर बाँच्ने। यी तीनवटा बाटाहरु मध्ये पहिलो र दोस्रो बाटो तुरुन्त निर्णय गर्न सकिने सरल र सहज छ। तर तेस्रो बाटो अत्यन्त पिडादायी र कठिन छ। तर पनि 21 औं शताब्दीका मुलवासी मंगोल युवापिंडीहरुले अत्यन्त कठिन,चुनौतिपुर्ण र पिडादायी भएता पनि तेस्रो बाटो नै रोज्न थालेको छ। यो गौरवपूर्ण संकेत र लक्षण हो। यसकारण जीत निश्चित छ, देर होला तर अन्धेर छैन। जै मंगोल!

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्