Thupten Lama | 31 जनवरी 2019
सर्बप्रथम नेपालमा धर्मनिरपेक्ष, लोकतन्त्र अर्थात गणतन्त्र प्रन्तीय सरकार हुनु पर्ने अडान लिएर लेख्ने, बोल्ने आंट गर्ने गोपाल गुरुङ मात्र हुन। अरु सबै पार्टीका नेताहरु भुत राजाका भाट मात्र हुन। अझ पनि राजा फर्काउने आंटमा छन, दुर्दिन निम्त्याउनका निम्ति। अझै पनि ज्ञानेन्द्रले सबैलाई नचाइ रहेका छन। किन कि ती सबै दलहरुमा आफूहरु बेचिएको मानसिकता र शताब्दीऔं पुरानो दासताको मानसिकता जुर्मुराइ रहेको छ। कुनै न कुनै रुपमा ज्ञानेन्द्र कै चाकरीमा बाँचेका छन् ताकि यहाँका मुलवासीहरुलाई दबाउन सकियोस्। आज पनि सबै पार्टी बराबर एउटा ज्ञानेन्द्र देखिएको छ। यसै कारण ज्ञानेन्द्रलाई रिझाउनुमा नै आफ्नो कल्याण देखेका छन्। मंगोल नेशनल अर्गनाइजेशनले नयाँ घर बनाउनलाई पुरानो थोत्रो भूत बंगलाहरु भत्काउँदै जानु पर्छ। गोपाल गुरुङको यो राजनीति एकदमै नयाँ दर्शन भएकोले यसलाई सबैले बुझ्न र ग्रहण गर्न केही समय त अवश्य लाग्छ नै। तर नयाँ पिडींले बुझेर ग्रहण गरिसकेपछि यसको शक्तिलाई रोक्ने अर्को कुनै शक्ति हुंदैन। शताब्दीऔं मतवाली भन्नेले मुलवासी मंगोल भन्नु एकदम नयाँ कुरा हो। मतवालीबाट मंगोल, हिन्दुबाट अहिन्दु ओठमा झुण्डिनु त झन उदेक लाग्दो विषय हो। यसमा पनि शताब्दीऔं पुरानो हिन्दु चाडवाड छाडेर। मंगोल हिन्दु होइन, जनजाति भनेको हिन्दु समाज भित्रकै अछूत बाहुनको पैताला हो, जाति हो, अति शूद्र हो। हिन्दु समाजमा शुद्र जात चौथो स्रेणीको हो र शूद्रको स्थान कुकुर सरह हो। सही अर्थमा जनजाति देश नै नहुने जाति हो। यस अर्थमा गहिरिएर हेर्न सकेको खण्डमा आदीवासी जनजाति त हिन्दु आर्य बाहुनक्षेत्री हुन। यहांको क्षेत्री बाहुन र कांग्रेस-कम्यनिष्टहरुले नेपाललाई मागेर खाने भाँडो बनाएकोले मान, सान, इज्जत र परिश्रम भएका प्राय सबै मंगोलहरु बिदेशमा खेल्ने, मार्ने, भाँडा मनाउने, ढोका कुर्ने मात्र बनाउने सड्यन्त्र गरेको शताब्दीऔं शताब्दी भइसकेको छ। यिनीहरुको उद्देश्य मुलवासीहरु हटाएर मुलवासीको घर जग्गा हडप्ने हो। आज क्षेत्री बाहुन भनेको नेपाल-नेपाल भनेको बाहुनक्षेत्री बनाइ सकेका छन्। हर दृष्टिले र अब आफुहरु मुलवासी घोषणा गर्न मात्र बाकी छ। वास्तविक्ता त अहिन्दु मुलवासी मंगोल भनेको नेपाल र नेपाल भनेको अहिन्दु मुलवासी मंगोल हो। राजनैतिक सत्ता, बाटो घाटो, गल्लीहरुको नाम पद र पैसा,हर क्षेत्रमा तिनीहरुकै खुंखार आवाज छ, हरेक दृष्टिले हरेक क्षेत्रमा। हिन्दु आर्यहरुको संख्या बढी देखाउनको निम्ति पहाडमा पनि नाम र घर जग्गा, तराईमा पनि नाम र घर जग्गा देखाउने गरिन्छ। त्यति मात्र नभएर भारतमा भएकाहरुलाई पनि नागरिकता दिएर संख्या बढाउने काम गरिएको छ। किन कि त्यसो गर्न तिनीहरुको तलदेखि माथिसम्म तह मिलेको छ। मिलाइएको छ यसै कारण सजिलो छ। हाम्रो घटाएर बाहुनक्षेत्री हिन्दुआर्यहरुको संख्या बढाउनुलाई हो। हिजो बिदेशी सेनामा धकेल्थ्यो, आज उट् गोठाला गर्ने, भाँडा माझ्ने, कसाइ काम गर्ने, ढोके दर्वान जस्ता कामहरुमा बिदेसिने बातावरण सृजना गरिएको छ। सुर्य बहादुर थापा प्रधान मंत्री छँदा हङकङमा गोरखा सेनालाई टोपी थापेर भिख माग्न लगाएका थिए। सबै अहिन्दु मुलवासी मंगोलहरुलाई। यी हामीलाई धोका दिने छेत्री बाहुनहरुको पार्टी भत्काउन सघाउनु होस् किन कि जसरी अमेरिकामा रिपब्लिकन पार्टी र डेमोक्रेटिक दुई पार्टी मात्र भए झैं केही बर्ष पछि नेपालमा पनि 80% को मंगोल पार्टी र 20% बिदेशी शरणार्थी हिन्दु आर्यन पार्टी गरी दुई पार्टी मात्र हुनेछ। नेपालको राजनीति कुनै सैद्धान्तिक जगमा अडेको राजनैतिक नभएर बर्णभेदी राजनीति हो। नेपालमा दुइवटा वर्ण छ त्यो हो अहिन्दु मुलवासी मंगोल वर्ण र हिन्दु आर्य वर्ण। त्यस्तै भाषा पनि दुइवटा मात्र छन् एउटा हो टिबेटो बर्मिज भाषा बोल्ने र अर्को हो इण्डो आर्यन खस भाषा।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology