शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

भाले बासिसक्यो अब ब्युँझिने बेला भयो

Deepa Magar | 2 मार्च 2019

भाले बासिसक्यो अब ब्युँझिने बेला भयो

आजको २१औं शताब्दी भनेको बिज्ञान र प्रबिधिको युग हो। संसारका कयौं राष्ट्रहरु सभ्य समाजको रुपमा फड्को मारिसकेका छन्। तर जहाँ हिन्दुजम छ त्यहाँ मान्छेहरु स्वतन्त्र पुर्वक बाँच्न पाएका छैनन्। त्यहाँ मानवता छैन। मान्छे मान्छेमा उच्च, निच र छुत, अछुत छ। टाँढा जानै आवश्यक्ता छैन। नेपाल र भारतलाई नै हेर्दा थाहा भइहाल्छ । म नेपालको मूल निवासी मंगोल बंशको हुँ। म जस्तै लाखौं करोडौं मूलवासी मंगोलहरु अस्तित्व बिहिन भएर पशु सरह दासत्व जीवन जिउन बाध्य बनाएको छ हाम्रो समाजले संस्कृतिको नाममा। जसलाई देशको मूल बिधानले संरक्षण गरिरहेको छ ।

         नेपालमा बाहुनवाद छ। बर्षौं देखि नेपालमा बाहुनवादी तन्त्र चलिरहेको छ। मानवअधिकार छैन। यो कुरा मैले मात्र भनेको होइन, आम मानिसहरुलाई थाहा भएको कुरो नै हो । नेपालमा बाहुनवाद छ भनेर मैले मात्रै भनेको होइन, मानवशास्त्री डोरबहादुर बिष्ट र नेपाली काङ्ग्रेसका नेता गणेशमान सिङ `श्रेष्ठ´ले पनि नेपालमा बाहुनबाद छ भनेकै थिए। यो बाहुनवाद बाहुन जातीहरुलाई लक्षित गरि गरिएको गाली होइन । बाहुनवाद भनेको एउटा प्रवृत्ति हो। जुन नेपाली समाजमा ब्याप्त छ । आज यो देशमा मूल निबासी मंगोलहरुलाई आदिवासी जनजाती बनाएर राखेका छन् भने जुन वास्तवमा आदिवासी जनजाती हुन्, तिनिहरु पो मूलबासी भएर शासन गरिरहेका छन्। संयुक्त राष्ट्र संघले नेपालको मूलवासीहरु (indigenous people of Nepal) विभिन्न समुदाय जस्तै गुरुङ, मगर, राई, लिम्बू, तामाङ, शेर्पा, कोचे, मेचे, धिमाल, दलित, थारू, नेवार लगायत आर्य बाहुन क्षेत्री बाहेक नेपालका सम्पुर्ण समुदायहरु सबै मूलवासी हुन् भनिसकेको छ । त्यहाँ मंगोल उल्लेख गरिएको छैन । किनभने हामीलाई बाहुनवादले हामी मंगोल हौं भनेर गर्व गर्न पनि दिएको छैन। यहाँ त ठिक उल्टो भएको छ । सोझा र इमानदार मंगोलहरुलाई झुकाएर `Indigenous´को अर्थ आदिवासी हुन्छ भनि हामीलाई आदिवासी नामाकरण गरेका छन् । संयुक्त राष्ट्र संघले भाषा लिपि संकलन गर्दा बेला बाहुनवादीहरुले लिपि लिएर जाने क्रममा संयुक्त राष्ट्र संघले स्विकार गरेन । किनभने नेपालमा जुन लिपिलाई नेपाली लिपि भन्छौं त्यो नेपाली लिपि नभएर भारतबाट निर्यात गरिएको फिरन्ते भाषा र लिपि हो । छुट्टै देश भइसकेपछी फरक लिपि हुनुपर्छ तर अहिलेको लिपि भारतिय लिपिसंग ठ्याक्कै मिल्छ । संयुक्त राष्ट्र संघले नै यो नेपालको लिपि नभएर भारतिय लिपि हो भनेपछि सङ्ग बाहुनवादीहरु हिस्स माथी खिस्स भएर नेवार समुदायको लिपिलाई नेपालको लिपि हो भनेर सदर गराए । कमसेकम नेवार त यो देशको मूलनिवासी मंगोल हो । नेपालको मूलवासी मंगोललाई साम्राज्यबादी हिन्दु आर्य आदिवासी जनजातीहरुले युगौं देखि हेप्दै, पेल्दै, थिच्दै र लुट्दै आएका छन् । यी अधिनायकबादीहरुले आफ्नो हिन्दु धर्म ग्रन्थको कुसंस्कार र कुरितिको आधारमा नै आजसम्म राजनीति गरिरहेका छन् ।

        आजको २१औं शताब्दीमा नेपालको मूलवासी मंगोलहरु बिउँझदै छन् जाग्दै छन् । यो शताब्दी हाम्रो मूक्तिको शताब्दी हुनेछ । अब बाहुनवाद धेरै टिक्दैन । म यो भन्छु, दुनियाँले यो कुरा सयमा सय नै बुझ्नुपर्छ भन्दिन तर बुझ्न जरुरत छ । हामी चेपिएको नबुझेरै हो । हामी हेपिएको चेतना नभएरै हो । एकदिन त्यो दिन आउने छ कि जब भालेको डाक सबै मंगोलहरुको कानकानसम्म पुग्ने छ तब म मूलवासी मंगोल हुँ भनेर छाती फुलाएर आउनेहरुको संख्या पन्चानब्बे प्रतिशत पुग्ने छ । तव भुत देखि आजको दिनसम्म साम्राज्यबादी हिन्दु आर्यले मानवलाई मानवको दर्जा नदिने जुन प्रणाली त्यो उल्टिने वाला छ । त्यो हुनु भनेको बाहुनवादी शासकहरुकै भाबी सन्तानको लागि बजेको भयानक खतरनाक घण्टीको संकेत हुनेछ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्